Tuesday, March 31, 2009

सुधारको बाटोमा गाविस बजेट


विकास ढकाल
हर्मी
हर्मी गाउ विकास समितिको आर्थिक बर्ष २०६५÷६६को बजेट बिनियोयोजन बिगतका बर्षहरुको तुलनामा केहि हद सम्म भएपनि सुधारोन्मुख देखिएको छ । यसबाट कनिका छराईको परम्परा तोडिने क्रममा रहेको हो की भन्न सकिने अवस्था सृजना भएको छ ।
गत फागुण २२ गते हर्मी गाविसको सर्बदलिय सयन्त्रको उपस्थितिमा बसेको गाउँ परिषदले बार्षिक बजेट बाडफाड गरेपछि विकास निमार्णका कामले गति लिने भएको हो । परिषदले खासै नौला योजना अगाडी नसारे पनि पुरानो संस्कार भने बदलेको छ ।
यसपालिको गाउँ परिसद्ले थोरै योजनामा धेरै बजेट विनियोजन गरेर केहि मात्रा्रमा नयाँपन दिन खोजिएको छ । गाउँ विकासका लागी जिल्ला विकास समितिबाट आउने कुल १९ लाख ५० हजार रकम मध्ये मुख्य मुख्य के शिर्षकमा कति खर्च हुन लाग्यो त पढ्नोस् तलको विवरण
१ गाविस सडक तेसे्र शिखे्र बाँकी खण्ड ६ लाख
२ बिद्युत वडा न १२७४५ २ लाख
३ महेन्द्र लीला उच्च मावि १ लाख ५० हजार
४ विज्ञान प्रावि नयाँ भवन १ लाख
५चम्पावती मावि १ लाख
६ पाम खोला िसंचाई मर्मत ५० हजार
७ मकुन्डाडाँ ज्यामिरे सडक ५० हजार
८स्वास्थ्य २५ हजार
९ खेल मैदान निमार्ण २५ हजार
१० दलित उत्थान २५ हजार


No comments:

Post a Comment