हर्मी, चैत ८
फागुन अन्तिम साता हर्मीमा गठन भएको ढकालहरुको हितका विविध कार्य र कूल पूजा एकै ठाउँमा गर्ने मुल उद्धेश्य बोकेको संस्था ढकाल सेवा समाज हर्मी चैत ६ गते शुक्रबार बैधानिकरुपमा जिल्ला प्रासन कार्यालय गोरखामा दर्ता भएको छ ।
चन्द्रकान्त ढकाल अध्यक्ष रहेको ढकाल सेवा समाजको तदर्थ समिति ११ सदस्यिय छ । समाजका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष विश्वनाथ ढकाल ,सचिबमा इश्वरी प्रसाद ढकाल ,कोषध्क्षमा माधव प्रसाद ढकाल त्यसै गरि सदस्यहरुमा जीवन ज्योति ढकाल ,फणिन्द्र ढकाल ,हरि बहादुर ढकाल ,होमनाथ ढकाल ,नरहरि ढकाल , मोतिलाल ढकाल, मेघनाथ ढकाल छन्। त्यसै गरि समाजका उपाध्यक्ष विश्वनाथ ढकाल र उहाँका भाइै विष्णु भक्त ढकालले १० अना र दुर्गा प्रसाद ढकालले ४ आना ढकाल समाजले गर्ने संयुक्त कुल पुजा गर्नको लागी हर्मी भज्ज्याङ नजिकै पहिरा धारा माथि काफलबोटे सारङे गह्रा वरपर जग्गा दान दिएका छन् । सस्था दर्ता भए लगतै आवर हर्मीले संस्थाको विधान प्राप्त गरेको छ । जस्ामा ढकाल सेवा समाज हर्मीका उद्धेश्यहरु निम्न उल्लेखित छन् ।
-यो संस्था मुनाफा रहित जनहितकारी सामाजिक संस्था हुनेछ ।
-ढकालहरुको वंशावली र ऐतिहासिक तथ्यहरुको खोज खबर गर्ने ।
-सामुदायिक विकासका विभिन्न कार्यक्रमहरु सम्पन्न गर्ने ।
-देशका विभिन्न भागमा रहेका ढकालहरुका बीच सम्बन्ध कायम गरी पारस्परिक भाइचारा विकास गर्ने ।
-हरेक वर्ष विभिन्न कार्यक्रमहरु आयोजना गरी ढकालहरुको कुल पूजा सम्पन्न गर्ने ।
-महिला बालबालिका बृद्ध र असहाय वर्गको उत्थान र शशक्तिकरणका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने ।
-द्वन्द्व पिडित अपाङ्ग बृद्ध टुहुरा र असहाय हरुलाई सहयोग पुर् याउन सुधार गृह बाल गृह बृद्धाश्रम तथा पुनस्थापना केन्द्रहरु स्थापना र संचालन गर्न सहयोग गर्ने ।
-समुदायमा शान्ति विकास धार्मिक सहिष्णुता आदि बारेमा जनचेतना मुलक विभिन्न कार्यक्रमहरु संचालन गर्ने ।
No comments:
Post a Comment