Tuesday, June 2, 2009

हर्मीमा डोजर आई पुग्यो

हर्मी , चालु आर्थिक बर्षमा गाविस अन्तगर्त निमार्ण हुने सडक र अन्य भौतिक संरचाना निर्माणका लागी उपभोक्ता समिति मार्फत गत आईतबार हर्मीमा डोजर आईपुगेको छ । सो डोजरबाट हाल सम्म महेन्द्र लीला उमावि नवलपुर र विज्ञाान प्रावि भन्ायाङको नयाँ भवन बनाउने जग्गा खार्ने काम भएको छ । अब केहि दिन पछि डोजरले छिमेकि गाविस आँपपिपलको सिम्पानिमा काम सकेर आए पछि हर्मीका सडक निमार्ण कार्य अघि बढ्ने उपभोक्ता समितिले जनाएको छ । यस पालि गाविसको बजेटले तसे्र देखि शिख्रे र मकुन्डाडाँ ज्यामिरे खण्डको सडक निमार्ण गर्ने योजना रहेको छ ।

कैचल पानीमा पनि सडक पुग्यो
साथै डोजर आएको मौका छोपि बडा न ३ कैचल पानिका स्थानिय बासिन्दाले गाउँमै चन्दा संकलन गरेर सापकोटा गाउँ देखि कैचलपानी सम्मको करिब डेड किलोमिटर बाटो निमार्ण गरेका छन् । उनीहरुले कति लागतमा यो काम फत्ते गरे भन्ने विवरण भने आउन बाँकि नै छ ।

No comments:

Post a Comment