हर्मी ,जेठ १३
७५ वर्ष अघि देखि विभाजित रुपमा गरिदै आएको हर्मीका ढकालहरुको कुल पुजा ढकाल सेवा समाज हर्मीको पहलमा आज एकै थलोमा बृहतरुपमा सम्पन्न भयो ।
समय अनुसार पुजा प्रकि्रया र प्रसाद वितरणमा परिर्वतन गरि सामूहिक रुपमा पुजा सम्पन्न भएको हो । पुजा हर्मी ८ पहिरा धारा माथिको सारङे गह्रामा गरिएको थियो । सो जग्गा विश्वनाथ ढकाल र रमादेवि ढकालले ढकाल सेवा समाजलाई केहि महिना अघि मात्र दान गर्नु भएको हो ।
आजको कुल पुजामा जम्मा १३६ घर धनी ढकालहरुले सहभागीता जनाएका थिए ।तर केहि ढकाल बन्धुहरुको भने जुठो र सुतकका कारण सहभागीता रहन सकेन । पुजा स्थलमा लगभग ५०० जनाको उपस्थिति थियो । नाच गान र भजन कृतन गरि पुजालाई थप रोचन र आकर्षक बनाइएको थियो ।
पुजा स्थलमा ८० वर्ष कटेका १० जना बृद्ध बृद्धालाई खादा र टिका लगाई सम्मान समेत गरियो । सम्मानित हुनेहरुमा टिका दत्त ढकाल , नरमाया ढकाल ,हरिदत्त ढकाल, नेत्रबहादुर ढकाल , जानुका ढकाल , भिमराज ढकाल , केदारनाथ ढकाल ,लोकनाथ ढकाल , गेहेन्द्र कुमारी ढकाल र भिमराज ढकाल रहनु भएको थियो । सोहि अवसरमा पुजा र मन्दिर निमार्ण गर्ने जग्गा उपलब्ध गराउने रमादेवि ढकाल र विश्वनाथ ढकाललाई समेत सम्मान गरियो ।
पुजालाई ब्यस्थित बनाउन थुप्रै स्वयम् सेवकहरु खटिएका थिए । समय अनुकल परवर्तन गर्ने क्रममा खिर र सेल रोटि पकाइएको थियो । भने देवताको प्रतिक मानिने नौनिलाई पगालेर मस्यौटो बनाउने चलन पनि यसपालीबाट हटाइएको छ । यस अघि हरेक परिवारबाट पुरुष सदस्यहरु मात्र पुजामा सहभागी हुने चलन भए पनि यस पटकबाट महिलाहरुको सकि्रय सहभागीता र उपस्थिति पुजाको थप आकर्षण बन्यो ।
No comments:
Post a Comment