Monday, June 15, 2009

बत्तिका पोल अत्यन्त जीर्ण

हर्मी
हर्मी वर परका क्षेत्रहरुमा गाडिएका विजुली बत्तिका पोलहरु अत्यन्त जीर्ण अवस्थामा पुग्दा पनि सम्बन्धित पक्षको यस प्रति ध्यान आकृट भएको छैन ।
धेरै जसो ठाउँहरुमा कटुस चिलाउने लगायतका कच्चि पोल हालिएकाले यस्तो अवस्था आएको हो । यसले गर्दा दिनहुँ जसो पोल भाँच्चिइ रहने र विद्युत अपूर्ति बन्द भइरहने समस्याले गर्दा गाउँलेहरु निकै मर्कामा परेका छन् । यस समस्याको समाधान नभए बर्खा लागे पछि धेरै पोलहरु भाँच्चिने र विद्युत आपूर्ति ठप्प हुने स्थिति रहेको छ । अझ कति पय ठाउँहरुमा त एउटै पोललाई चार पाँचवटा बासको टेको लगाएर राखिएको छ । समयमै सम्बन्धित पक्षको यसमा ध्यान जान नसके धेरै धनजनको क्षति हुने निश्चित प्रायः छ देखिन्छ ।

No comments:

Post a Comment