आँपपीपल ,फागुन ७
विद्यालयको लापरबाहीका कारण विद्यार्थीको ज्यान गएको भन्दै अभिभावक र विद्यार्थीले वन्द गरेको आँपपीपलको जनता उच्च मावि हिजो देखी खुल्नेको छ ।
विद्यालय हाताभित्र मेरो मोवाइलको टावर निर्माणका लागि वालुवा वोकेर ल्याउदै गरेको ट्रयाक्टरको ठक्करबाट ५ र्षे विद्यार्थी सविन ढकालको ज्यान गएको विरोधमा अभिभावक र विद्यार्थीले विद्यालय दुई दीन बन्द गराएका थिए ।
विद्यालयका शिक्षक ,अभिभावक ,विद्यार्थी र ब्यवस्थापन समितिविच अस्ति भएको छलफलमा मृतक विद्यार्थी सविन ढकालका परिवारलाई उचित क्षतिपूर्ति दिलाउन र दोषीलाई कारवाही गर्न पहल गर्ने सहमति पछि तालावन्दी खोलिएको हो । छलफलमा मृतकका नाममा विद्यालयको नाम परिवर्तन गर्न पहल गर्ने ,उनको नाममा स्मृति द्धार निर्माण गर्ने र विद्यालय प्रशासनले आफ्ना कमजोरी सुधार्ने सहमति भएको शिक्षक विष्णुप्रसाद मरहट्ठाले जानकारी दिनुभएको छ ।
मेरो मोबाइलको टावर निर्माणका लागि निर्माण सामग्री ओसार्ने क्रममा सो दूर्घटना भएकाले सम्बन्धित कम्पनी सँग पनि क्षतिपूर्तिको माग गर्ने र नदिए टावर निर्माण कार्य रोक्ने निर्णय पनि उनीहरुले गरेका छन् ।
विद्यालय परिसरमा निर्माण हुन लागेको मेरो मोबाइलको टावर निर्माणका लागि सामान ओसार्ने क्रममा मंगलवार दिउँसो ना २ त ९८८७ नंबरको ट्याक्टरको ठक्करले वालक ढकालको ज्यान गएको हो ।
No comments:
Post a Comment