विकास ढकाल
उखरमाउलो गर्मीले धर्ति बाफिएको मध्य बैशाखको दिन छिचोलेर हामी सात आठ जना युवाहरु एउटा सिरसिर बतास चलेको रुमानि साझँमा जम्मा भएका छौ ।हर्मी नवलपुरमा रहेको ईजाजु मियाँको आगँनमा हामी यहाँ जम्मा हुनुको मुख्य उदेश्य साथि भाई गाउँमा जम्मा भएको मौकामा केहि क्षण रमाईलो गरि बस्ने वस यति नै हो । यो कुनै पूर्व निर्धारित कार्यक्रम थिएन तत्कालै रचिएको एउटा रम्ने प्लान थियो । हो हामीले यो हाम्रो रम्ने प्लानमा होस्टेमा हैसे गर्न निम्तो दियौ सेत बहादुर बिकलाइ जो कुनै जमानामा यस गाउँ र आसपासका ठाउँहरुमा कुसल गायक र बाध्यवादकको रुपमा चिर परिचित थिए । तर अपसोच विप्न्ाता र गरिविले गाँजेर नै सेत बहादुर लगागतका गाउँका अन्य थुप्रै प्रतिभाहरु आफ्नो धरातलबाट एक खुड्किलो पनि माथि उठ्न सकेनन् र विस्तारै विस्तारै मूल भङगालोबाट किनारा लागेर गुमनामको अवस्थामा पुगे । उनीहरु त्यसै पाखा लागे लागे साथमा यी होनहार प्रतिभाहरु सगै सिगो लोक कला र संस्कृति पनि पाखा लागेर लोप हुने अवस्थामा पुगे । शुरुमा त सेत बहादुरले हामीलाई साथ दिन आनाकानी गरे छन् । आखिर उनी पनि प्रत्येक रात राम रमाईलोमा भुलि राख्न कहाँ सक्ने अवस्थामा कहाँ थिए र अघिल्लो रात पारि गाउँको पुजामा पुरै रात कटाएको ह्रयाङओभर बाँकी नै रहेछ उनीमा । मान्छे हो निन्द्रा र थकाई त अवश्य लाग्छ नै तरै पनि हामीले हल्करा बनाएर पठाएका उनका सहकर्मी ईजाजु मियाँको पटक पटकको अनुनय विनयलाई हार्न नसकेर सेत बहादुर कागको हुलमा बकुल्लो बन्न टुप्लुकै आई पुगे खवर गरेको लगभग आधा धन्टा पछि ।
सायद बुढ्यौलीले छोएर होला आईमाईको फरिया मुजा परेझै सेत बहादुरको गालामा पनि पुरै छाला स्रोहोरिएर मुजा परि सकेको छ । तर पनि जोस भने उहि सोह्र वसे्र तन्नेरीको जस्तो । लगभग ६ दशक अघि देखि जिन्दगीको मैदानमा ओलम्पिक दौड गर्न थालेका सेत बहादुर विक अझै थाकेका छैनन् । लगातार एउटा सापेक्षिक गतिमा दौडिरहेका छन् । लामो गन्थन मन्थन र थुप्रै अनुरोधका झटाराहरुको प्रहार पछि मात्र उनी पुन एक पटक बसाइ आफ्नो ओईलिएको जाँगरलाई पुन ताजकी गराउँदै हामी सगँ रम्ने
मनस्थितिमा पुगे । शुरुमा त्यति खुल्न नमानेका उनी पछि गफिदै जाँदा एकाएक जोसिला बन्न पुगे । सायद शुरुमा यिनले सोचे थे होला कागको हुलमा बकुल्लाको के औचित्य तर पछि उनको मुड एकएक चेन्ज भयो रमाईलो गर्ने मेलो मेसोमा को काग को बकुल्लो
थ्ाुप्रै दौडधुप र ब्यापक खोज बिन पछि हामीले बल्ल तल्ल एउटा मादलको बन्दोबस्त गरेका थियौ । कुन कुनामा मिल्काईएको मादल सेत बहादुरले हिर्काउँदा घिन्ताङ घिन्ताङ गरेर बज्नु पर्नेमा ठम्फु जस्तो पो बज्यो । त्याहाँ जम्मा भएका सेत बहादुर बाहेक मादलको म पनि अरु कसैलाई थाहाँ थिएन । तर म लगायत एकाध साथिहरु भने फाटेकै स्वरमा भए पनि पिछलगु बनेर माहौल तताउन माहिर थियौ । महिनौ सम्म नबजाई थन्किएको मादल साविकको तालमा नबज्ने भएछि सेत बहादुर हातमा लोहोरो लिएर आफ्नो न्वारन देखिको बल निकालेर मादल कस्न थाले अनि त एक छिन अघि सम्म ठम्फुझै बजेको मादलले अचानक जुनि फेर्यो र सेत बहादुर दुई हातले मादलको खरिनै झर्लाझै गरि मादल घुराउन थालि हाले घन्तु पाकुम घन्तु पाकुम ………।
अनित विस्तारै विस्तारै माहौल तातिन थाल्यो । चुरोट सेत बहादुरलाई मन पर्ने अम्बल रहेछ । बसाई शुरु हुदा नहुदै उनले चुरोट सल्काई सकेका थिए । त्यस पछि त झन् चुरोट सगँको उनको उठ बस क्रमश बाक्लियो । चुरोटको धुँवाले हामी बसेको आँगन छेउछाउ धुवाको कुईरो लागे झै भएको थियो । उनलाई मनाई राख्न हामीले नचाहँदा नचाहँदै पति पटक पटक चुरोटको आग्रह गरेका थियैा जुन आग्रहलाई उनले नकारेनन् । त्यै सर्ब पि्रय लाग्ने अम्बलचुरोट र मतमताउने पानीको नसाले सेत बहादुरको स्वर फाटेको प्रष्ट संकेत उनको गला खुल्न नसके पछि नै हामीले थाहा पायौ । तर जानमारहरु भन्छन् जवानिमा यिनको स्वर अहिले चल्ति फुर्तिमा रहेका कुनै गायकको भन्दा कम्ति दमदार थिएन ।
सेत बहादुरले मादल बजाए पछि नाच्न नत_िम्सने को होला र मादल बज्न शुरु हुदा नहुदै साथिहरु कम्मर मर्काउन थालि हाले । मौकामा चौका हान्न हामी पनि के कम सेत बहादुर आफु सया भएको मौका छोपि हामीले उ बेलाको चर्चित ठाडो भाका सिक्ने इच्छा जायर गर्यौ र उनले उ बेलाको त्यो भाका हामीलाई यसरी सुनाए
आयो नयाँ साल दाजु मिर्जापुरे थाल

पानी खानी अम्खरा
हो हो हो राया सुन सोखि माया पानी खानी अम्खरा
हा हा सुन चरिलाई दागी हेर चाखो माया रामलसीको लागी
मादलुलाई तानी माया बुढो भए पनि
अझै आउँछ हम्खरा हो हो हो सोखि माया अझै आउँछ हम्खरा
उनी हामीलाई पटक पटक भाका छोप्न अह्राईरहेका थिए । तर हामीले पटक्कै जान्दै जानेनौ । शुरुमा क्रमैले अगाडी बढेको भाकाको अन्तिममा धोति फुस्कि हाल्ने । लामो समयको अभ्यास पछि बल्ल तल्ल हामीहरुको ठाडो भाका सिक्ने सपना केहि हद सम्म भए पनि पुरा भयो ।
हामी सेत बहादुर सयँ गितका साथै उहिलेका कुराहरु पनि खोतल्ने ध्याउन्नान थियौ । यसै क्रममा मैले प्रश्नको झटारो हानि हाले तपाई चल्ति फुर्तिको हुदाँ गाईने मुख्य गितहरु के के थिए । उनी एक पछि लगातार मादल बजाएर विश्राम खोजिरहेका हातका औलाले गैडा ब्रान्डको चुरोटलाई तुइतुईति तानेर हावामा फुस्स धुँवाका चक्काहरु उडाउँदै भने ख्यालि कछाडे चुड्का पाङदुरेभोटेसाला झ्याउरे भजन जस्ता भाकाहरु न्ौ हुन् नि । दाई गित गाउँन कहाँ कहाँ जानु भयो साथि राजुले अर्को झटारो हान्यो । कहाँ मात्र पुगिन एकादसि जात्रा पुजा पर्व ठाउँमा चाँहि गोरखामा थुप्रै गाउँ लमजुङ लेक तिर कति गएम कति भनि साध्य छैन । तपाईको शेख पछि तपाईले जानेका बुझैका गीत र भाका संस्कृतिलाई कसले निरन्तरता दिने यो अति नै सान्दर्भिक जिज्ञासा थियो काजी दाईको । काजी दाईको जिज्ञासाको प्रति उत्तरमा सेत बहादुरले पुन चुरेाटको लामो सर्को तानेर एक छिन गम खादै भने नयाँ पुस्ता यस प्रति आर्कित त छ तर हामीमा जस्तो लगाब नै छैन । परा पुर्व काल देखि हस्तान्तरीत हुदै आएको लोक संस्कृति अब कुन पुस्तालाई हस्तान्तरण गर्ने। उनले नयाँ पस्तालाई सिकाउन भने प्रयास नगरेका होइनन् केहि बर्ष अघि सम्म केटाहरु सिक्न खोज्थे तर आज भोलि कसैलाई चासो नै छैन उनको गुनासो थियो ।
बेरको गन्थन मन्थन पछि पुन हामी गीत संगीतमै फर्कियौ । निकै समय गफगमफमा सुस्ताए पछि थकाई मर्यो होला सायद उनको । अनि त उनी हामीलाई उबेलामा चल्तिमा रहेको पाङदुरे सुनाउँन लागे
हा हा सेाह्र सय गोपिनिहरुले जमुनामा फूलै तारेको
हा हा राधा ज्यूलाई सर्पले डसेको हाईन कृष्ण ज्यूको प्रमले मुर्छै पारेको

मन्द गतिमा अधिकतम सन्तुस्टि दिन सक्ने शक्ति पाङदुरेमा हुने रहेछ । साथै यो नाचेर गाउँने गीत भएको पनि सेत बहादुरले हामीलाई बेलि विस्तार लाउदै थिए । पुराना धार्मिक कथा र मिथकहरु न्ौ पाङदुरेको विषय वस्तु हुने रहेछन् भन्ने कुरो पनि हामीले सेत बहादुर बाटै थहा पायौ । लग भग आधा घन्टा पाङदुरे सुने पछि साथिहरुलाई निन्द्राले छोपेछ की किन हो कराउँदा कराउँदै उङन पो थाले । अनि त सेत बहादुरले निन्द्रा भङग गराउने जुक्क्ति निकालि हाले फाष्ट विटको चुड्का गाउने । जब उनीले जोसिएर चुड्का गाउँन थाले तब साथिहरु ज्ार्याक जुरुक भएर पुन कम्मर मर्काउन पो थाले सेत बहादुरका यी लयात्मक शब्दमा
जरेबरको कुडा उखु मेसिनैमा करर
जरेबरको कुडा उखु मेसिनैमा करर
मायाँ लाउन आको सरर
झन् राम्री भैछौ
झन् राम्री भैछौ
कुन साबुनले मुख धोईछौे
कराउँदा कराउँदै नाच्दै गाउँदै गर्दा गदै रातिको १२ पो बजिसकेछ । कति छिटो घडिको सुई धुम्यो पत्तै भएन । अघिल्लो दिन देखिको बारिएको निन्द्रको भारि बोकेका सेत बहादुर फेरि यो रातको निन्द्रा भोलि पल्ट पनि बोक्न चाहन्नथे । रात छिपिदै जुदा उनका आखाँ पनि राता हुदै थिए । उनका आखुले अराम खोजेको हामीले पछिल्लो पटक परिर्वतन भएका हाउ भाउ बाट नै लख काटि सकेका थियैा । र हामी अन्तत उनलाई विदा गर्ने मनस्थितिमा पुग्यौ । विदा वारि हुनै लाग्दा सेत बहादुरले बढो मनन् योग्य कुरे गर्न भ्याए । उनले कत्ति पनि नढाटि भने मैले त पुराना भाका र गीतहरु भल्न थाले जो सम्झै गाए है गल्ति भए माफ गर्नुस । आखिर बुढ्यौलीले छोपे पछि के गर्नु केहि सिप नलाग्ने रहेछ । सेत बहादुरले त पुराना भाका र गित विसे्र विसे्र अब कसले सम्झने । उनले विसे्रको भाका को बाट सिक्ने र जानेका भाका कसलाई सिकाउने त मन मनै उब्जिएको यो प्रश्नको जवाफ खोज्दै हामीले आफ्नै सिकारु शब्दमा लय भर्दै सेत बहादुरलाई विदाईको हात हल्लायौ ।
हामी तल जून तारा माथि
बिदा बादि भएर जाम साथि

No comments:
Post a Comment