Tuesday, February 16, 2010

ट्रयाक्टरको ठक्करबाट बालकको ज्यान गए पछिको बिबाद :६ लाख क्षतिपुर्तिमा टुङगियो

आँपपिपल , फागुन ४
जनता उच्च मावि हाता नजिकै निमार्णाधिन मेरो मोबाईलको टावरका लागी निमार्ण सामाग्री बोकेर आएको ट्रयाक्टरले सोमबार विहान विद्यालय समयमै सोहि विद्यालयका छात्र सविन ढकाललाई ठक्कर दिए पछि उनको घटना स्थलमै मृत्यु भए पछी आँपपिपलमा सृजित तानाब पिडित पक्षले ६ लाख रुपैया क्षतिपुर्ति पाउने सहमति पछि साम्य भएको छ ।
पाँच बर्षिय बालक सविन जनता उमाविको इसिडि कक्षाका विद्यार्थी थिए । दुर्घटना पछि उत्पन्न भएको तनाब मंगलबार अपरान्ह्र सर्ब पक्षिय बार्तामा पिडित पक्षलाई ६ लाख रुपैया दिलाउने सम्झौता सहित साम्य भएको छ । यस अघि सोमबार र मंगलबार दिनभर विद्यालयका विद्यार्थी अभिभावक र स्थानिय बासिन्दाले उचित क्षतिपुर्तिको माग राख्दै आँपपिपल बजार र विद्यालय हातामा नारा जुलुस सहित प्रर्दशन गरेका थिए । यहि दुर्घटनाका कारण विद्यालयले फाल्गुन ५ ,६ र ७ गते आयोजना गरेको बार्षिक उत्सब र अभिभावक दिवशको कार्यक्रम अनिश्चितकाल कालका लागी स्थगित गरिएको जनाएको छ ।

No comments:

Post a Comment