Friday, April 3, 2009

किसानलाई बाली लगाउने चटारो


हर्मी
लामो समय अघि देखिको चर्को अडेरी पछि केहि दिन यता गण्डकी प्रदेशमा पानी पर्न थाले पछि गोरखा र आसपासका किसानहरु खुसि देखिएका छन् ।
खेतबारी जोतेर समयमै बाली लगाउन नपाएर चिन्तित बनेका किसानहरुले पानी परेर माटो भिजे पछि केहि राहत महसुस गरेका हुन् । मध्य चैत लागि सक्दा सम्म खेतमा मकै छर्न नपाएका किसानहरु धमाधम मकै रोप्न ब्यस्त देखिएका छन् । मकैका साथ साथै पानी लाग्ने खोले खेतहरुमा लगाईने चैते धान पनि रोप्ने क्रम शुरु भएको हर्मीबाट प्राप्त खबरमा उल्लेख छ ।

No comments:

Post a Comment