Thursday, March 26, 2009

महेन्द्रलीला उ।मा।वि।लाई फर्केर हेर्दा

राम प्र अधिकारी मलीउमािव

१। पृष्ठभूिम
मानव विकास क्रम सँगसँगै मानिसको इच्छा चाहना र आवश्यकताहरु बढ्दै गए । बढ्दो आवश्यकताहरु पूरा गर्न नयाँ नयाँ आविष्कारहरु हुदै गए । आफूले हाँसिल गरेका ज्ञान र सीप पछिल्ला पुस्ताहरुलाई दिदै जाने क्रमहरु चल्दै गए । यसरी मानिसका जीवनयापनलाई सरल र सुलभ बनाउन शिक्षा लिने प्रकि्रयाको सुरुवात भयो । गुरुको आश्रम मठ मन्दिर गुम्वा मस्जिद जस्ता धार्मिक स्थलहरुमा विशेष गरी धार्मिक नैतिक र अन्य कला र कौशल सम्वन्धी शिक्षा दिने प्रकि्रया राम्रोसँग विकास भयो । यही प्रकि्रयालाई सुधार गर्दै शिक्षालाई व्यवस्थित रुपबाट दिन विद्यालय विश्वविद्यालयहरु स्थापना भए । विकसित मुलुकहरुमा यो प्रकि्रया धेरै अगाडिदेखि सुरु भएता पनि नेपालको राजनैतिक उथलपुथलको स्थिति र पछि आएर अप्रजातान्त्रिक क्रुर व्यवस्थाका शासकहरुका कारण धेरै पछाडि पर् यो । शिक्षाले मानिसको जीवनमा असल र सकारात्मक परिवर्तनहरु ल्याउँछ । शिक्षा केही हुने खाने व्यक्तिहरुको पेवा बनेमा यसले समाजमा समग्र परिवर्तन ल्याउन सक्दैन बरु यो सर्वसुलभ भएमा देशको आवश्यकता अनुरुप जनशक्ति उत्पादन गर्न सकिन्छ । त्यसैले आजको भुमण्डलीकरणको कारण हरेक मुलुक प्रभावित बनेको परिप्रेक्ष्यमा हाम्रो देश र हाम्रो समाज पनि अछुतो रहन सक्दैन । तसर्थ देश विकासको लागि मात्र नभई अस्तित्व रक्षाका लागि पनि हरेक वर्ग र लिङ्गका मानिसलाई आजको युग सुहाउँदो विज्ञानसम्मत र व्यवहारिक उच्च शिक्षा गाउँ गाउँसम्म पनि अनिवार्य आवश्यकता बनेको छ । यो कुनै निश्चित व्यक्ति र समुदायलाई दयाले दिने भिख नभई हरेक व्यक्तिको मौलिक हक बनेको छ । यस विद्यालयको स्थापनामा पनि उल्लेखित कुराहरु स्मरणीय छन् ।
२। प्राथमिक विद्यालयको रुपमा स्थापना
महेन्द्रलीला उच्च मा।वि। को स्थापना २०१९ साल कार्तिक २६ गते भएको हो । विद्यालय स्थापना हुँदा प्रौढ स्कुलको रुपमा स्वीकृति दिइए तापनि पढ्नका लागि भर्ना हुने अधिकांश कलिला बालबालिकाहरु नै रहेकोले सामान्य प्राथमिक विद्यालयको रुप लिन पुग्यो । यस विद्यालयका प्रथम संस्थापक शिक्षक श्री टीकादत्त घिमिरे हुनुहुन्थ्यो । पर्याप्त विद्यार्थी संख्या भएकोले शिक्षकलाई तालिममा पठाउनुपर्ने र अरु थप शिक्षकहरु राख्नुपर्ने देखियो । शिक्षकहरुका सेवा शुल्कका लागि र भवन बनाउने कार्यको लागि चन्दा संकलन गर्नुपर्ने समेत महसुस भयो । शिक्षक टीकादत्त घिमिरेका अनुसार प्रौढ स्कुल २०१९ कार्तिक २६ गते पूर्व नै सुरु भए तापनि महेन्द्रलीला प्रा।वि।sाे सुरुवात तत्कालिन पामको डाँडोलाई नवलपुर नामाकरण गरी कटेरो बनाई प। ज्योतिष रविलाल घिमिरेको सल्लाह अनुसार २०१९ कार्तिक २६ गते विहान ११ः३० बजे विद्यार्थीलाई कटेरोमा प्रवेश गराइ विधिवत सुरुवात गरियो । सोही वर्ष पुषमा विद्यालय संचालन गर्न विद्यालय क्षेत्रका सकि्रय अभिभावकहरुबाट चन्दा संकलन गर्ने काम भयो । यस कार्यको नेतृत्व तारानाथ ढकाल बालकृष्ण पोखरेल बमबहादुर भण्डारी टंकनाथ घिमिरे हेमराज ढकाल कमलदिन मियाँ लगायतका अग्रजहरुले गर्नुभयो । २०१९ माघमा अर्को एक जना शिक्षक मधुसुधन घिमिरे थप गरी पठन-पाठन सुचारु गरियो । तर केहि समयपश्चात २०२० चैत्र पछि सरकारी अनुदान नआउनु र उठेको चन्दाले पनि लामो समय थेग्न नसक्नुले विद्यालय संचालनमा केहि समस्याहरु देखा पर् यो । त्यसैले तारानाथ ढकालको नेतृत्वमा आँपपिपल स्थित युनाईटेड मिसन टु नेपाललाई आर्थिक तथा भौतिक जिम्मेवारी लिन अनुरोध गरियो । नर्मल तालिममा जानुभएका शिक्षक श्री टीकादत्त घिमिरेले मिसनले सहयोग गरेमा आफ्नो कुनै दावी नरहने प्रतिवद्धता गरेपछि वि।सं। २०२१ भाद्र १ गते यस विद्यालयको सम्पूर्ण आर्थिक एवं भौतिक संरचनाको जिम्मेवारी यु।एम।एन।ले लियो । स्थानीय अभिभावक तथा विद्यार्थीको सकि्रय भूमिका युनाइटेड मिसन टु नेपाल यु।एम।एन।को भरोसामा विद्यालयले राम्रो गति लियो । सरकारबाट पनि विद्यालय संचालनको स्वीकृति २०२१ साल श्रावण २४ गते प्राप्त भयो ।
३। निम्न माध्यमिक कक्षा सुरु
यस विद्यालयमा पढाइको स्तर राम्रो भएकोले छिमेकी गा।वि।स।हरु छोप्राक थालाजुङ्गबाट मात्र नभई लमजुङ्गबाट पनि विद्यार्थीहरु आए । पर्याप्त विद्यार्थी भएकोले २०२४ साल पौष १ गतेबाट नि।मा।वि। कक्षा संचालन गर्ने अनुमति प्राप्त भयो । त्यसबेला विद्यालयका प्र।अ। रोहिणी शर्मा मरहठ्ठा हुनुहुन्थ्यो । २०१९ सालबाट २०३० सालसम्मको शैक्षिक इतिहासमा स्वदेशी मात्र नभइ विदेशी शिक्षकहरुको पनि महत्वपूर्ण भूमिका रहेको पाइन्छ । सामान्यतया विद्यालयमा भर्ना भई पढ्नेहरु छात्रहरु नै हुन्थे । यसैबीच विद्यालयको पहिलो छात्रा इन्द्रकुमारी घिमिरे र धनकुमारी घिमिरे हुनुहुन्थ्यो । यसपछि फाट्टफुट्ट १-२ जना मात्र छात्रा हुने गरेकोमा शिक्षक आर।डाग नर्वे ले २०३२ सालतिर छात्राहरुलाई पोशाकको तथा पोषण अभावमा रहेका छात्र-छात्रालाई खाजाको व्यवस्था गरीिदंदा छात्राहरुको संख्या र विद्यालयको सेवाक्षेत्र राम्रै बढेकॊ देखिन्छ । २०३० साल मार्गमा सरकारले गोरखा जिल्लामा नयाँ शिक्षा लागू गर् यो । यसपछि विद्यालय संचालनको जिम्मेवारी युनाइटेड मिसन टु नेपालबाट सरकारले लियो । लामो समयसम्म नि।मा।वि। तहको पठनपाठन हुँदा विद्यालयले ज्यादै राम्रो शिक्षाको आधार तयार पारिसकेको थियो । यस अवधिमा थुप्रै मेधावी छात्र छात्राहरुले यस विद्यालयबाट आफ्नो सुन्दर भविष्यको आधार तयार पार्नुभयो ।
४। माध्यमिक विद्यालय स्थापना पहल
लामो समय नि।मा।वि। तहको पठन पाठन पछि २०४५ सालमा विद्यालयका तत्कालिन प्र।अ। श्री खेमराज अधिकारीले मा।वि। खोल्न प्रस्ताव पेश गर्नुभयो । शिक्षाको महत्व बुझिसकेका सचेत अभिभावक र शिक्षक स्टाफको सकि्रय सहभागितामा सो वर्षबाट मा।वि। तहको पढाइ सुरु भयो । अभिभावक शिक्षक र विद्यार्थीहरुले देउसी-भैलो र चन्दा संकलनगरी २०५० सालसम्म अस्थायी रुपमा स्वीकृति अनुमति लिई विद्यालय संचालन भयो । यसपछि सम्पूर्ण शिक्षकको तलब भत्ताको दायित्व सरकारले लिने गरी सरकारले स्थायी स्वीकृति दियो । यस अवस्थामा विद्यालयलाई चन्दा संकलन गर्ने हेमराज ढकाल भानुभक्त भट्ट देवीमायाँ गुरुङ्ग भीमबहादुर भण्डारी लगायत सम्पूर्ण शिक्षक अभिभावक र विद्यार्थीवर्गमा विद्यालय हार्दिक आभार व्यक्त गर्दछ । यसै जगमा उभिएर विद्यालय २०६४ सालमा आएर उच्च मा।वि। भएको छ ।
५। उच्च मा।वि।sाे सुरुवात
सचेत युवाहरुको पहल भयो भने पक्कै पनि समाजमा रुपान्तरण हुन्छ । प्रगतिले गतिलो फड्को मार्न सक्छ । मा।वि। तहबाट उ।मा।वि। तहमा फड्को मार्न पनि यस क्षेत्रका युवा वुद्धिजीविहरुको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । २०६३ सालको बडा दशैमा विद्यालय र स्थानीय लालीगुराँस युवा क्लबको संयुक्त आयोजनामा विद्यालयको शैक्षिक स्तर उन्नतिका लागि अन्तरकि्रया कार्यक्रम आयोजना भयो । यसले सुझावहरु दिन एउटा कार्यदल बनाउने निर्णय गर् यो । जस अनुसार जनार्दन ढकालको अध्यक्षतामा एउटा कार्यदल गठन भयो । यसको सुझाव अनुसार शैक्षिक स्तर उठान गर्न र उच्च मा।वि। खोल्न एकैचोटी पहल गर्ने निर्णय भयो । यसपछि सुझावहरु आत्मसाथ गर्दै काम गर्ने काठमाडौंमा डा। खड्ग बस्नेतको अध्यक्षतामा शैक्षिक कार्यदल बन्यो । विद्यालय व्यवस्थापन समितिले कार्यदलहरुले सुझावहरु दिए अनुरुप काम गर्दै जाने क्रममा उ।मा।वि। खोल्ने निर्णय गर् यो । यसैक्रममा सबै क्षेत्रमा संचालन भएका कार्यक्रमलाई समायोजन गर्ने काम जनार्दन ढकालबाट भयो भने चितवनमा रामचन्द्र ढकाल डा।आई।पि।ढकाल सरोज ढकाल रामचन्द्र सापकोटा लगायत हर्मी छोप्राक आँपपिपलका चितवन बासी महानुभावहरुको खटाइ ज्यादै प्रेरणादायी थियो । साथै काठमाडौंमा रहनुहुने वुद्धिजीवि महानुभावहरु हरि प्रसाद ढकाल मुक्ति भट्ट डा। खड्ग बस्नेत डा। कृष्ण ढकाल लगायत काठमाडौं बासीको भूमिका त्यस्तै सह्रानिय रहन गयो । यसै सिलसिलामा २०६४ साल श्रावण १२ गते प्रेरणादायी विद्वान् वुद्धिजीवि व्यक्तित्वहरु डा। कृष्ण ढकाल डा। खड्ग बस्नेत हरिप्रसाद ढकाल मुक्ति भट्ट जनार्दन ढकालको समुपस्थितिमा विधिवत रुपमा उच्च माध्यमिक विद्यालयको समुद्घाटन कार्यक्रम सम्पन्न भयो । यसै बीच स्थानीय तवरमा पनि विद्यालयको हितको लागि खट्नुहुने सम्पूर्ण अभिभावक शिक्षक र विद्यार्थीहरु चन्दादाताहरु सबै विद्यालयका धन्यवादका पात्र हुनुहुन्छ ।
विद्यालयले समाजमा पछि परेका वर्ग र समुदायलाई विकासको मूल धारमा ल्याउनका लागि हाल कक्षा ११ र १२ मा पढ्ने दलित तथा अन्य छात्राहरुका लागि विशेष छात्रवृत्ति दिने लक्ष्य राखेको छ । विद्यालयका सरोकारवालाहरुको सकि्रय सहभागिता भइरहेमा विद्यालयले आगामी दिनमा पनि शैक्षिक र भौतिक पक्षहरुमा राम्रो उपलब्धि हाँसिल गर्न सक्नेछ ।
ििि

No comments:

Post a Comment