Wednesday, June 10, 2009

खुला दिशामुक्त क्षेत्र घोषणा

आपपीपल , २७ जेठ- दशौ सरसफाई सप्ताहको अबसरमा आज गोरखाको आपपीपल गाउँ विकास समितिको वडा नं ४ लिगलिगकोटको दलीत बस्तीलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरीएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाको आयोजना र लीगलीगकोट विकास समीतीको सकि्रयतामा आज एक कार्यक्रमका वीच सो गाउलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो । लिगलिगकोट विकास समितिका अध्यक्ष गेहेन्द्र रानाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख धुव्रमणी पौडेलले गाउलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेपछी यसलाई कार्यान्वयन गर्न र सरसफाईमा ध्यान पुर्याउन गाउलेलाई आग्रह गर्नुभयो । यसैबिच खोल्टि गाउँ खानेपानी तथा सरसफाई उपभोक्ता समीतीले आँपपीपल गाविसकै वडा नं ४ को खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफ्नो कार्यक्षेत्र लाई आउदो असोज सम्ममा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् । ूखुला दिशामुक्त क्षेत्र विकासका लागि स्थानियस्तरको सकि्रयताू भन्ने मुल नारा लिइ जेठ २२ गतेदेखी २८ गतेसम्म गोरखामा पनि विभिन्न कार्यक्रम गरी १० औ सरसफाई सप्ताह मनाइदैछ । भन्ने खबर रेडियो गोरखाले प्रसारण गरेको छ ।

No comments:

Post a Comment