Sunday, March 21, 2010

आँपपिपल भन्ज्याङ देखि दार्मीचौर ठाँटि सम्म सडक बन्यो

आँपिपल चैत ८
गाउँ विकास समिति आँपपिलको यसै आर्थिक बर्षको बजेट र दार्मीचौर बासी सँग चन्दा संकलन गरि आँपपिपल गाविसको आँपपिपल भन्ज्याङ देखि दार्मीचौर गाउँ हुदै ठुटि सम्म मोटरबाटो निमार्ण गरिएको छ ।
सडक गाविसको करिब दुई लाख र गाँउलेहरु सँग करिब दुई लाख रुपैयाँ चन्दा उठाएर खनिएको हो । बाटोको लम्बाई करिब ३ किलो मिटर रहेको छ । हाल ठाँटि नजिक पुगेर रोकिएको निकार्ण कार्य अर्को बर्ष सिम्पानी हर्मी सडकमा जोडिए पछि सकिने जनाईएको छ । विना सर्बे र जन भावना विपरित खडक खनिएको भन्दै दार्मीचौरका केहि बासिन्दा भने सडक निमार्ण प्रकि्रया प्रति असहमत रहेको आवर हर्मी प्रतिनिधिले आँपपिपलबाट पठाएको खबरमा उल्लेख छ ।

No comments:

Post a Comment