Sunday, March 22, 2009

मलीउमािवउद्घाटनका सुन्दर क्षणहरु

अर्जुन ब भन्डारी
०६४ साल ज्येष्ठ १७ गते बेलुकी ७ः३० बजे मेरो टेलिफोनको घण्टी वज्यो टिरिङ्ग……॥ मैले फोन उठाएर हेलो भने । उताबाट एकजना मित्रको स्वर आयो नमस्कार सर । मलाई त्यो स्वर चिन्ह गाह्रो परेन । मलाई टेलिफोन गर्ने मेरो अति मिलनसार साथी जनता मा।वि। आँपपिपलमा दुई बर्षसम्म एकै ठाउँमा बसेर पढ्ने हाल महेन्द्रलीला उच्च मा।वि।sा प्र।अ। रामप्रसाद अधिकारी हुनुहुन्थ्यो । हर्मीमा १०२ स्थापना गर्ने वारेमा चर्चापरिचर्चा मैले धेरैपटक सुनेको थिएँ । फोनबाट रामप्रसाद सरले अर्जुन सर १०२ को उद्घाटन श्रावण १२ गते राखिएको छ सरलाई निमन्त्रणा भन्नु भयो । यो खबर सुनेपछि मलाई ज्यादै खुशी लाग्यो । मैले उत्सुकताका साथ सोधें उद्घाटन कार्यक्रममा को को पाहुनाहरु आउनुहुन्छ । वहाँले केहि नामहरु लिनुभयो । जुन नामहरु लिनु भयो जसले महेन्द्रलीला मा।वि। लाई उच्च मा।वि। बनाउन प्रमुख भूमिका निर्वाह गर्ने व्यक्तित्वहरु हुनुहुन्थ्यो । मैले ती व्यक्तित्वहरुको नाम घटना विशेष क्रममा उल्लेख गर्ने नै छु ।
१२ गतेको उद्घाटन कार्यक्रमको वारेमा मैले क्षमताले भ्याएसम्म प्रचार प्रसार गरे । किनभने महेन्द्रलीला उच्च मा।वि। अब कलेजको रुपमा रुपान्तरण हुँदै थियो । मैले त्यसै स्कुलका ७ कक्षासम्म अध्ययन गरेको थिएँ । अझ भनौ उक्त कलेज मेरो घर आँगनमा नै थियो । २ कलेज जताततै चर्चा र छलफलको विषय वन्यो । दिनहरु वित्दै गए । श्रावण ११ गते जुन दिन गोरखा क्याम्पसमा परीक्षा साचालन ७ः०० वजे देखि १०ः०० वजेसम्म भएको थियो । म परीक्षामा सहायक केन्द्राध्यक्ष थिएँ । परीक्षा सकेर म गोरखाबाट हर्मी प्रस्थान गर्ने तयारीमा थिएँ । अघिल्लो दिनमा म हर्मी कार्यक्रममा जाने कुरा मैले कलेजमा साथीहरुसँग गरेको थिएँ । एकजना मेरो साथी पूर्व पाँचथर घर हुनुभएका रमेश अधिकारी सरले म पनि हर्मी जान्छु सरको गाउँ घुमेर आउँछु भन्नु भएको थियो । म वजारबाट निस्कनै लाग्दा वहाँ पनि आइपुग्नु भयो । वर्षायाम पानी परिरहेको थियो । हामी वस चढेर केहि वेरमा नै तेह्रकिलो झर् यौं । त्यसपछि त पानी पनि झन् ठूलो पर्न थाल्यो । आजभोलिको छाताको त के कुरा गर्ने र । बाटोभरि नै हामी भिज्दै हिँड्यौ । वर्षायाम भएकोले बाटो घुमाउरो गरेर जानुपर्ने दरौंदी मात्र होइन हिउँदमा कमिला हिँड्ने भुसुण्डे खोलाले पनि हामीलाई तसा्रउन खोज्दै थियो । तर हामी भुसुण्डी नझरिकन मोटर बाटो हिँड्यौं । विकासे बाटो भएर होला मोटर बाटो हिँडाइको व्यथा र कथा आफ्नै ठाउँमा छन् । मत आफ्नो गाउँ जाने सानैदेखि उकाली ओराली गर्दा बाटोले नै चिन्दथ्यो । समस्या थिएन । रमेश सरलाई कति गाह्रो भयो होला थाहा छैन । घरी घरी रमाइलो गर्न जिस्काउने र ठट्टा गर्ने गर्दथें । वहाँले पनि आफू पनि गाउँमा जन्मिएर हुर्केको दुःख सुख यस्तै हो भनेर सन्तोष माने झैं लाग्दथ्यो । पानी परिरहेकै छ छाताले शरीरको अघि भाग ढाकेको छ । रुजेको विरालो भन्दा कम भइएन । लामो बाटो थकाइ लागे पनि रमाइलो गर्दै अगाडि बढ्यौं । अन्तिम पटक तर्नु पर्ने खोलानाला गाउँटोल चिनाउँदै बेलुकी ६ः०० बजे नवलपुर स्कुल पुगियो जुन स्कुलले भोलिपल्ट देखि आफ्नो ऐतिहासिक अभिभारा पार गरेर नयाँ जिम्मेवारी वोध गर्दै भविष्यलाई सुनिश्चित गर्दै थियो । मैले स्कुललाई त्यसदिन खुब नियालेर हेरें । त्यही स्कुलले नै थुप्रै मान्छेहरुलाई विशिष्ट बनाएकोछ । त्यही स्कुलले गर्दा नै आज म एउटा त्रिभुवन विश्व विद्यालयमा पढाउने प्राध्यापक बनेको छु । मलाई स्कुल प्रति गौरव छ । स्कुलबाट तल पसलतिर झरें । गाउँघरका दाजुभाइ दिदीबहिनीहरुसँग भेटघाट भयो । सबैमा उत्साह र हौसला थियो । स्कुल कलेज बन्ने कुराले सबैमा चर्चा चल्दै थियो । वर्षाको समय भएपनि भोलिपल्ट उद्घाटन हुने स्कुलले पनि आफ्नो चमक देखाइरहेको थियो । स्कुलका गेटहरु सजिएका थिए । तुल ब्यानर पोष्टरले स्कुल सजिएका थिए । गाउँलेहरु रोपाई छाडेर कार्यक्रममा उपस्थित हुने उत्साह देखाइरहेका थिए । ज्यादै खुशी लाग्यो । गाउँमा चेतनाको विकास तीव्रत्तर रुपमा अगाडि बढिरहेकेा देखेर । बेलुकी ८ः०० वजे खाना खाएपछि साथीसँग गाउँघरको बारेमा छलफल गर्दै गर्दा म ज्यादै दुखी हुन पनि पुगें । त्यही स्कुलमा पढेका थुप्रै युवा दाजुभाइ दिदी बहिनीहरुको रगतले हाम्रो गाउँ पोतिएको छ। आततायी जल्दाजहरुले समाज र राष्ट्रलाई बदल्ने अभिभारा बोकेर हिड्नेहरुको प्राण उडाए । मेरा आदरणीय गुरु सुरेश वाग्ले दाजु राजेन्द्र ढकाल भाइ महेन्द्र मरहट्टा भीमसेन पोखरेल कृष्ण ढकाल बहिनीहरु मीना मरहट्टा गीता घिमिरे निरु पोखरेल बलिदान गर्ने ति महान शहिदहरु प्रति मेरो श्रद्धा सुमन । वहाँहरुको वारेमा मैले जानेजति कुराहरु रमेश सरलाई वताएँ । वहाँले पनि अचम्म मान्नुभयो । जनयुद्धको घटनाक्रम र शाही सत्ताको शासनकालमा गाउँलेले भोग्नुपरेको दुःख कष्टका इतिहास सुनेर साथी पनि छक्क पर्नु भयो । गाउँमा बढ्दै गएको राजनीतिक चेतना वीर सपुतहरुको वलिदानी हर्मी चौकीको आक्रमण र सफलता आदि यस्तै वारेमा कुरा गर्दा गर्दै राती १२ः०० वजे हामी निदाउन पुग्यौं ।
भोलिपल्ट १२ गते विहान सुनौलो नै देखिन्थ्यो । वर्षायाम भएपनि आज मौसमले साथ दिन्छ कि जस्तो लागेको थियो । तर पछि त्यस्तो भएन । विहान ८ः०० वजे पछि मैले साथीलाई गाउँघर घुमाएँ । मेरा आदरणीय गुरु नरनाथ मरहट्टाको घरमा साथीलाई लिएर गएँ । धेरै जसो छिमेकीहरु त्यहीँ नै भेला हुनुभएको रहेछ । कहिले आयौ खोला बढेको छ कति गाह्रो भयो नयाँ साथी पनि हुनुहुँदोरहेछ यस्तै यस्तै औपचारिक कुराकानी र चिनापर्ची गर्ने काम भयो । त्यसपछि हामी त्यहीँ तल डाँडामा झर् यौं । रमेश सरलाई मैले महेन्द्र÷मीनाको शाहदात घटनालाई त्यही जोडेर बताएँ । डाँडाबाट पश्चिम देखाए आँपपिपल जनता मा।वि। त्यही स्कुलमा पढाउने आदरणीय गुरु सुरेश वाग्ले सरको घर त्यही मुनी ऊ त्यो हर्मी भाज्याङ त्यही राजेन्द्र ढकाल दाज्युको घर त्यसभन्दा उतापट्टि कृष्ण ढकालको घर त्यहीनिर गीता वहिनीको घर पूर्वतिर फर्किएर त्यो भीमसेन र नीरु पोखरेल दाजु वहिनीको घर । बिहान यस्तै यस्तै गरेर वित्दै गयो । विहान ९ः३० वजे भाज्याङमा पाचै बाजा बजेको सुनियो । जुलुसको तयारी रहेछ जस्तो लाग्यो । गाउँका दाजुभाइहरुसँगै १०ः३० बजेतिर हामी स्कुल झर् यौं । थुप्रै स्थानीय र छिमेकी गा।वि।स। हर्मी छोप्राक आँपपिपल थालाजुङ्ग खोप्लाङ्ग का अभिभावक विद्यार्थीहरुको जमघट भइसकेको थियो । हामी त्यहीँ जनसहभागिताको प्रतिक्षाको कुराकानी गर्दै समय विताइ रहेका थियौ । ११ः३० वजेतिर बाजा गाजा सहितको जुलसले स्कुल परिक्रमा गर् यो । सबै जनासँग कुराकानीको आदानप्रदान भयो । स्कुलभरि र वरपरका बाटाघाटामा समेत मानिसहरुको जमघट भइसकेको थियो । त्यसदिन आफ्नो कमाइ खेतीपातीको चिन्ता कसैलाई भए जस्तो लाग्दैनथ्यो । सबैमा उत्साह र खुशीयाली मात्र थियो । स्कुल परिसरमा सामान्य किसानदेखि राष्ट्रका विद्वानहरु समेतको जमघट भइसकेको थियो । मैले सबैसँग कुराकानी गर्ने अवसर प्राप्त गरें । काठमाण्डौमा रहेर हर्मीमा कलेज स्थापना गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्ने आदरणीय दाज्यूहरु प्रा।डा। खड्ग बस्नेत डा। कृष्ण ढकाल मुक्ति भट्ट जनार्दन ढकाल पोवनाथ घिमिरे लगायत अन्य व्यक्तिहरु जसले यस कलेजको निमित्त असाध्यै धेरै ठूलो भूमिका निर्वाह गर्नुभएको छ । वहाँहरुको योगदान प्रसंसनीय रहेको छ । मलाई स्कुलमा पढाउने आदरणीय गुरुहरु रेवतीरमण ढकाल काशी घिमिरे दुर्गाभक्त घिमिरे नरनाथ मरहट्टा रामनाथ पोखरेल वेदशर्मा पोखरेल ऋषिराम घिमिरे र मेरा समकालीन साथीहरुसँग सामूहिक कुराकानी हुँदै थियो । त्यही वखत करीव १२ः१५ वजेतिर स्कुलको औपचारिक कार्यक्रम शुरु भयो । मेरा अति मिलनशार मित्र अमृत पराजुली सरले कार्यक्रम साचालन गर्नु भएको थियो भने व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद खनाल सरले अध्यक्षता ग्रहण गर्नुभएको थियो । अतिथिहरुको आसन ग्रहणमा मैले माथि उल्लेख गरेका व्यक्तित्वहरु नै हुनुहुन्थ्यो । मलाई पनि माचमा वोलाइयो । मसँगै जानु भएका रमेश सरलाई पनि माचमा अतिथि बनाइयो । पूर्वको मान्छेलाई पश्चिममा यसरी सम्मान गरिनु हामी हर्मीवासीको एउटा असल संस्कार थियो । माचबाट हरेक व्यक्तित्वहरुबाट कलेज पढ्न आउनेहरुको लागि दलित जनजाति महिला गरीवहरुको लागि निःशुल्क छात्रवृत्ति रकम उपलब्ध गराइदिने वचनवद्धता प्रतिवद्धता भयो । कार्यक्रमको वीच समयतिर एकझर पानी दर्कियो । गाउँभरीका मानिसहरु कोहि छाता आढेर कोहि भिज्दैकार्यक्रममा उत्साह थपिरहेका थिए । लाग्दथ्यो कलेजको लागि गाउँलेहरु जुनसुकै मूल्य चुकाउन पनि तयार थिए । यसै क्रममा मलाई माचमा बोल्ने अबसर प्राप्त भयो । मैले धेरै वोल्न चाहिन । मेरो विचारको केन्द्रविन्दु भनेको कलेजको प्रगतिको निमित्त हाम्रो एकता अपरिहार्य आवश्यकता रहेको भन्नु भन्दा वाहेक केहि थिएन । मैले स्कुल नजिक रहेकेा घरहरु स्वर्गीय पिता वमवहादुर भण्डारीको नाममा छात्रावासका लागि जग्गा दिने घोषणा गरे । वक्ताहरु वोल्ने क्रम छोटिदै गएर ५ः३० बजे समाप्त भयो । सबैजना गाउँलेहरु आ-आफ्नो घर फर्कने क्रम शुरु भयो । केहि समयपछि हामी पनि विदा भयौं । वेलुकी दिनभरिको कार्यक्रमको समीक्षा भयो । भोलिपल्ट श्रावण १३ गते हामी गोरखा फर्कनु पर्ने दिन थियो । पानी परिरहेको थियो । विहान ८ः०० वजे पानी पानीमा छाता ओढेर वाटा लाग्यौं । ओराली झर्दा गाउँलाई विदा गर्दै थियौं । भुसुण्डे पुगेपछि खोला तर्न लाग्दा हामीलाई ज्यादै संकट भयो । वल्लतल्ल खोला तर् यौं । मोटर बाटोले आफ्नो रुप फेरेकै थिएन । हाम्रो लागि जाँदा भन्दा फर्कदा झन् कठिन भयो । बेलुकी ५ः०० वजे हामी गोरखा वजार पुग्यौं । जतिसुकै भौतिक दुःख र कष्ट भएपनि मानसिक सन्तुष्टि प्राप्त भएको थियो ।
प्रसङ्ग अलिकति बदलेर जोड्न मन लाग्यो । महेन्द्रलीला उच्च मा।वि।ले हाल नयाँ गति लिएर अगाडि बढ्दै गएको छ । यो हामी सबैको लागि खुशीको कुरा हो । सर्वसाधारणदेखि लिएर बौद्धिक जमातहरुको रुचीको केन्द्र बन्दै गएको छ । काठमाडौं चितवन पोखरा लगायत स्वदेश÷विदेशमा रहने हर्मीवासीहरुको सहयोग सुझाव सल्लाह जुट्दै गइरहेको अवस्था छ । यो लेख लेखिरहँदा स्मारिका प्रकाशनको लागि दाजु पोवनाथ घिमिरे र म गोरखा वजारमा विज्ञापन र सहयोगको लागि सडक सडक हिडिरहेका छौं । थोरबहुत सहयोग पुग्ने नै छ । महेन्द्रलीला उच्च मा।वि।sाे मजवूत विशेषता भनेको महिला गिरिन्द्र भट्ट कार्यक्रमको संयोजक हुनुहुन्छ । वहाँ र म १ कक्षा देखि एस।एल।सी। सम्मसँगै पढेका साथी पनि हौं । गाउँको सेवा गर्न फर्कनु भएकोमा वहाँ विशेष धन्यवादको पात्र वन्नु भएको छ । त्यस्तै १ कक्षा देखि वि।एड। सम्मसँगै पढ्ने एकै ठाउँमा जन्मिएर खेलेर हुर्केका कृष्ण न्यौपाने सर जौवारी उ।मा।वि।sाे लामो सेवा छाडेर गाउँ फर्कनु भएको छ स्कुलको निम्ति । रामप्रसाद सर प्र।अ। हुनुहुन्छ । अन्य पुरानादेखि नयाँ सर मेडमहरुको लगनशीलता र मिहिनेत पनि वेजोडको रहेको छ । व्यवस्थापन समितिको अध्यक्ष पदमा शिक्षा क्षेत्रमा लामो अवधि सेवा र अनुभवका धनी दाजु नरनाथ मरहट्टा हुनुहुन्छ । यस्तो वेजोडको ऐतिहासिक टिम महेन्द्रलीला उच्च मा।वि।ले पाएको छ । यो हामी सबैको गौरव पनि हो । निश्चित रुपमा उच्च मा।वि।ले ऐतिहासिक सफलता प्राप्त गर्नेछ । महेन्द्रलीला उच्च मा।वि। सफल रहोस् । सदैव वाँचिरहोस् ।

८ हर्मी६ हाल गोरखा क्याम्पस गोरखाका सहायक क्याम्पस प्रमुख
ििि

No comments:

Post a Comment