Wednesday, May 26, 2010

कफि खेति तालिम सम्पन्न

हर्मी ,जेठ १०
जिल्ला कृषि विकास कार्यालय गोरखाको आयोजनामा हर्मीमा दुई दिने कफि खेति प्रविधि स्थलगत तालिम सम्पन्न भएको छ । सो तालिमको ब्यस्थापन भने हर्मी कफि विकास कृषक समूहले गरेको थियो ।
हर्मी ९ नेवार डाँडा स्थित रेडियो हर्मीको नव निर्मित भवन परिसरमा जेठ ७ र ८ गते सो तालिम आयोजना गरिएको थियो । जिल्ला कृषि विकास कार्यालयका वागवानी अधिकृत वीर बहादुर थापाले हर्मीका ३५ जना कफि कृषकलाई तालिम दिनु भएको थियो । तालिमबाट आफूहरुले धेरै कुरा सिक्न पाएको र सिकेको कुरा ब्यवहारमा लागु गर्ने तालिममा सहभागी कृषकहरुले आवर हर्मी सँगको कुराकानीमा बताए ।

No comments:

Post a Comment