विकास ढकाल
पालुङटार
कुनै जमानामा गोरखामा साहित्यिक र शैक्षिक माहौलको विजारोपण गर्न महत्वपूर्ण भूमिका खेलेको जयन्ती पुस्तकालय हाल आएर सुुसुप्त अवस्थामा गुजि्ररहेको छ ।
देशमा प्रजातन्त्रको उदय भए पछि २०१० समलमा लिगलिगमा स्थापना भएको जयन्ती पुस्तकालय शुरुमा पाठशाला थियो । पछि गएर पाठशालालाई अलग्याई छुटै विद्यालयका रुपमा अगाडि बढाईयो । हाल जयन्ती पुस्तकालय भन्दा केहिपर रहेको सुदर्शन निमावि जयन्ती पुस्तकालयको अर्को हाँगोकारुपमा विकास हुदै यो अवस्थामा आईपुगेको जानकारहरु बताउँछन् । जयन्तीको स्थापाना कालमा स्थानिय सामाजिक अगुवाहरुले एक जना दृष्टि विहिन गुरुको ब्यवस्था गरिदिएका थिए र उनी मार्फत नै केटा केटिहरुले शिक्षा दिक्षा हाँसिल गर्ने गर्थे यो २०१०को दशकको कुरा हो । उबेलामा शैक्षिक उन्नतिका साथै साहित्यिक परिवेशको निर्माणमा पनि जयन्तीले महत्वपूर्ण भूमिका खेलेको स्थानिय अग्रज सिद्धि विलास देबकोटा बताउँछन् ।
जयन्ती पुस्तकालय मार्फत विगतमा हरेक राष्टिय पर्वहरुमा नाटक माचन गर्ने कविता गोष्टि गर्ने तथा साहित्यिक पुस्तक र पत्र पत्रिकाको संकलन गर्ने जस्ता महत्वपूर्ण कामहरु हुने गरेको थियो । तर जयन्तीले यस्ता खाले सृजनशिल कामहरु औपचारिक रुपमा नगरेको बर्षौ भैसकेको छ ।
२०५२ समल अघि सम्म ठिक ठिकै अवस्थामा चलिराखेको जयन्ती पुस्तकालय त्यसयता देशमा चलेको दोन्दका कारण युवा पुस्ता गाउँबाट पलायन भए पछि पूर्णत निष्क्रिय बन्न पुगेको स्थानिय बासिन्दा बताउँछन् । विचमा पनि खुल्दै बन्द हुदै गरेको गरेको पुस्तकालय २०५२ देखि २०६२ साल सम्म भने पूर्ण रुपमा बन्द नै भयो ।
२०६२ सालमा गोरखा फाउन्डेसनका अध्यक्ष विजय देवकोटाले पुस्तकालयको पुन निमार्ण र संचालनमा सहयोग गर्ने भए पछि युवाहरु केहि समयको लागि पुन जुरमुराए । र उनीहरुले पुस्कालयको नामनै परिर्वतन गरि जयन्ती पुस्तकालय तथा युवा क्लबका रुपमा अगाडि बढाउने उदेश्यले जिल्ला प्रशनसनमा दर्ता गराए । अनि गोरखा फाउन्डेसनले भवन मर्मतका लागी दिएको करिब १ लाख पचाँस हजार रुपैयाले तीन कोठे भवन पुन निमार्णको काम सम्पन्न भएको पुस्तकालयका अध्यक्ष प्रदिप देवकोटा को भनाई छ । पुन निमार्ण सँगै गोरखा फाउन्डेसनले विभिन्न विषयगत चार हजार पुस्तक पनि दियो तर पुस्तकालय नियमित संचालनको सपना साँचेका जनताहरुको सपना भने साकार हुन सकेन । अहिले न त पुस्तकालयको ढोका खोलॆर पुस्तकमा लागेको धमिरा र धुलो टकटक्याउने काम हुन्छ न त कार्य समितिको नियमित बैठक नै बस्न सकेको छ । आफ्रनो छुटै पहिचान र अस्तित्व बोकेको जयन्ती पुस्तकालय अहिले जीवन मरणको दोसाँधमा छटपट्याई रहेको छ ।
व्ाास्तबमा जयन्ती पुस्तकालय यस क्षेत्रमा जन्मी हुर्की देश विदेशमा ख्याति कमाएका ब्यक्तिहरुको चेतनाको जग हो । तर ती ब्यक्तिहरुले आफ्नो जग भत्किन लागि सक्दा सम्म कुनै चासो र सहानुभुति ब्यक्त नगरेको प्रष्ट देखिन्छ । आखिर बेला बिति सके पछि गोहिको आँशु चुवाउनुको के अर्थ हुन्छ र अहिले जयन्तीको हकमा खोलो तर्यो लौरो विर्यौ भन्ने नेपाली उखान चरितार्थ भएको छ ।
पुस्तकालयको संरक्षणका निम्ति केहि ब्यक्तिहरु त मरि मेटेर लागेका छन् । तर तीनिहरुको लगाबले मात्र केहि लछार पाटो लाग्न सक्ने अवस्था छैन । जयन्तीकै आडमा कोहि मन्त्रि भए कोहि डाक्टर भए कोहि ईन्जिनियर भए कोहि ब्यवस्थापक र प्रकाशक भए तर तीतिहरु कसैले पनि जयन्तीलाई आड दिने प्रयत्न गरेनन् भन्ने भनाई छ स्थानिय युवा राम चन्द्र पौडेलको । पुस्तकालय संचालक समितिका पदाधिकारीहरु एक जना कर्मचारी राख्न सकिए मात्र जयन्तीको कि्रयासिलता बढाउँन सकिने धारणा ब्यक्त गर्छन् । तर के सवाल र समस्या तलवी कर्मचारीको मात्र हो त एक पटक सोच्नु पर्ने बेला आएको छ ।
No comments:
Post a Comment