छोप्राक ,पौष ४
छोप्राक गाउँ विकास समितिको चेतना जागृति सामुदायिक विकास सहकारी संस्थाले आज १० औ वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवको अवसरमा संस्थाका सचिव राजेन्द्र पोखरेलले संस्थाको प्रगति प्रतिवेदन र लेखा समिति संयोजक वावुराम कोइरालाले ३० लाख ४२ हजारको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । संस्थाले यस वर्ष कृषि पशुपालन र फलफुल खेती लगायतका शिर्षकमा ऋण लगानी गरी यस आर्थिक वर्षमा ३८ हजार रुपियाँ नाफा कमाएको जनाएको छ ।
आज आयोजित सधारण सभामा प्रमुख अतिथि नेपाली कांग्रेसका जिल्ला सदस्य सीपी पोखरेल दलित प्रतिनिधि डिलबहादुर विक सिकोडरका शिव अधिकारी शेयर सदस्य अण प्रसाद पोखरेल जनसेवा उपभोक्ता समितिका अध्यक्ष शितल पोखरेल छोप्राक उपस्वास्थ्य चौकीका अहेब टुकमान श्रेष्ठ मण्डली सहकारी संस्थाका अध्यक्ष कौशिला लामिछाने जिल्ला सहकारी संघका सचिव बाबुराम कोइराला पूर्व अध्यक्ष चन्द्रमा पोखरेल लगायतले मन्तब्य राख्नुभएको थियो । साधारण सभाले संथाको खाली रहेको अध्यक्ष पदमा कृष्ण पोखरेल र आर्थिक संयोजकमा चन्द्रमा पोखरेल चयन गरेको छ ।
No comments:
Post a Comment