Wednesday, June 23, 2010

टाइ स्टेकलाई विदाई गरियो

हर्मी ,असार ८
रेडियो हर्मीलाई प्रशारण उपकरणहरु सहयोग गर्न एचसिजेवि ग्लोवल नामक सस्थाको तर्फबाट सिगापुरबाट हर्मी आएका टाइ स्टेकलाई रेडियो हर्मीका तर्फबाट स्थानिय समुदायले असार ५ गते रेडियो हर्मी परिसरमा विदाई कार्यक्रमको आयोजना गरे ।
असार १ गते हर्मी आएका टाइले हर्मीमा रहदा रेडियो प्रविधिक तालिम र रेडियो उपकरणहरु जडान गर्ने काम गरेका थिए । छोटो हर्मी बासाइमै सबैको पि्रय बनेका टाइलाई विदाइ गर्दाको क्षण रेडियो परिसरमा जम्मा भएका जन समूदाय भाबुक बनेका थिए ।
रेडियो परिषरमा रहेको घुम्तिमा आयोजना गरिएको कार्यक्रममा रेडियोका अध्यक्षले टाइलाई विदाइको माला र ढाकाको दोसल्ला ओढाउनु भएको थियो । टाइका साथै आएका उनका छोरा रायन अनुवादक निराजन खड्का र टावर जाडन गर्न आएका प्रविधिकहरुलाई पनि एकै पटक विदाइ गरिएको थियो । कार्यक्रममा रेडियो हर्मीका अध्यक्ष जनार्दन ढकालले रेडियो स्थापनामा सह्रायिन भूमिका निभाएका एचसिजेवि ग्लोवल टाई स्टेक रेडियो संचालक समितिका पदाधिकारी काठमाडौ र चितवनमा रहेका शुभचिन्तक र स्थानिय समूहलाई धन्यवाद ब्यक्त गनु भएको थियो । साथै उहाँले रेडियो स्थापनामा स्थानिय समुदाय र एचसिजेवि ग्लोबल विच सम्पर्क कायम गरि महत्वपूर्ण योगदान दिने रमेश सापकोटालाई विषेश धन्यवाद ब्यक्त गर्नु भयो ।
विदाई कार्यक्रममा इप्रका हर्मीका इन्चार्ज चन्द्रकान्त ढकाल , स्थानिय समुदायका तर्फबाट हरि बहादुर ढकाल र विमला ढकाल रेडियोका संचार कर्मीको तर्फबाट विकास ढकाल , संचालक समितिका रामहरि ढकाल, राम प्रसाद अधिकारी लगायतले आआफ्नो मन्तब्य राख्नु भएको थियो ।
हर्मीबाट विदा हुने क्षणमा टाई स्टेकले रेडियो स्थापना भन्दा पनि यसबाट जाने सन्देश महत्व पूर्ण हो त्यसैले अव समुदायले समाज रुपान्तरणमा रेडियोको प्रयोग गरोस् र रेडियो हर्मी समुदायमा राम्रो सोचको विकास गर्न सफल रहोस भन्ने शुभकामना ब्यक्त गर्नु भयो ।




.

No comments:

Post a Comment