Thursday, March 26, 2009

धेरै पछि पुनः विद्यार्थी हुन पाउँदा

कल्पना ढकाल कक्षाः १२

ूपरोपकार पुण्यायू अर्थात सेवा नै धर्म हो भन्ने यस भनाइलाई सबैले आत्मसाथ गर्न सके सम्पूर्ण मानव जातिको कल्याण हुने गर्छ । परम्परावादी वा रुढिवादी कुसंस्कारले जेलिएको हाम्रो देशको कुना काप्चा अझै पनि उस्तै छन् । हर्मी गा।वि।स। शिक्षा क्षेत्रमा अगाडि नै छ यो कुरा हामी सबैले बुझेकै छौं । अब यो गाउँमा यस्तो कुसंस्कार हराउँदै गएको छ । जनचेतना फैलिएको छ वास्तवमा यो सत्य हो कि होइन हेर्नको लागि अव महेन्द्रलीला उच्च मा।वि। जानुपर्ने भएको छ ।
विशेष गरी हामी जो पहिला छोरी अहिले बुहारीको एउटा समूह यस उच्च मा।वि। मा अध्ययनरत छौं । प्राय जसो ८÷१० वर्ष पहिला नै पढ्ने दाजुभाइ र अविवाहित साथीहरुले आइ।ए। वि।ए। र डिग्री पास गरिसकेका छन् । जो त्यतीबेला हामी भन्दा पढाइमा ज्यादै कमजोर थिए । तर हामी धेरै पछि पर् यौं किन के हामी पढाइमा कमजोर भएर हो त हामीले नपढ्नुमा दोषी हामी मात्रै हौ त हामी बीचमा कुराकानी हुन्छ । त्यो पनि होइन वास्तवमा रुढिवादी परम्परा हो दश कक्षासम्म पढाउनु र सोह्रौं वसन्तमा टेकाउनु त्यसपछि एउटा लाहुरे वा कुनै पेशामा लागेको केटा खोजी पठाइहाल्नु पर्ने बाबु आमा र आफन्तजनको धारणा अनि विवाह पछि बुहारीले घरमा बसी पढ्न नहुने कर्मघरको धारणा अब कसरी हामी शैक्षिक स्तरमाथि उठाउन सक्छौं त दोष कस्लाई दिने त दोष कसैलाई छैन केवल धारणा बसाउने हाम्रो विद्यमान कुसंस्कारलाई ।
आर्थिक हिसाबले हामीभन्दा कमजोर भए पनि हाम्रा दाजुभाइहरु महङ्गा कलेजमा पढेका छन् । सहरमा वस्न पाएका छन् । तर हामी चाहिँ एस।एल।सी। पूर्व नै विवाह गर्नु पर्ने ताकि आमा बुबालाई आर्थिक बोझ नपरोस् । अब पढाइलाई पूर्ण विराम लगाई घर गृहस्थी समाल्नु बाहेक अरु के नै गर्न सकिन्थ्यो र आनन्दले पूर्ण विराम लगाइयो । अहिले हामी महेन्द्रलीला उच्च मा।वि।मा भर्ना भएका छौं । समय धेरै अगाडि बढी सकेको छ । जीवन शैलीमा ठूलो परिवर्तन भएको छ । आर्थिक हैसियत पनि फेरिसकेको छ । तर छोरी र बुहारीलाई हेर्ने दृष्टिकोणमा अझै पनि समानता छैन । यो निश्चित हो ।
अब प्रसङ्ग बदलौं । म २०५२ सालमा श्री जनकल्याण मा।वि। तल्लो गाहोरे बाट एस।एल।सी। पास गरेकी शिक्षित परिवारकी पीडित छोरी हुँ । अन्यथा नसोचौं पढाइको हिसाबले । एस।एल।सी। पूर्व नै मेरो विवाह भइ हर्मीमा आएँ । धन्न एस।एल।सी। पास भएँ । यति भए मेरो अभिभावकलाई काफी भयो तर मेरो लागि काफी हुन सकेन । त्यसैले कलेज भर्ना भएँ । तर दोस्रो वर्षको परीक्षाको घडीमा आएर पढाइ छोड्न वाध्य भएँ । घरको विभिन्न परिस्थितिले गर्दा मेरो पढाइ मृगतृष्णा बनेर रह्यो । मेरो सर्टिफिकेटको कुनै अर्थ रहेन ।
गाउँका अशिक्षित दिदी बहिनी र ममा कुनै भिन्नता रहेन । अहिले यस उच्च मा।वि। ले एउटा नयाँ योजना ल्याएर हामी जस्ता पीडित नारीहरुको लागि निःशुल्क शिक्षाको व्यवस्था गरेर हामीलाई ठूलो गुण लगाएको छ । सायद निःशुल्क नभनेको भए म फेरि यसरी भर्ना भएर पढ्न पाउने थिइन होला । त्यसैले यो मौका मिलाई दिनुहुने यस क्षेत्रका सम्पूर्ण महानुभावलाई म धन्यवाद दिन चाहन्छु ।
अहिले हाम्रो यस्ता विद्यार्थीहरुको कक्षा वनेको जहाँ एस।एल।सी। दिदा वा छोरी हुँदा कोही गोहोरेको त कोही गोरखा बजारको कोही लम्जुङ्गको त कोही काठमाडौंको कुनै कलेज भन्दा फरक छैन । न त चितवनको कुनै कलेज भन्दा । हाम्रो भलाईको लागि काम गर्ने सबैमा धन्यवाद चढाउँछौं । साथै विद्यालय परिवारले हाम्रो समस्यालाई मध्यनजर गर्दै छुट्टै कक्षाको व्यवस्था गर्ने पहल भएकोमा पनि धन्यवाद नदिइरहन सक्दैनौं । त्यसैले यस विद्यालयका शिक्षिका र शिक्षकप्रति पनि हामी आभारी छौं । अहिले आएर हामी यसरी यस उच्च मा।वि। को विद्यार्थी भइ हातमा कापी कलम च्यापी कलेज पोशाकमा हिँड्न पाउँदा गौरवान्वित भएका छौं । विद्यालयले धेरै राम्रो शैक्षिक वातावरण मिलाइ दिएको छ । त्यसैले हामी जस्ता पीढित दिदी बहिनीहरुलाई यस विद्यालयमा भर्ना भइ आफ्नो भविष्यको सुनिश्चितता गर्न आग्रह गर्दछौं । साथै विद्यालयलाई अगाडि वढाउनको लागि हामी सबैले हरतरहबाट सहयोग गरौं भन्ने सबैमा अनुरोध पनि गर्दछु ।

No comments:

Post a Comment