Thursday, March 26, 2009
व्यक्तिगत सपना, सामुदायिक सपना र उच्च मा।वि।
विकास ढकाल ८
सबै मान्छेले सपना देखेका हुन्छन् । सपना देख्नु त्यति नौलो कुरा भने होइन । यो मानव जीवनको एउटा स्वभाविक प्रकि्रया हो । हरेक मान्छेले आफ्नो क्षमता दक्षता र पहुँच अनुरुपको सानो ठूलो चाहे जस्तो सुकै होस् सपना देखी नै राखेको हुन्छ ।
खासगरि मान्छेले देख्ने सपना दुई थरिका हुन्छन् । एउटा व्यक्तिगत सपना र अर्को सामुदायिक सपना । प्रायः जसो मान्छेहरु व्यक्तिगत सपनाको संसारमा हराइरहेका पाईन्छन् । उनीहरु आफ्नो नीजि स्वार्थ पूर्तिका लागि विभिन्न ताना बाना र धन दौलतका सपना देखिराखेका हुन्छन् । हाम्रो समाजमा ती खाले मानिसहरुको बोलबाला छ । र हाम्रै समाजमा व्यक्तिगत सपनाको मोह त्यागेर सामुदायिक हितका सपनामा अहोरात्र खटिरहने मानिसहरुको एउटा छुट्टै जमात पनि छ । अनि यो जमात हरक्षण समुदायको उन्नति र प्रगतिको लागि आफ्नो सिप विवेक र श्रम कसरी परिचालन गर्ने भन्ने सपना देख्न मै व्यस्त रहन्छ ।
व्यक्तिगत सपनाका भोगी र सामुदायिक सपनाका हिमायतीहरु बिच समाजमा सधैं अन्र्तद्वन्द्ध चलिराखेको हुन्छ । यही अन्र्तद्वन्द्धका बिचमा समाज अगाडि बढिरहेको हुन्छ । व्यक्तिगत सपनाको अन्धकार संसारको नेतृत्व गरिराखेका मानिसहरु समाज विरोधी हुन् । तिनीहरु सामाजिक जीवनका सम्पूर्ण क्षेत्रमा आफू हाबि भई आफ्नो व्यक्तिगत सपना पूरा गर्न तल्लिन हुन्छन् । तर व्यक्तिवादि चरित्रका मान्छेको जमात ठूलो भए पनि सामुदायिक चिन्तकहरुको सानो झुन्डले तिनीहरुलाई परास्त पारिदिन्छ । र त्यो अन्तरविरोध नै सामुदायिक विकासको लागि एउटा छुट्टै शक्ति सावित भईदिन्छ । सामाजिक आर्थिक संरचनाहरुको विकासको लागि मुख्य उत्प्रेरक चिज भनेकै अन्तरद्वन्द्धहरुबाट आर्जित शक्ति हो । अनि त्यही अकल्पनीय शक्तिले गर्दा व्यक्तिवादिहरु न्याउरो मुख लगाइ समाजमा मुख देखाउनै नसक्ने अवस्थामा पुग्छन् । त्यसपछि बल्ल समाजले परिवर्तनको स्वास फेर्न पाउँछ । सामुदायिक सपनाले मूर्त रुप लिन थालेपछि सामाजिक चेतनाको स्तर वृद्धि हुन्छ । र परिवर्तनको प्रतिफल प्राप्त भइसकेपछि व्यक्तिवादिहरुको जमात दिनानुदिन क्रमश पातलिँदै जान्छ । अनि सामुदायिक सपना देख्नेहरुको संख्या ह्वात्तै बढ्न पुग्छ ।
ठूलो अन्तर द्वन्द्व र संघर्ष पश्चात हर्मीमा पनि आज सामुदायिक सपना देख्नेहरुको संख्या दिनानुदिन बढ्दै गइराखेको छ । केहि वर्ष अघिसम्म समुदायको हितको नाममा ुसु उच्चारण गर्न हिच्किचाउनेहरु पनि आज खुल्ला रुपमा सामाजिक कि्रयाकलापमा संलन भइराखेका छन् । यसलाई एउटा सामुदायिक सपना देख्नेहरुले व्यक्तिवादी सपना देख्नेहरुलाई परिवर्तन गराएको गतिलो उदाहरणका रुपमा लिन सकिन्छ । र यसबाट अर्को के कुरा पनि प्रष्ट हुन्छ भने सामुदायिक सपना साँच्नेहरु व्यक्तिवादि चरित्रका मान्छेहरुलाई आफूप्रति आकर्षित गर्न सक्षम हुन्छन् । अनि सबै पक्षको योगदान दक्षता क्षमता र परिश्रमलाई समायोजन गरि आफ्नो सपनालाई विपनामा सहजै रुपान्तरण गरेर देखाउन सक्छन् ।
शुरुका दिनहरुमा हर्मीमा उ।मा।वि। खोल्ने सामुदायिक सपनाहरु देख्ने व्यक्तिहरु थोरै थिए । ती व्यक्तिहरुले आफूले देखेका सपनाहरु अरु समक्ष बाँड्दै हिँड्दा उपहासको पात्र हुनु परेको तीतो सत्य हामी माझ सर्वविदितै छ । त्यति हुँदा हुँदै पनि सामुदायिक स्वप्न पथका ती यात्रिहरुले आफ्नो सपना जनता समक्ष अभिव्यक्त गर्न भने छाडेनन् । व्यक्तिवादी चरित्रका केहि व्यक्तिहरुले पागलको संज्ञा दिएर समाजमा नचाहिँदा हल्ला फैलाउदै हिँड्दा समेत सामुदायिक चिन्तकहरु एक कदम पनि पछि हटेनन् । केहि व्यक्तिवादीहरुको नकारात्मक सन्देशले त्यो ताका खुब बजार तताएको थियो । चिया पसल भट्टि पसल चौतारी र अन्य सार्वजनिक स्थानहरुमा उ।मा।वि। स्थापनाको कुरा आकाशको फल आँखा तरी मर सिवाय केहि होइन भन्ने खालका कुराहरु खुब सुनिन्थे । यी र यस्ता खाले बकम्फुसे हल्लाले उच्च मा।वि।sाे सपना देख्नेहरु कत्ति पनि हतोत्साहि भएनन् । उनीहरुको सपना गर्भमै तुहाउन पर्दा पछाडि धेरै खेलहरु पनि खेलिए । स्रोत संकलन अभियानलाई भाँड्ने प्रयत्न समेत गरियो । अझ कतिपय पट मुर्खहरुले त यस्ता गुलिया कुरा गरेर जनता मुर्ख बनाउन नखोजे हुन्छ सम्म भन्न भ्याए । अझ नमच्चिने पिङको सय झड्का भनेर उखानको बखान गर्नेहरुको संख्या पनि कम थिएन । गफ मात्र गरेर केहि लडिबुडि लाग्दैन गफ जाबो त फलानो लाटोले पनि मुख भएको भए लगाउँदै हिड्थ्यो भन्ने सम्मकाव्यक्तिहरुले पनि विद्यालयले उच्च मा।वि। संचालनको बारेमा राखेको छलफल कार्यक्रममा बोल्न भ्याए । तर उनीहरुको केहि जोड चलेन । यहाँनिर पनि सामुदायिक सपना देख्नेहरुले व्यक्तिगत सपना देख्नेहरुलाई परास्त गरि छाडे । परिवर्तनमा भाँजो हाल्न सार्वजनिक रुपमै यस्ता भनाइहरु प्रकट हुनुको पछाडि एउटै मात्र कारण छ र त्यो हो व्यक्तिवादिहरुको हाविले समाजमा सकारात्मक कुरालाई सहजरुपमा स्वीकार्ने संस्कारको विकास नहुनु । तल्लो तहको चेतना स्तर हुनेले त जे जे आफ्नो मनमा छ त्यै त्यै ओकले ठिकै छ । तर स्थानीय र राष्ट्रिय स्तरमा समेत आफ्नो व्यक्तित्वलाई बुद्धिजीवि र विद्वानका रुपमा चित्रण गरियोस् भन्ने मनोभावना पालेका कतिपय गन्यमान्य विद्वान भनाउँदाहरुले समेत छेउ न टुप्पोका बेतुकका शब्द बमन गरेको देख्दा मुर्ख साँच्चै मुर्खै हुँदो रहेछ भन्ने कुरा राम्रोसँग प्रमाणित भयो र अर्को के कुरा पनि छिपेन भने कतिपय शिक्षित भनाउँदाहरु पनि नकारात्मक आलोचनामा नै आफ्नो विद्वताको स्तर प्रमाणित गर्न चाहँदारहेछन् ।
तर हर्मीमा उच्च मा।वि। को सामुदायिक सपना देख्नेहरुको पछाडि त्यस्तै व्यक्तिवादि सपनाले दिमागमा डेरा जमाएका बेअर्थका मान्छेहरु थिएनन् । उनीहरुको पछाडि धेरै धन नभए पनि मन भएका स-हृदयीहरुको ताँती थियो । त्यो परिवर्तनको पक्षपाती ताँतीमा लामबद्ध हुने जनमानस सबैको एउटै आवाज थियो - ूसम्भावना र चुनौतिका पहाडहरुलाई फोर्दै होस्टेमा हैँसे गर्दै अघि बढ्ने ।ू नभन्दै त्यो जमात होस्टेमा हैंसे गर्दै अगाडि बढ्यो पनि । अनि बल्ल पाखा लाग्न थाले उच्च मा।वि। को सपना गर्भमै जवर्जस्ति पतन गराउन खोज्ने अवरोधको एप्रोन भिरेका नक्कली डाक्टर सापहरु । यसरी पाखा लागेका सिनेमाका खलनायक र पर्दा पछाडि नेपथ्यमा नाटक माचन गराउने निर्देशकहरु कोहि कोहि चाहिँ पछि आफ्नो केहि हुति नचल्ने ठानेर सकारात्मक सोचका साथ सामुदायिक सपनाको ताँतीमा सरिक भए भने अझैं केहि त बाहिर मानवताको खोल ओढ्ने र भित्र भित्रै कुचुन्द्रया मुसोको व्यवहारमा रमाउन प्वाल खोजि लुक्दैछन् । र ती मुसाहरु सामुदायिक सपनाका लमतन्न सुन्दर डोरिहरु काट्न कुनै पनि बेला पछि नहट्लान् भन्न सकिन्न । त्यसैले सामुदायिक चिन्तकहरु सदैब होसियार रहनु आवश्यक छ । व्यक्तिगत सपना धारीहरुलाई बेलैमा पहिचान गर्नु चरुरी छ ।
धेरै परिश्रम लगाब र सङ्घर्षका बाबजुद उच्च मा।वि। को स्थापनाले सामुदायिक सपना आज विपनामा रुपान्तरण भएको छ । र यो कामको सफलता पछि व्यक्तिगत सपनामारुमलिएकाहरु एकपटक राम्रैसँग सोच्न बाध्य भएका छन् । विगतमा सामुदायिक विकासको नाममा आफ्नो व्यक्तिगत सपनाहरु पूर्तिका खातिर मरिमेटेर हात तलमाथि र कलम दायाँ-बायाँ गर्नेहरुलाई यो कार्य एउटा गतिलो शिक्षाप्रद पाठ बन्न पुगेको छ । व्यक्तिवादीहरु आफ्नो विगत सम्झेर सायद झस्किन थालेका होलान् । कतिको त दिनको भोक र रातको निन्द्रा हरण भएको होला । म तिनीहरु पक्कै पनि पश्चातापको सिकार भए होला भन्ने लख काट्दैछु । तर तिनीहरुले पश्चाताप गर्नु फगत सिवाय केहि होइन । किनकी ति व्यक्तिहरु बसिरहेको घरको धुरी विद्यालयलाई अनुदानको रुपमा प्राप्त जस्ताले छाइएको होला । घरको पिढीमा विद्यालयकै लागि किनिएको काठको काठबार लगाइएको होला । घरको जगदेखि धुरी र शरिरको शिरदेखि पाउसम्म अरु के-के होला होला म अनुमान बाहेक केही गर्न सक्दिन । किनकी तीनको शरिर काटे रगत आउँछ निचोरेमा खै के-के हे व्यक्तिगत सपनाले ठगिएका र दरिएकाहरु हो तिमीहरु अहिले आएर यो विद्यालयको हितका लागि रुनु भनेको गोहिले आँशु चुहाउनु सरह हो । तिमीहरुले पनि मनबाट व्यक्तिगत सपनालाई तर्काएर पहिले नै यसै गरी सामुहिक सपना देखेको भए यो विद्यालय अहिले कहाँ पुगिसक्थ्यो । यस विद्यालयलाई अग्रगमनको निकास नदिएर तिमीहरुले ठूलो पाप गरेका छौं । र अब पुन्य कमाउन जतिसुकै कसरत गरेपनि सम्भव हुने छैन । विगतमा गल्ती गरेकाहरुले निश्चय नै प्रायश्चित गर्नु पर्दछ ।
आज आखिर जित सामुदायिक सपना देख्नेहरुकै भएको छ । सामुदायिक सपनाको संसारमा रमाउनेहरुको अथक प्रयास र मेहनतको प्रतिफल आज शिक्षाबाट बिाचत ग्रामीण महिला र आर्थिक विपन्नताको सिकार कैयौं विद्यार्थीहरुले आफ्नै ठाउँमा उच्च शिक्षा हासिल गर्ने सुनौलो अवसर प्राप्त गरेका छन् । जुन प्राप्ति एउटा चानचुने प्राप्ति अवश्य होइन ।
किनकी यो महान अभियानका पछाडि सैयौं परिवर्तनकामी जनताको साथ समर्थन र योगदान छ । र यो अभियान यत्तिकैमा रोकिने वाला पनि छैन । किनभने यो स्थानीय जनसहभागिता र सामुदायिक सपनाको समिश्रणबाट शुरु भएको एउटा छुट्टै किसिमको महान् अभियान हो । सामुदायिक चिन्तकहरुका यी र यस्ता खाले अभियानहरु आगामी दिनहरुमा अझ परिष्कृत र परिमार्जित हुँदै जानेछन् र सफलताको सिँडी नउक्लिँदासम्म यी प्रयासहरु जारी रहने कुरामा कुनै दुई मत नै छैन ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment