





नवलपुर, हर्मी
विगतका बर्षहरुमाझै यसपालीको दशैका पनि कि्रयटिभ डिलाईट हर्मीको आयोजनामा नवलपुरमा रहेको महेन्द्र लीला उच्च मावि परिसरमा महाअष्टमीका दिन सष्टा र सृजना एउटा पूर्ण साहित्यिक जमघट सम्पन्न भएको छ ।
स्रष्टा र सृजना अन्र्तगत आयोजित खुला गजल र कविता प्रतियोगीतामा हर्मी र आसपासका गाविसका गरि जम्मा ३८ जना स्रष्टाहरुले आफ्नो सहभागीता जनाए । ती मभ्ये कविता तर्फ दिपेन्द्र घिमिरेले प्रथम प्रगति ढकालले दितिय र शक्ति बल्लब पोखरेल र राम चन्द्र ढकालले क्रमश तृतिय र सान्तोना स्थानको पुरस्कार प्राप्त गरे । त्यसै गरि गजल तर्फ विनु दानकोटि प्रथम शोभा परियार सामाम आशु दितिय अनि माधब ढकाल र अन्जु बस्नेतले क्रमश तृतिय र सान्तोना स्थानको पुरस्कार हात पारे ।
अग्रज स्रष्टाहरुको सम्मान गर्दै नव प्रतिभाहरुको सृजनशिलता उजागर गरि सबैलाई साहित्यको क्षेत्रमा माथि उठाउन कार्यक्रम आयोजना गरिएको कियटिभ डिलाईटका विकास ढकालले जानकारी दिनु भयो ।
पुरस्कृत गजल र कविता आवर हर्मीमा छिटैनै पोष्ट गरिने छ ।
No comments:
Post a Comment