मोदनाथ मरहटा
मेरो चेतनाको द्वार नवलपुर उ।मा।वि। म त्यस विद्यालयको नाम फेर्नु पर्छ भन्ने मान्यतामा छु र प्रस्तुत लेखमा हर्मी उ।मा।वि। प्रयोग गर्ने छु । लेखक अहिले नेपाल भरिका उ।मा।वि।हरुसँग कुम ठेलि रहेछ । त्यस उ।मा।वि।sाे आँगनबाट जो जसले उच्चता हासिल गरे ती मध्ये केही अविष्मरणीय व्यक्तित्व प्रति श्रद्धा समर्पण व्यक्त गर्दछु । ती महान् व्यक्ति जसले नयाँ नेपाल निर्माण गर्ने महान् अभियानमा आफ्नो अमूल्य जीवन अर्पण गर्नु भयो जेा उहाँहरु हुनुहुन्छ । भीमसेन पोखरेल मीना मरहट्टा महेन्द्र मरहट्टा गीता घिमिरे कृष्ण ढकाल सीताराम ढकाल जीवन कुमारी ढकाल विमला ढकाल नीरु पोखरेल निर्मल पोखरेल यी नामहरु अमेट्य छन् । त्यसो त होनहार युवा नेता राजेन्द्र ढकाल जसको हालसम्ममा पनि अत्तो पत्तो छैन उहाँ पनि यसै विद्यालयका सपुत हुनुहुन्छ । यी आदरणीय नामसँगै अन्य कैयौं अगुवाहरु स्मरणयोग्य हुनुहुन्छ ।
शैक्षिक सत्र २०६५ को पहिलो दिन थियो म चक डस्टर समातेर कक्षा कोठा भित्र प्रवेश गरें ूओ सर बस्ने ठाम त छैन पो ।ू एउटी ८-९ बर्षकी छात्राले गुनासो गरिन् । म एकछिन घोरिएँ र विगत तर्फ डोरिएँ । मास्टरी जीवनका तीस वर्षहरुमा यस्ता गुनासा थुप्रै सुनेको छु र निर्लज्ज पचाएको पनि छु । त्यसो त हामी विद्यार्थी छँदा बस्ने ुकाठु को ठूलो संकटमा थियौं । प्राथमिक र निम्न माध्यमिक तहसम्म हामीले हर्मी विद्यालयमा अध्ययन गर् यौं । जतिबेला हामी विद्यार्थी थियौं विद्यालय भवनको छाना थिएन । झ्याल ढोका त कहाँ पाउनु । त्यहाँ दरिद्रता र अभाव सिवाय केही थिएन । बस्ने काठका नाममा कित ढुङ्गा हुन्थे अथवा घरबाट चकटी बोकेर लगिन्थ्यो । माथिल्लो कक्षामा कतै बाँसका कप्टेराको टाँड बुनिन्थ्यो नत्र फगत धुलै धुलो । त्यही धुलोमा हुतुतु कपर्दी खेलिन्थ्यो । खुट्टामा घाउ लागे रगत बगे त्यही धुलो छर्केर रोक्ने गरिन्थ्यो । पैसा र चेतनाले पो हामी दरिद्र थियौं त । खुला आकाशको छाना मुनी हामीले पाँच छ बर्ष गुजार् यौं । हिउँदको घाम छेक्न तार्के बनबाट ठूला ठूला कटुसका लाँक्रा ल्याउँथ्यौ । तर जब पानी पथ्र्यो ँछुट्टीु भन्दै घरतिर दौडन्थ्यौं । इतिहासका ती दिनहरु ती वालसङ्गती आज स्मृतिका पानाहरुमा स्पष्टसँग कुँदिएका छन् । हामी अभाबै अभाब बोकेर हुर्कियौं । कापी कलम किताब झोला डेस्क बेाच खेल्ने चौर कुनै वस्तुको पहुँच भएन । युग र अध्ययनले हामीलाई त्यस विद्यालयले पार लगायो । हामी आ-आफ्नै गन्तब्य समातेर बाटो लाग्यौं । त्यो २०२८ को हिउँद थियो । आठ कक्षाउत्तीर्ण गर्ने हाम्रो समूह चौथो थियो ।
त्यस विद्यालयको विद्यार्थी बनेर पार लागेको पूरा एघार बर्ष पछि शिक्षक बनेर म पनि हर्मी विद्यालयमा भित्रिएँ । जिल्लाका राम्रा नि।मा।वि। भित्र त्यो विद्यालय पनि पथ्र्यो र त्यहाँ शिक्षक बनेर आउनु ठूलै लडाई जिते झैं मानिन्थ्यो । तर त्यो समयसम्म पनि अभाव ज्यूँ का त्यूँ थियो । ूसर बस्ने काठै छैन ।ू त्यहाँ पनि विद्यार्थीहरुको गुनासो हुन्थ्यो । हामीसँग ती गुनासा समाधान गर्ने क्षमता थिएन । प्राथमिक शिक्षा निःशुल्क भए पनि भौतिक श्रीवृद्धिमा राज्यको दायित्व शून्य थियो । भवन फर्निचर सधैं पुगेस् पुगेस् मात्र ।
०३५-०३६ को विद्यार्थी आन्दोलनले हर्मी विद्यालय पनि अछुतो रहेन । मुलुकभर पाचहरुको रजगज चलिरहँदा पनि हाम्रा विद्यार्थीहरु निर्धक्क पाचायती विरोधी चेतनामा हुर्किए । स्थानीय पाचहरु विद्यार्थी गतिविधिमा केही शिक्षकहरुलाई जोडेर हेर्थे र हामीसँग मुर्मुरिन्थे । त्यसो त स्थानीय विकास निर्माणमा पाचहरु उदास थिए । अनि संस्थाको बन्दोबस्ती कसरी बौरन्थ्यो र
विकासको गतिलाई छेक्न खोज्ने हुतिहारालाई इतिहासले पाखा लगाउँछ । हर्मीको हकमा पनि त्यहि नियम लागु भयो । २०४४ को बार्षिक दिवशमा नि।मा।वि। कक्षा बढोत्तरीको प्रस्ताब पास भयो र लागु पनि भयो । ती अभिभावकहरु धन्य हुनुहुन्छ जसले धरौटी रकमका लागि आफ्ना गहना समेत फुकालेर दिनुभएको थियो । इतिहास जित्नेहरुले लेख्छन् आखिर हर्मी मा।वि। पनि उ।मा।वि।सम्म उकालो लाग्यो ।
हर्मी मा।वि।मा मेरो शिक्षण अवधि ६ बर्षको रह्यो । तन्नेरी बेलाका केही जोश केही उट्पट्याङ र केही निराशा मसँगै हुर्किएका थिए । शिक्षण कार्यको व्यस्तता भित्र कतिपय नकारहरु स्वीकार गरिए । एकै एकै प्रवृत्तिका हामी केही पात्रहरुसँग उट्पट्याङ संस्मरणहरु पनि छन् । एकदिनको घटना हो एकजना शिक्षक साथीले पन्ध्र पुसको लागि एकमाना चिनी किनेर हाते रुमालले बाँधी दराजमा राखेर कक्षामा जानु भएछ । हामी मध्ये कुनै एक साथीले सोही परिमाणको बालुवा चिनीको सट्टामा बाँधेर तत्स्थानमा राखिदिनु भएछ । विचरा ती साथीले चिनी ठानेर बालुवाघर लानु भएछ । पन्ध्र पुसको लट्टे बालुवाको पोको केहि दिन हाँसो चल्यो ।
जन प्रतिनिधिका केही प्रवृत्ति उत्खनन् योग्य पनि थिए । विद्यालयका डेस्क बेाचहरु चाक्ला फल्याकहरु झ्यालका फलामे डण्डीहरु हेर्दा हेर्दै गायब हुन्थे तर बुझ्दै जाँदा केही पाचहरुका ढोकाका खापा पल्ला र झ्यालमा ती सजिन्थे । सामाजिक संघ संस्थालाई दुहुनो गाई बनाएर दुहुन जन प्रतिनिधि खप्पिस थिए । विकासका नामका सरकारी मन्त्रालयमा पाचहरुकै धाक रबाफ पुग्दथ्यो । एक पटक स्थानीय विकासको क्षेत्रिय कार्यालयबाट विद्यालय छाना मर्मतमा केही बण्डल जस्ता पाता निकाशा भयो रे तर विद्यालयलाई हात लाग्यो शून्य भयो । हामी नामर्दीहरुले सत्य तथ्य वाहिर ल्याउने आँट पनि गरेनौ । अहिले संझदा थकथकी लागेर आउँछ ।
पाचायत ढल्यो भनेपछि आएको बहुदलले पनि विद्यालय माथि बलात्कार गर्न छाडेन । ०४९÷०५० मा विद्यालयका शिक्षकमाथि ुप्रजातान्त्रिक सत्ताुले नाङ्गो नाच देखायो । साँचै भन्दा वर्ग संघर्षको शुरुवात त्यहीँबाट भयो । राजनैतिक चेतनाका कारण कम्युनिष्ट भनिएका माथि निर्मम दमन गरियो । एकै मितिमा एउटै शिक्षकलाई तीनवटा विद्यालयमा सरुवा गर्ने जस्तो लज्जास्पद कार्यले तत्कालिक काँग्रेसी व्यवहारको तीतो यथार्थ धेरै साथीहरुले भोग्नु भयो । सरकारी रवैयाको विरोध गर्दा हामीले जनस्तरमा पनि पृथकीकरणको अनुभूति भेट्यौं ।
सत्ताको उन्मादले आस्थागत अन्याय गरेर शिक्षकहरुलाई काली र माली पार् यो । जनस्तरले डटेर विरोध गरेको पनि हो । अहिले यो संस्मरण लेखिरहँदा श्रद्धेय युवा बुद्धिजीवि राजेन्द्र ढकाल सम्झिरहेको छु । जसलाई आततायी राज्यले वेपत्ता पारेको छ ।
मैले हर्मी विद्यालयमा ६ बर्ष मात्र शिक्षक बन्ने अवसर पाएँ । त्यतिबेला मेरो छुट्टै निजी घरजम थियो । पिताले जोगाउनु भएको चल अचल सम्पत्ति ३ चिरा पारेर एक हिस्सा भोग चलन गरें । पर कतै पराइकी छोरी जीवन साथी बनेर आइन । घर पायकी जागिर भएर पनि म अभावबाट मुक्त हुन सकिन । अभावको पहाडले सधैं थिचिरह्यो । प्रत्येक जागिर बुझेको भोलिपल्ट खल्ति रित्तो हुन्थ्यो । साहु भनिएकाहरुको घोच पेचले म पटकपटक घाइते भएको हुन्थें । हुन त अहिले पनि यो क्रम यथावत छ । हर्मी विद्यालयमा रहँदा केही जोडिए भने तीन छोरी जन्मीए र असी सय साहित्यका पुस्तक साँचिए । आज हर्मी विद्यालय र विद्यालयको सेरो भन्दा धेरै टाढा छु तर मनभरि त्यहि विद्यालय नाँच्छ ।
प्राथमिक तह देखि उकासिदै गएको विद्यालय उ।मा।वि।सम्म उक्लिएको छ । भौतिक समस्या अझै छन् । भवन फर्निचर पुराना छन् । खेल्ने चउर साँघुरिदो छ तर पनि वर्तमानका अगुवा बन्धुहरुसँग दृढ इच्छा शक्ति छ । पूर्ण आत्म विश्वास छ । भोलिको एउटा विहान महाविद्यालयस्तरको कक्षा साचालन हुनेछन् । यो पक्का भविष्यवाणी हो ।
आफूले धुलो खाएर क बर्णबाट शुरु गरेको विद्यालय उज्यालिदै अग्लिँदै गएको छ तर त्यस्तै आँगनमा धुलो खेल्दै हुर्किएको म आज भन्दा भोलि उग्लिंदै गएको छु । विधिको यो क्रममा मेरो हर्मी विद्यालय फुलोस् फलोस् ।
म त मर्छु बाँची रहोस् नवलपुरको माटो
कैल्यै पनि नष्ट नहोस् नवलपुरको बाटो ।
- बैशाख २९ ०६५ भुङ्ली चोक गोरखा ।
>
No comments:
Post a Comment