Wednesday, June 10, 2009
हावाहुरीले पठनवाठन प्रभावित
आँपपिपल , २१ जेठ- वैशाखको पहिलो साताको हावाहुरीले भत्काएको गोरखाको आँपपिपल गाउँ विकास समिति वडा नंबर १ पाथीभराको जनज्योति प्राथमिक विद्यालयको मर्मत नहुदा विद्यालयमा पठनपाठन प्रभावित भएको छ । हावाहुरीले विद्यालयको छाना उडाएर गाह्रा पनि भत्काइदिएपछि कक्षा कोठाको अभाव भएको विद्यालयले जनाएको छ । विद्यालयको आर्थिक स्थिति नाजुग भएकाले आफ्नै श्रोतले सामान्य मर्मत पनि गर्न नसकिएको र विद्यालयको मर्मत तथा निमार्णको लागी जिल्ला विकास समिति जिल्ला शिक्षा कार्यालय लगायतका कार्यलयहरुमा पटक पटक सहयोग माग गर्दा सुनुवाइ नभएको विद्यालयले जनाएको छ । विद्यालयमा १ देखि ३ कक्षा सम्म पठनपाठन हुदै आएको छ ।भन्ने खबर रेडियो गोरखाले प्रसारण गरेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment