

नवलपुर, हर्मी
दशैको समयमा गाउँका बुदिजिविहरु गाउँ भित्रिएको अबसर छोपि महेन्द्र लीला उच्च माविले महानवमीका दिन विहान एक अन्तकि्रया कार्यक्रम आयोजना गर्यो ।
सो अन्तकि्रयामा नवलपुर आसपासका करिब सय जना बुदिजिवि र विद्यालयका शुभचिन्तकशरुको सहभागिता रहेको थियो । आगामी दिनमा विद्यालयलाई कसरी अगाडी बढाउने भन्ने मूल विषयमा केन्द्रित छलफलमा सहभागीहरुले आ आफ्ना साय सुझाब पेश गरेका थिए ।
विद्यालयका भूत पूर्व प्र अ राम प्र अधिकारीले विद्यालयको वर्तमान अवस्थाको अवगत गराई शुरु भएको कार्यक्रममा प्र अ कृष्ण ब न्यौपाने ब्यवस्थापन समिति अध्यक्ष नरनाथ मरहठ्ठा र स्थानिय समाजसेवि जनार्दन ढकालले विद्यालयको वर्तमान पेरीफेरी र भविष्यका समस्या चुनौति र योजनाका बारेमा आ आफ्ना भनाई राखेका थिए । त्यस पछि विद्यालयका तर्फबाट पेश गएिका छलफलका बुदाहरु कम्पुटर शिक्षा कसरी प्रभाबकारी बनाउने छिमेकी उच्च मावि सगँ कसरी प्रतिस्पर्दा गर्ने डिप्लोमा चलाउन कसरी अगाडी बढ्ने लगायतका बुदाहरुमा बुदिजिबिहरुले आ आफ्ना भारणा प्रस्तुत गरेका विद्यालयका प्र अ केवि न्यौपानेले आवर हर्मीलाइ जानकारी दिएका छन् ।
No comments:
Post a Comment