हर्मी ,बैशाख ३
चैत महिना देखि गोरखा यातायात ब्यवसायि समितिले हर्मी देखि राजधानि काठमाडौ सम्म सिधा बस सेवा शुरु गरेको छ ।
यस अघि थालाजुङ देखि हर्मी हुदै बस सेवा संचालन हुदै आएकोमा सो सेवा प्रभाबकारी बन्न नसके पछि समितिले हर्मीबाट नै बस छुट्ने ब्यवस्था मिलाएको हो । नयाँ ब्यवस्था लागु गरिए पछि अब हरेक दिन विहान हर्मीबाट काठमाडौका लागी विहान ८ वजे बस छुट्ने छ । त्यसै गरि काठमाडौको नयाँ बसपार्कबाट हर्मीका लागी विहान ७: १५ वजे बस छुट्ने गोरखा यातायातले जनाएको छ । नयाँ सेवा शुरु भए लगतै समितिले हर्मी काठमाडौ चल्ने भाडा दर २८० रुपैया कायम गरेको छ । गोरखा यातायातले सदरमुकाम गोरखा बजारबाट हर्मी सम्म संचालन गरिराखेको बस सेवा पनि यथावतै छ । गोरखाका लागी भने हर्मीबाट विहान ७ वजे र गोरखाबाट हर्मीका लागी दिउँसो १ :१५ वजे बस छुट्ने ब्यवस्था मिलाइएको छ ।
यातायात संचालनमा नयाँ नियम लागु गरिए पछि यस अघि अनेकौ हैरानी खेपिराखेका सर्वसाधारणलाई थप सुविधा पुगेको छ । तर कच्चि सडक र खोलाहरुमा पुल अनि कल्भट नभएकाले हिउँदका महिनामा मात्र संचालनमा हुने बसको यात्रा कम कष्टकर भने छैन ।अझ कतिपय अवस्थामा त बर्षाका कारण सडकमा पानी जमे पछि यातायात संचानमा आउन सक्दैन । त्यसैले हाल हर्मीको यातायात सेवा पानी नपरेका सफा दिनहरुमा मात्र संचालनमा आउने गरेको छ ।
No comments:
Post a Comment