Wednesday, July 28, 2010

सारेहमा अन्तर्किया सम्पन्न

हर्मी ,साउन १
जनताको रेडियो जनताकै आवाज सामुदायिक रेडियो हर्मीको आयोजनामा गत असार २७ गते सो रेडियोको प्रशारण केन्द्र हर्मी गोरखामा एक अन्तर्किया कार्यक्रम सम्पन्न भएको छ ।
हर्मी र आसपासका राजनैतिक दलका स्थानिय नेता ,सामाजिक कार्यकर्ता र रेडियोका शुभचिन्तकहरुको कार्यक्रममा उल्लेखनिय सहभागीता रहेको थियो । अन्तकि्रया कार्यक्रममा सामूदायिक रेडियोको अवधारण र रेडियोले समूदायलाई कसरी हित गर्न सक्छ भन्नेबारेमा छलफल गरिएको थियो । कार्यक्रममा उठेका जिज्ञासाहरुको उत्तर दिदै सारेहका अध्यक्ष जनार्दन ढकालले रेडियो स्थानिय समुदायकै हो यसको सदुपयोग र जगेर्ना गर्न सकेमा मात्र सामुदायिक रेडियो स्थापनाको औचित्य पुष्टि हुने बाताउनु भयो ।


अन्तर्किया कार्यक्रममा सहभागीहरु

No comments:

Post a Comment