Friday, April 16, 2010

रेडियो हर्मीको भवन निमार्ण शुरु

हर्मी ,बैशाख ३
संचार मन्त्रालयबाट गत फागुनमा एफएम १०५ ४ मेगाहर्जमा प्रसारण अनुमति पाएको सामुदायिक रेडियो हर्मीको प्रशारण केन्द्र निमार्णको पहिलो चरणमा भवन निमार्ण कार्य शुरु भएको छ ।
चैत २५ गते भवन निमार्णका लागी हर्मी ९ मा रहेको नेवार डाडाँमा जग हाल्ने काम सम्पन्न भएको रेडियो हर्मीका अध्यक्ष जनार्दन ढकालले जानकारी दिनुभएको छ । अब केहि हप्तामै ४ कोठे भवन बनि सक्ने र त्यस पछि स्टुडियो तथा टावर निमार्णका कामहरु अगाडि बढाइने उहाँले थप जानकारी दिनु भयो ।
त्यसै गरि केहि दिन अघि मात्र रेडियो भवन निमार्ण स्थल सम्म डोजर लगाई सडक पनि पुर्याइएको छ । रेडियो हर्मी सबै प्राबिधिक तथा भौतिक तयारीहरु पुरा गरि कम्तिमा तीन महिना भित्र परिक्षण प्रशारण गर्ने तयारीमा जुटेको छ ।

No comments:

Post a Comment