हर्मी, बैशाख ३
हर्मी भन्ज्याङ देखि पराजुली गाउँ हुँदै लमजुङको चक्रतिर्थ जोड्ने सडकको ट्रयाक खोल्ने काम अगाडि बढेको समाचार प्राप्त भएको छ ।
चैत्र तेस्रो साताबाट हर्मी भन्ज्याङबाट धादिङ गाँउ, खनाल गाउँ हदै अगाडि बढेको ट्रयाक खोल्ने काम हाल पाराजुली गाउँ केउरे पानी भन्दा केहि अगाडि पुगेको हर्मीबाट आवर हर्मी प्रतिनिधिले जानकारी दिएका छन् ।
हाल सम्म करिब करिब ६ किलो मिटर सडक ट्रायाक खॊलिएको छ । यो सडक नेपाल सरकारको केन्द्रिय बजेटमा परेको १५ लाख रुपैया मध्ये १० लाख रुपैयामा बन्न लागेको हो । पुरा बजेटको ५ लाख रकम भने सडक विभागले टेन्डर प्रकि्रया द्धारा ग्याभिन भर्ने कामका लागी ठेकेदारलाई दिएको छ । केउरे पानीबाट निभारेमा पुगेर यो सडक यस अघि नै निमार्ण भैसकेको पालुङटार दुधपोखरी सडक खण्डमा जोडिने छ । त्यस पछि निभारे देखि पाण्डे गाँउ सम्मको पुरानै सडक कामय गरि यो सडकको ट्रायाक खोल्ने काम पाण्डे गाउँबाट चक्रतिर्थ तर्फ सोझ्याइने उपभोक्ता समितिका पदाधिकारी बताउँछन् ।
No comments:
Post a Comment