हर्मी महेन्द्र लीला उच्च मावि नवलपुरले थप अर्को विद्यालय भवन निमार्ण गर्नेको लागी करिब ८ लाख रुपैयाँ बराबरको सम्झौता गरेको छ । जम्मा जम्मि १२ लाख लाग्ने योजना सम्पन्न गराउन बाँकी रकम बराबरको काम भने जन श्रमदानबाट फत्ते गर्नु पर्ने सम्झौतामा उल्लेख छ ।
जिल्ला शिक्षा कार्यालय मार्फत दाताहरुको अनुदानमा बन्न लागेको सो ४ कोठे भवन डिपिसि गरेर पिलर उठाई पक्कि रुपमा बनाईने पनि सम्झौता भएको छ । सम्झौता भए लगतै अब छिटै नै काम शुरु हुने र अब बन्ने भवन गत वर्ष दाताहरुले दान गरेको नयाँ जग्गामा बनाईने विद्यालयका प्रअले जानकारी दिनु भयो । सो जग्गा हाल विद्यालय रहेको ठाउँबाट करिब ३०० ४०० सय मिटर टाडा रहेको छ ।
त्यसै गरि थप अर्को भवनका लागी पनि विद्यालयले काठमाडौमा रहेको च्वाईस नेपाल नामक संस्थामा पनि पहल गरिएको छ । सो सस्थाले सकारात्मक प्रतिकि्रया जनाएको र विद्यालयका तर्फबाट थप अबधारण मागेको क गत साता च्वाईस नेपालमा थप कुराकानि गर्न गएको टोलिका एक जना सदस्य जर्नादन ढकालले जानकारी दिनु भयो ।
No comments:
Post a Comment