जेठ २७ , पालुङटार
लिगलिगको ठूलो पोखरी भन्ने ठाउँमा रहेको सुदर्शन निमाबिमा यसै शैक्षिक सत्रबाट कक्षा आठको पढाई शुरु गरिएको छ । गत बर्ष सम्म यस बिद्यालयमा सात कक्षा सम्म मात्र पढाई हुने गरेको थियो ।
स्थापना काल देखि विभिन्न उतार चढाबहरुको सामना गर्दे यो अवस्थामा हाई पुगेको विद्यालयमा कक्षा आठ संचालन गर्न गोरखा फाउन्डेसन र काठकाडौमा रहेका गाउँवासिले महत्वपूर्ण भूमिका खेलेको विद्यालय स्रोतको भनाई छ । करिव करिव सवा सय जति विद्यार्थि रहेको यस स्कूलमा हाल आठ जना शिक्षक शिक्षिका कार्यरत छन् । आर्थिक अवस्था कमजोर रहेको विद्यालयले शुभ चिन्तकहरुको दरिलो आड भरेासाको प्रत्याभुति पाए पछि निजि स्रोतकै शिक्षक राखेर भए पनि कक्षा आठ शुरु गरेको स्थानिय युवा राम चन्द्र्र पौडेलले आवर हर्मीलाई जानकारी दिएका छन् ।
No comments:
Post a Comment