Thursday, May 27, 2010

पैसा उठाएरै आरुवोटे गाउँमा सडक

छोप्राक
१३ जेठ ,
छोप्राक गाविस वडा नंबर ८ आरुवोटेका वासिन्दाले पैसा उठाएर गाउँमा सडक पुर् याएका छन् । स्थानीय वासिन्दाले ५ लाख २५ हजार रुपियाँ उठाएर खोप्लाङ्ग ४ सिचाङ देखि ५ किलोमिटर सडक निर्माण गरेको उपभोक्ता समितिका सचिव राजेन्द्र पोखरेलले जानकारी दिनुभएको छ ।
सडक निर्माणगर्न स्थानीय १०० घरधुरीले १० हजार रुपियाँदेखि ४० हजार रुपियाँसम्म खर्च गरेका छन् ।सडक निर्माण पुरा भएपछि आज आरुवोटे गाउँमा पहिलोपटक मोटर पुगेको छ । पहिलोपटक मोटर पुगेको अवसरमा आज स्थानीयले सवारी चालक रेशम रेउले र सहचालकलाई फुलमालाले स्वागत गरेका छन् । गाउँमा कृषि सडक पुगेपछि गाउँमा उत्पादित फलफुल र तरकारी बजारमा पुर् याउन र गाउँसम्म सामान ढुवानी गर्न सजिलो भएको उपभोक्ता समिति सचिव पोखरेलले बताउनुभयो ।
sourse - radio gorkha

No comments:

Post a Comment