सामुदायिक रेडियो हर्मीले आफूलाई आवश्यक पर्ने जनशक्ति आफैले तयार गर्ने उदेश्यले आयोजना गरेको २० दिने रेडियो पत्रकारिता तालिम असार ३० गतेबाट शुरु भएको छ ।
रेडियोको प्रशारण केन्द्र हर्मी गोरखामा आयोजित तालिमको रेडियोका अध्यक्ष जनार्दन ढकालले एक कार्यक्रमका विच उद्घाटन गर्नु भएको छ । सो तालिममा हर्मी र आसपासका गासिका साथै मनकामना ,ताक्लुङ ,गोरखा नपा लागयतका अन्य ठाँउका गरि ४५ जना प्रशिक्षार्थि सहभागी छन् । तालिम विकास ढकाल लगायतका अन्य स्रोत ब्यक्तिहरुले दिने अनि तालिममा सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा सँगसगै अगाडि बढाइने रेडियोले जनाएको छ । तालिममा उत्कृट भएर आफूलाई प्रमाण्ति गर्न सक्ने प्रशिक्षार्थिलाई रेडियोमा काम गर्ने अवसर प्रदान गरिने अध्यक्ष जनार्दन ढकालले आवर हर्मीलाई जानकारी दिनु भयो ।
तालिममा सहभागीहरु
No comments:
Post a Comment