Monday, October 12, 2009

अल्मूनाईले गर्यो ज्ञानोदयलाई सहयोग

भलायखर्क लमजुङ

लमजुङको भलायखर्क गाउँ विकास समितिमा रहेको ज्ञानोदय उच्च माविका पूर्व विद्यार्थिहरुको संस्था ज्ञानोदय अल्मूनाई एसोसिएसनले विद्यालयको नाममा छापेको क्यालेन्डरबाट उठेको रकम दशैको नवमीका दिन विद्यालयलाई हस्तान्तरण गरेको छ ।

गत बर्ष स्थापना भएको १७ सदस्सिय कार्य समिति रहेको सो एसोसिएसनले विद्यालयको हितमा विभिन्न कार्यक्रमहरु गदै आएको र गरिरहने उक्त सस्थाका सस्थापक सदस्य गोविन्द राज न्यौपानेले जानकारी दिनु भएको छ ।

क्यालेन्डर छापेर उब्रिएको दश हजार एक सय रुपैया रकम एक कार्यक्रमका विच एसोसिएसनका अध्यक्ष अमृत ब बस्नेतले उच्च मावि सचालानार्थ विद्यालयलाई हस्तान्तरण गरेको खबर प्राप्त भएको छ ।




No comments:

Post a Comment