Friday, February 12, 2010

धादिङ गाउँमा सडक पुग्यो

हर्मी ,माघ २९
गाविसबाट प्राप्त १ लाख पचास हजार र गाउँलेहरुबाट सकलन गरिएको चन्दा रकम ५० हजार रुपैयाको लागतमा हर्मी भन्ज्याङ देखि धादिङ गाउँ सम्मको मोटर बाटो गत साता निमार्ण सम्पन्न भएको छ । गत बर्ष नै निमार्ण भैसक्ने बाटो तेल खरिद भैसके पछि अन्तिम समयमा आएर स्थानिय नेताहरुको स्वार्थले गर्दा खन्न नदिईए पछि गाउँलेहरु यसपालि भने जसरी पनि गाउँमा सडक पुर्याइ छाड्ने सुरमा थिए । पोहोरको जस्तै यसपालि पनि स्वार्थि नेताहरुले गरेको अबरोध पन्छाउदै गाँउलेहरुले धादिङ गाउँमा सडक पुर्याइ छाडेका छन् । सडक खन्ने क्रममा हर्मी भन्ज्याङमा स्वार्थि नेता र गाँउलेहरु बिच निकै बेर सम्म आरोप प्रत्यारोप चलेको हर्मीबाट आवर हर्मी सम्वादताले पठाएको खबरमा उल्लेख छ ।

No comments:

Post a Comment