दिपक प्रविष्ट
लिगलिगकोट ,आँपपिपल
पुरात्वतिक पर्यटकिय तथा एतिहासिक दृष्टिकोणले महत्वपूर्ण स्थानका रुपमा रहेको भएता पनि सधै उपेक्षित हुने गरेको लिगलिग कोटको संरक्षण गर्न कसैले चासो नदेखाए पछि स्थानिय बान्दिाहरु नै कम्मर कसेर संरक्षणको काममा लागि परेका छन् ।
लिगलिग कोट संरक्षण तथा विकास समिति गठन गरि स्थानिय बासिहरु लिगलिग कोट क्षेत्रको अस्तित्व जोगाइ खाख्न हघि सरेका हुन् । समितिका अध्यक्ष गेहेन्द्र राना सरक्षणको पहिलो पाइलो स्थानिय बासिन्दाबाट चन्दा स।sलन गरि कोटमा रहेको मन्दिरमा बर्षौ अघि देखि रोकिएको पुजालाई निरन्तरता दिने कामबाट प्रारम्भ भएको बताउँछन् ।
त्यस यता दजनौ पटकको अनुनय बिनय पछि पुरातत्व विभाग र गाउँ विकास समिति आपपिपलले संरणक्ष समितिलाई दिएको एकलाख रुपैयाँबाट हालकोट सम्म पुग्ने बाटोमा सिडि लगाउने काम भैरहेको छ । संरक्षण समितिका पदाधिकारीहरु लिगलिगकोटको अस्तित्व जोगाउन आफूहरु राज्यका हरेक निकायहरु पुगेको तर जति विन्ति भाउ विसाउदाँ पनि आश्वासन बाहेक केहि पाउन नसकिएको बताउँछन् ।
लिगलिग कोट पर्यटकिय दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण रहेकाले यहाँ पयटकिय पूवाधारहरु निकार्ण गर्न सकिए यसको महत्व झन् झन् बढेर जाने निश्चित छ । तर सरक्षण र विकासका लागी कुनै पनि निकायले चासो देखाउन नसकेको हवस्थामा स्थानिय बासिन्दनहरुनै अग्सर हुनु पक्कै पनि सर्हानिय कुरा हो ।
संरक्षया तथा विकास समितिले लिगलिगकोटको हस्तित्व जोगाइ यसलाई एउटा गतिलो पर्यटकिय गन्तब्यका रुपमा विकास गर्न अल्पकालिन र दिर्धकालिन गरि दुई खाले योजनाहरु अगाडि सारेको छ । अल्पकालिन योजना भित्र पम्पिङ गरि खाने पानी ब्यवस्था गर्ने विजुलि बत्ति पुर्याउने ट्रेकिङ पाथ बनाउने र पार्क बनाउने जस्ता काम परेका छन् । त्यस्तै गरि दिर्धकालिन योजना भित्र प्यारा ग्लाइडिङ लुलि गुरासको जुस उत्पादन विभिन्न खेल स्थानको निमार्ण होटल लजहरुको स्थापना गर्ने जस्ता कामहरु छन् ।
फोटो : बिकाश ढकाल
गुरखा इन्काउटस्र एडभेन्चर एण्ड इको ट्राभल्सले सहयोग गर्ने आश्वासन दिए पछि समितिले यसै बर्ष राष्ट्रिय स्तरको लिगलिग म्याराथन आयोजना गर्ने निर्णय गरेको छ । समितिका अध्यक्षका अनुसार सरकारले लिगलिगकोटको बार्षिक पूजा खर्च भनेर एक हजार दिने गरेको छ । जून रकम यहाँको लागी हात्तिको मुखमा जिरा सरह हो । बार्षिक रुपमा यहाँको सरक्ष र विकासको लागी समितिका पदाधिकारीले थुप्रै पटक अनेकौ सरकारी अड्डाहरुको ढोका ढक्ढक्याउन पुगि सक्दा समेत कसैको ध्यान आकृष्ट हुन सकेको छैन । लिग लिगकोटको संरक्षण र विकासका लागी सरकारीपहल कदमि हुन नसके पनि स्थानिय बासिन्दन स्यम् यसको अस्तित्व जोगाउन लागी परेका छन् तर उनीहरु सँग आर्थिक स्रोत र साधन नै छैन । संरक्षणको लागी स्रोत जुटाउन हाल सम्म नत सरकार लागी परेको छ न त अन्य संघ सस्था नै । यस्ता धरोहरको संरक्षण गर्ने जिम्मा मसको हो त सबैले बलैमा सोच्नु पर्ने बेला आएको छ ।
फोटो :बिकाश ढकाल
No comments:
Post a Comment