Friday, April 3, 2009
महिलाहरुले भ्रमण गरे
हर्मी
सधै घरको चौघेरा भित्र सिमित महिलाहरु क्रमश बाहिरि दुनियाँ सगँ साक्षात्कार गर्न बिभिन्न कि्रयाकलापहरुमा संलग्न हुने क्रम पछिल्ला दिनहरुमा बढेर गएको छ ।
यसै क्रममा हर्मी भन्ायाङमा रहेको प्रगति महिला जागरण समूहका महिलाहरुले रमणिय पर्यटकिय स्थल पोखराको अबलोकन भ्रमण गरेका छन् ।गत चैत १० गते महिलाहरुले पोखराको लुम्ले कृषि केन्द्रमा गई नयाँ कृषि प्रबिधि र बिभिन्न जातका फल फूल अनि बालि नालिका बारेमा जानकारी हाँसिल गरेका थिए । लुम्ले पछि उनीहरु पोखराका महेन्द्र गुफाफेवातालविन्दाबासिनी मन्दिर लगायतका ठाउँहरुको भ्रमण गरि घर फर्किएका थिए । उक्त एक दिने अबलोकन भ्रमणमा जम्मा ३८ जना महिलाहरु सहभागी रहेको बुझिएको छ ।
त्यसै गरि गत फागुन १२ गते शिबरात्रिका दिन हर्मी भन्ायाङकै अर्को महिला समूह लालि गुँरास महिला समूहले पनि नवलपरासि जिल्लाको गैडाकोटमा रहेको मौला काली मन्दिरमा भ्रमण कार्यक्रम आयोजना गरेको थियो । हर्मी भन्ायाङ आसपासका ४ महिला समूहको सहभागीता रहेको सो भ्रमणमा कुल ५६ जना महिला सामेल थिए । प्रति ब्यक्ति २०० उठाएर आयोजना गरिएको भ्रमण कार्यक्रम एकदमै रमाईलो र अबिस्मसणिय भएको सो समुहकी एक सदस्य रमना ढकालले हामी सगँको कुराकानीमा बताउँनु भयो । गाउँ छोडेर कतै नगएका दिदी बहिनीहरुले धेरै सिक्ने र बुझ्ने मौका पाए उहाँको थप भनाई थियो।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment