Sunday, July 4, 2010

गोरखाका ६९ प्रतिसत विद्यार्थि मात्र प्रबेशिका उर्तिण

हर्मी ,असार २०
२०६६ सालको प्रवेशिका परिक्षामा गोरखा जिल्लाबाट सामेल विद्यार्थि मध्ये जम्मा ६९ प्रतिसतले मात्र सफलता हात पारेका छन् । गोरखाले प्रवेशिका नतिजामा केहि वर्ष यताको तुलनामा यति कम प्रतिसत नतिजा हात पारेको यो नै पहिलो घटना हो ।
गत वर्ष ८२ .७६ प्रतिसत उर्तिण भएकोमा यस वर्ष भने गत वर्षको तुलनामा १४. ४ प्रतिसत कम विद्यार्थि उतिर्ण भएका हुन्

समग्र जिल्लाकै नतिजा सन्तोष जनक नभएको परिपेक्षमा हर्मी र आसपासका विद्यालयहरुले पनि राम्रो नतिजा ल्याउन सकेनन् । हर्मी सँगै सिमाना जोडिएको छोप्राकको चित्रे पोखरी मावि चित्रेले यस पटक कत्ति पनि विद्यार्थी उर्तिण गराउन सकेन । जिल्लामा नै यस विद्यालयको जस्तो सुन्य प्रतिसत नतिजा अन्यत्र कुनै विद्यालयको पनि छैन । विगतमा पनि चित्रे पोखरी मावि पटक पटक निलमा पर्दै आएको थियो । विगतमा निलमा पर्ने गरेका थालाजुङका झिम्रेक मैपते मावि र आहाल भन्ज्याङ माविले भने यसपालि आफ्नो इज्यत जोगाएका छन् ।

महेन्द्र लीला उच्च मावि ,नवलपुर ,हर्मी
प्रवेशिकामा सहभागी विद्यार्थी ३६
जम्मा उनुर्तिण ५
विशिष्ट श्रेणी
प्रथम श्रेणी १८
द्धितिय श्रेणी १३

चम्पावती मावि ,निवारे, हर्मी
प्रवेशिकामा सहभागी विद्यार्थी ३०
जम्मा उनुर्तिण ९
विशिष्ट श्रेणी
प्रथम श्रेणी २
द्धितिय श्रेणी १९

जनता उच्च मावि ,आँपपिपल
प्रवेशिकामा सहभागी विद्यार्थी ५४
जम्मा उनुर्तिण १६
विशिष्ट श्रेणी १
प्रथम श्रेणी २५
द्धितिय श्रेणी २८

मण्डली उच्च मावि , छोप्राक
प्रवेशिकामा सहभागी विद्यार्थी ६१
जम्मा उनुर्तिण १९
विशिष्ट श्रेणी
प्रथम श्रेणी १२
द्धितिय श्रेणी ३०

चित्रे पोखरी मावि ,चित्रे ,छोप्राक
प्रवेशिकामा सहभागी विद्यार्थी १०
जम्मा उनुर्तिण १०(all fail)

अमर ज्योति जनता उच्च मावि ,लुईटेल
प्रवेशिकामा सहभागी विद्यार्थी ८६
जम्मा उनुर्तिण ८
विशिष्ट श्रेणी २
प्रथम श्रेणी ३८
द्धितिय श्रेणी ३८

No comments:

Post a Comment