लिगलिगे दौड प्रतियोगिताको क्रमशः प्रथम, दोश्रो, तेश्रो, चौंथो र पाचौंले नगद रु ५० हजार, मेडल, प्रमाणपत्र, नगद २५ हजार, प्रमाणपत्र, नगद १५ हजार, प्रमाणपत्र, नगद ५ हजार, प्रमाणपत्र र नगद ३ हजार, प्रमाणपत्र हात पारेका छन् । सो लिगलिगे दौड प्रतियोगितामा ५६ जना राष्ट्रिय तथा स्थानीय धावकहरुले सहभागिता जनाएका थिए । गोरखाको ऐतिहासिक एवं रमणीय प्राकृतिक सौन्दर्यताले भरिपूर्ण स्थल लिग लिग कोटमा दशैको अवसर पारेर तथा पर्यटन वर्ष २०११ को अवसर पारेर लिगलिगे दौड प्रतियोगिता आयोजना गरेको हो । ऐतिहासिक एवं रमणीय स्थल लिगलिगकोटलाई प्रचार प्रसार गर्ने उदेश्यले लिगलिगकोट विकास समिति र कन्सेप्ट नेपाल काठमाडौको संयुक्त आयोजनामा आज सो प्रतियोगिता गरिएको हो । वि सं १६१६ अगाडी वर्षेनी चेपेबाट दौडेर लिगलिगमा पुगेर जो पहिलो हुन्थे सो व्यक्ति राजा हुने प्रचलन अनुसार परम्पराको सम्झनाका लागी आफूहरुले लिगलिगे दौड आयोजना गरि ऐतिहासिक स्थल लिगलिगकोटमा पर्यटन प्रवद्र्धनका लागी सो प्रतियोगिता आयोजना गरेको कन्सेप्ट नेपालका अध्यक्ष संजीव रानाले बताउनु भयो ।





photo gifted by - concept nepal
No comments:
Post a Comment