परिर्वनका लहरहरु : गत साल हर्मीको नवलपुर देखि शिख्रे सम्म गाविस सडक खनिए पछि बोगटि गाँउमा सडक छेउमै केहि आधुनिक शैलिमा बनाइएको घर ।
हाम्रो गाँउ राम्रो गाँउ :गत साता खिचिएको हर्मीको बयापानी गाँउको हरियाली दृष्य देखिने फोटो । यो गाँउ हर्मीको वडा न १ र २मा पर्छ । यस गाँउमा विशेष गरि मुस्लिम समुदायको बसोबास रहेको छ ।
प्रकृतिको विनास :गत महिना आएको असिना पानीले क्षति पुर्याएको हर्मी गाँउ खेतको मकै बाली । असिनाले अगौटे मकै बालिमा ब्यापक क्षति पुर्याएको छ । अगौटे मकैबाट यस पाली किसानहरुले जम्मा १५ प्रतिसत मात्र उत्पादन पाउने निश्चित छ ।
प्रकृतिले ठगेपछि : गत महिना आएको असिना पानीले क्षति पुर्याएको हर्मी ६ घिमिरे गाउँमा रहेको हरि घिमिरेको केरा खेति
छुपुमा छुपु हिलोमा धान रोप्ने बेला भो :असार आग्न केहि दिन मात्र बाँकि हुँदा हर्मी ६ फेदि चौतारा नजिकको खेतमा ब्याड बनाई राखिएको धानको बिउ ।
फोटो :बिकाश ढकाल
No comments:
Post a Comment