Tuesday, March 31, 2009

पहाडि बाटोमा धुलो उडाउदै हो …… मोटर गुडाउदै

विकास ढकाल हर्मी
गोरखा जिल्लाका गाउ गाउमा मोटरेबल कच्चि सडकहरु विस्तार भएपछि ग्रामिण भेगबाट संचालन हुने यातायात सेवामा बृदि भएको छ । विगतमा बादर कुद्ने खुरिखङगार पहाडि पाखाहरुमा आजभोलि दैनिक रुपमा दर्जनौ गाडिहरु धुलो उडाउदै गुढने गरेका छन् । गाउहरुबाट दैनिक रुपमा बसहरु गोरखा सदरमुकाम र काठमाडौका लागी छुट्ने गरेका छन् ।
ग्ात बर्ष सम्म बाटोको अभाबमा हर्मीबाट आपपिपल हुदै डुम्रे सम्म लामो र बुष्टकर जिप यात्रा गर्न बाध्य यात्रुहरुले हर्मी भन्ायाङ कटहरे पन्थडिहि सडक खण्डको टायाक खोलिए पछि आरामदायि बसको यात्रा गर्न पाउने भएका हुन् । कार्तिक महिनाको अन्त्यकाट हर्मी देखि सदरमुकाम गोरखा बजार सम्म सिधा बस सेवा संचालनमा आएपछि यात्रुहरु यसरी लाभान्बित भएका हुन् ।
याात्र्रुहरुले हाल बस सेवा लिएबापत हर्मीबाट बाह्रकिलो सम्म 80र गोरखा बजार सम्म 100 रुपैया तिर्नु पर्ने हुन्छ । तर यात्रुहरु भने दुरिको तुलनामा भ्ााडा केहि महङगो भएको गुनासो गछर्न् । उनीहरुका अनुसार केहि गाडि सचालकले यात्रुहरुबाट मनपरि भाडा पनि असुली गर्ने गरेको पाइएको छ । गाडी धनीले गोरखा यातायात ब्यबसायी समितिले तोकेको भाडा दर भन्दा पनि बढि भाडा असुल्ने गरेपनि उपभोक्ताहरु म्ााैन छन् ।अर्को रमाईलो कुरा के छ भने दैनिकरुपमा बस सेवा सचालनमा आएपछि महगो भाडा असुलेर ग्रामीण सडकलाई आफ्नो पेवा ठान्ने जीप सचालकहरु भ्ाने विस्तापित हुन पुगेका छन् ।
त्यसै गरि पालुङटार खरिबोट दुधपोखरि सडक खण्डको कदली निभारे खण्डमा टायाक खोलिए पछि तनहुको डुम्रे बजार देखि हर्मीको निभारे सम्म पनि जिप सेवा सुरु भएको छ । उक्त जिप सेवाबाट हर्मीका गाविसका वडा न १२४ र ५का जनतालाई सुबिधा पुगेको छ । तर यो क्षेत्र्रमा चल्ने जिपहरुले मनपरि भाडा असुल्ने गरको र यात्रुहरुकाई अमानबिय ब्यबहार गर्ने गरेको स्थानिय बासिन्दाको भनाई छ । तर तत्कालका लागी यी सबै यातायात सेवा हिउद महिनाका लागी मात्र हुन् किनकी बर्खायाममा यातायात सचालन गर्न प्रमुख खोला र खोल्साहरुमा कलबट छैनन् भने सडक पनि पुरै कच्चि नै छन् ।

No comments:

Post a Comment