Hari pDhakal
पढ्न जाने रहरः
मलाई सानै उमेरदेखि पढ्नमा रुची थियो । मलाई मेरो स्कूल जाने रहर देखेर सानो उमेरमै बुबाले गाउँको पाठशालामा भर्ना गरिदिनु भएको रहेछ जहाँ मैले कक्षा २ सम्मको पढाइ पुरा गरें । त्यस पाठशालामा कति कक्षासम्म पढाइ हुन्थ्यो त्यो मलाई तवसम्म थाहा थिएन जब मलाई एक दिन बुबा श्री हेमराज ढकालले तिमी कुन स्कुलमा पढ्छौ नवलपुर कि आँपपिपल भनी प्रश्न सोध्नुभयो । मैले तुरुन्त केही जवाफ दिइन । तर १२ दिनसम्म सोच्दा नवलपुर भन्ने नाउँ आँपपिपल भन्दा राम्रो लाग्यो । त्यहाँ हाम्रो घरको सदस्य कसैले पढ्दैनथ्यो । तर आँपपिपलमा मेरो कान्छा काका कृष्ण प्र। ढकाल माया दिदी र ईश्वरी दिदी पढ्नुहुन्थ्यो । उहाँहरुले पनि मलाई आँपपिपलमा पढ्नका लागि सल्लाह दिनुभएन । पछि थाहा भयो आँपपिपल टाढा पनि थियो । मैले हिँडेर विहान वेलुकी ओहोर दोहोर गर्न मुश्किल पनि रहेछ । मैले नवलपुरमा पढ्ने इच्छा बुबासँग व्यक्त गरें । बुबाले तुरुन्त भर्ना गर्न नलगेको हुँदा केही दिनसम्म म बुबा जहाँ जाँदा पनि पछि लाग्न थालें र भर्ना गरिदिन कर गर्न थालें । केही दिनको पर्खाइ पछि मेरो इच्छा पुरा भयो म नवलपुरमा कक्षा ३ मा भर्ना भएको जानकारी बुबाले दिनुभएपछि म भोली पल्टै नवलपुर स्कूल पढ्न गएँ ।
स्कूलको पहिलो दिनः
पहिलो दिन म स्कुल पुग्दा स्कुलको घन्टी बजिसकेको थियो र विद्यार्थी कक्षामा बसिसकेका थिए । यो कक्षा कुनै कोठामा थिएन वाहिर खुला आकाशमा थियो । यस्ता कक्षाहरु मैदानभरी ठाउँ ठाउँमा देखिन्थे । कुन कक्षामा म बस्ने हो भन्ने मलाई थाहा नभएकाले परबाटै हेर्दै थिएँ गाउँका प्रधान पाच तारानाथ ढकालका छोरा सूर्य वहादुर ढकालले बोलाए उनी पनि कक्षा ३ मा नै पढ्ने रहेछन् । मलाई उनीसँगै लगे र बस्नका लागि एउटा सीट बनाइदिए । उनी म भन्दा केही वर्ष जेठा भएकाले हेर्दा पनि ठूला देखिन्थे र सीट निर्माण गर्न आवश्यक ढुङ्गा आफैंले वरपरबाट बोकेका थिए जसमा बस्ने ठाउँका लागि राखिएको फराकिलो ढुङ्गो ज्यादै नै आकर्षक थियो रहर लाग्दो थियो । मलाई त्यहाँको यस किसिमको वातावरणले निकै आकर्षण गरेको थियो पढाइ भन्दा पनि यो नौलो वातावरणले म रमाएको थिएँ ।
स्कुलको वातवरण तथा अवस्थाः
विस्तार विस्तार म वातावरणमा घुलमिल हुँदै गएँ साथीहरु बन्दै गए पढाइ चल्दै गयो । हामीहरुको पढाइका विभिन्न विषयहरुका पिरियड मध्ये अध्ययन पी।टी। जस्ता पिरियडहरु पनि राखिएका हुन्थे । पी।टी।sाे पिरियडमा पी।टी। खेलाइन्थ्यो भने अध्ययनको पिरियडमा कुनै पनि विषयमा स्वयम्ले अध्ययन गर्ने चलन थियो । हाम्रो स्कुलको भवन त्यस बेला सम्म निर्माण सम्पन्न भैसकेको थिएन स्कुलको खेल मैदान सानो थियो तल र माथि ठूला ठूला भीरहरु थिए ।
बास्तवमा हाम्रो स्कुल भएको स्थान स्थानीय मुसलमानहरुको चिहान भएकाले त्यसलाई धेरैले चिहान डाँडाको नामले चिन्थे र सम्बोधन गर्थे । कसैले यसलाई पामा डाँडा अर्थात पाम खेतको डाँडो भन्थे । स्थानीय ऋषिराम भट्टले यसकै सम्झनामा एउटा गीत रचेका थिए जुन हामीहरु माझ निकै लोकपि्रय थियो ः
पाम डाँडो चिहान डाँडो खोला खोलै गयो
नवलपुर भन्ने नाम अव यसले लियो ।
यो ठाउँ भिरालो भएकाले त्यसलाई सम्याएर मैदान वनाउन कठीन काम थियो । तर शायद रकम खर्च गरेर ज्याला दिई काम गराउन स्कुलसँग पैसा थिएन होला । त्यसैले हामीहरुका कतिपय पी।टी। अध्ययन जस्ता पिरियडहरुमा र कोही शिक्षक नआई खाली भएका पिरियडहरुमा हामीले माटो खन्ने ओसार्ने सम्माउने टेवा पर्खाल लगाउने जस्ता काम गथ्र्यौं । हामीलाई त्यसमा रमाइलो लाग्थ्यो । कक्षामा मेरा अरु धेरै साथीहरु म भन्दा ठूला थिए । उमेर साइज उचाई सबैमा ठूला । त्यसैले मूख्य बोझिला काम उनीहरुले नै गर्थे मलाई माया गरेर सघाउने काममा मात्र संलग्न गराउँथे तर पनि मलाई याद छ म पनि धेरै काम गर्थें । हामीलाई कुनै जनावर शायद गोरु होला को छाला उपलब्ध गराइएको हुन्थ्यो जुन फराकिलो हुन्थ्यो । एक थरी साथीहरुले माटो खनेर त्यस छालामा राख्ने काम गर्थे भने अर्का थरीले त्यस छालालाई घिसारेर परसम्म पुर् याई माटो खसाल्ने काम गर्थे । म प्राय जस्तो दोस्रो काममा लाग्थें ।
शुरुमा हाम्रो स्कुल भवनको वरिपरिको पर्खाल मात्र लगाएको थियो । छाना थिएन र कोठाहरु वनाइएको थिएन अर्थात पार्टीसन थिएन । छाना नभएको कारण बर्षादको वेलामा कठीनाई झेल्नुपथ्र्यो । धेरै घाम लाग्दा पोल्ने र पानी पर्दा भिज्ने हुन्थ्यो । कमसेकम घाम छेक्न सकिन्छ की भनेर हामीले १÷२ वर्ष जङ्गल गएर स्याउला ल्याउँथ्यौ यस काममा सिनियर विद्यार्थीहरुले वढी काम गर्थे । स्याउलाले छाएकाले घामले नपोले पनि पानीले भिजाउँथ्यो । तसर्थ पानी परेको दिन छुट्टी दिने पनि चलन थियो । स्कुल वरिपरि पातीको झाडी थियो । दिशा जङ्गलका लागि चर्पी थिएन हामी त्यही पाती झाडी नजिकका खोल्साहरु आदिलाई नै चर्पी सम्झन्थ्यौं ।
हामी कति कक्षामा थियौं एकिन छैन । एकपटक कोही विदेशी गोराले एउटा मेशीन उपलब्ध गराएको थियो । त्यो मेशीनले ईंटा वनाउन मिल्थ्यो । त्यसले यस्तो विशेष इँंटा बनाउथ्यो जसको साइज ठूलो हुन्थ्यो साधारण इँटा भन्दा शायद ६८ गुना ठूलो । माटो खनेर मेशीनमा राख्ने छोप्ने अनि चापाकलबाट पानी निकाल्नका लागि ताने वा खिचे जस्तै गरेर तान्दा इँटा तयार हुन्थ्यो । त्यसलाई निकालेर १२ दिन घाममा सुकाए पछि गारो लगाउन मिल्थ्यो । यो काममा भुवनेश्वर भट्टले विशेष चासो र जाँगर देखाउँथे । मुक्ति भट्ट लगायत हामीहरुले पनि काम गथ्र्यौं ।
स्कूलकॊ वार्षिक कार्यक्रम बहुत आकर्षक हुन्थ्यो । मलाई लाग्छ झण्डै १ हप्ता जस्तो खेलकुदको कार्यक्रम चल्थ्यो । हाइ जम्प लङ जम्प ट्रीपल जम्प पोल जम्प विभिन्न दौडहरु कक फाइट सुन्तला वा आलु टिप्ने स्याक रेस भलिवल आदि विभिन्न किसिमका खेलकुदहरुको आयोजना हुन्थ्यो । खेलकुद प्रतियोगिताका विजयीहरु विभिन्न क्षेत्रमा उत्कृष्ट ठहरिनेहरु र पढाइमा पहिला दोस्रा तेस्रा हुने विद्यार्थीहरुलाई बार्षिकोत्सवका दिन पुरस्कार वितरण हुन्थ्यो । खेलकुदका धेरै जस्तो पुरस्कार लामाघरका कमलीकान्त ढकालले लैजान्थे । उनी साँच्चै नै क्षमतावान थिए । उनी पछि बढी पुरस्कार जित्नेमा कृष्ण प्रसाद पराजुली थिए ।
हाम्रो स्कुलमा यूनाइटेड मिसन टू नेपाल यु।एम।एन। को सहयोग रहेकोले यू।एम।एन। का तर्फबाट विदेशी शिक्षकहरु पनि बेला बखत आउँथे । किर्मला र डाग भन्ने शिक्षकहरु केही वर्ष बसे । उनीहरुले प्राय व्यवसायिक शिक्षा दिन्थे । कहिले काँही वरपरका ठाउँहरुमा शैक्षिक भ्रमणमा पनि लैजान्थे । त्यतिबेला आँपपिपलमा कृषिको ठूलो फोर्म र नस्ररी थियो त्यहाँ विभिन्न किसिमका बोट विरुवा र पशुहरु सम्बन्धि अध्ययन अनुसन्धान हुन्थ्यो । यो कृषि तथा भेटेरेनरी फार्म मिसनले नै संचालन गरेको थियो । त्यहाँ हामीलाई वेला वखत लगेर त्यसको वारेमा जानकारी दिइन्थ्यो । मलाई यस्तो गार्डेन हेर्न ज्यादै मन पथ्र्यो । हामी बर्षको एकपटक पिकनिक पनि जान्थ्यौं । पिकनिक प्रायः जसो नजीकका जङ्गलहरु वलखे पात्ले पाम क्षेत्रमा जान्थ्यौं ।
स्कुलका शिक्षक तथा विद्यार्थीः
हामीलाई पढाउने शिक्षकहरु धेरै पढेका नभए पनि मेहनती हुनुहुन्थ्यो । उहाँहरुमा पढाउने जोश जाँगर धेरै थियो । शिव प्रसाद घिमिरेले पढाएको चार कोसे झाडी सम्बन्धि पढाइ टेक वहादुर भण्डारीले पढाएको नागरिक शास्त्र काशी प्रसाद घिमिरेले पढाएको भूगोल ईश्वरी सापकोटाले पढाएको अंग्रेजी दुर्गादत्त घिमिरेले पढाएको नेपाली रामजी वस्नेतले पढाएको गणीत तीर्थराज ढकालले पढाएको गणीत आदि अहिले पनि याद आउँछ । ईश्वरी सापकोटाले अंग्रेजी पढाउँदा कक्षा कोठामा कहिल्यै नेपालीमा वोल्नु हुन्थेन त्यतिबेला हामीलाई यो कुरा असाध्यै मन पथ्र्यो । हामी पनि स्कुल जाँदा आउँदा कहिले काँही अंग्रेजी बोल्न अभ्यास गथ्र्यौं । खाश गरी मुक्ति भट्ट र म यस्तो अभ्यास गथ्र्यौं ।
छोटो समयका लागि भए पनि हामीले हाल देशका अर्थ मन्त्री जस्तो गरिमामय पदमा आसीन विद्वान व्यक्तित्व डा। बाबुराम भट्टराईबाट पनि सिक्ने अवसर प्राप्त गर् यौं । त्यति बेला हामी कक्षा ७ मा पढ्थ्यौं र उहाँ एस।एल।सी। परीक्षा दिएर रिजल्ट पर्खिएको बेला थियो । उहाँले हामीलाई अंग्रेजी विषय पढाउनु हुन्थ्यो । उहाँजस्तो होनहार विद्यार्थीबाट हामीले शिक्षा आर्जन गर्न पाउनु हाम्रो लागि ठूलो भाग्यको विषय थियो । हामीले उहाँबाट राम्रो शिक्षा मात्र प्राप्त गरेनौ अन्य विविध प्रेरणाहरु समेत प्राप्त गर्न सक्यौं । उहाँले त्यस स्कुलमा पढाउँदा पढाउँदै नै उहाँको एस।एल।सी। परीक्षाको रिजल्ट आएको थियो जसमा उहाँ वोर्ड फष्ट हुनुभयो र यसको खबर हामीलाई प्राप्त हुनासाथ ठूलो हर्ष बढाई भयो । अबिर जात्रा भयो गाउँको वातावरण नै वहुत हर्षोल्लासमय भयो । तर रिजल्ट हुनासाथ उहाँ काठमाडौं जानुभएकोले उहाँसँग हामीले धेरै समय सिक्न पाएनौं । बाबुराम भट्टराई सँगै हामीलाई शिक्षकको रुपमा पढाउन गएका उहाँका कक्षा साथी कृष्ण पोखरेलले हामीलाई त्यही छोटो अवधिका लागि गणीत विषय पढाउनु भयो । उहाँले पढाएको विषय हामीलाई बुझ्न सारै कठिन भएन । हाम्रो स्कुलमा त्यतिबेला विद्यार्थी संख्या ज्यादै कम थियो । एउटा कक्षामा सामान्यतया १० देखि १५ जना विद्यार्थी हुन्थे । तर माथिल्लो कक्षामा पुग्दा संख्या अझ कम हुन्थ्यो । हामी कक्षा ८ मा पढ्दा ७ जना थियौं । शायद ६ जनाले मात्र कक्षा उत्तीर्ण गर् यौं ।
स्कुलबाट पाएको प्रेरणाः
बाबुराम भट्टराई र कृष्ण पोखरेलको छोटो सामीप्यताले हामीलाई धेरै ठूलो प्रेरणा दियो । हामीजस्तै मानिसले यति ठूलो उपलब्धि हासील गर्न सक्नेरहेछौं मेहनत गरेमा के हुन सक्दैन र भन्ने कुराको प्रेरणा उहाँहरुबाटै प्राप्त भएको हो ।
त्यस स्कुलमा त्यति बेला कक्षा ८ सम्मको मात्र पढाइ हुन्थ्यो । कक्षा ९ पढ्न अन्यत्र जानुपर्ने बाध्यता भएको र लुईंटेल स्कुलको एस।एल।सी। रिजल्ट सँधै राम्रो आउने भएको साथै बोर्ड फष्ट समेत ल्याउन सफलभएकाले हामी नवलपुरबाट कक्षा ८ उत्तीर्ण गर्ने साथीहरु गुण बहादुर गुरुङ मुक्ति भट्ट वेदशर्मा पोखरेल ईश्वरी ढकाल मोदनाथ मरहट्टा गरी सबै ६ जना लुइटेल स्कूलमा गएका थियौं । त्यतिबेला हामीलाई धेरै ठूलो डर थियो कि कक्षा ९ पास गर्न सकिन्छ कि सकिन्न भनेर किनकि लुईंटेल स्कुलको तुलनामा नवलपुरको पढाइको स्तर ज्यादै कमजोर मानिन्थ्यो तर भाग्यवश र मेहनतका कारण त्यसपछि पनि राम्रो रिजल्ट ल्याउन सफल भयौं । यसमा धेरै जसो श्रेय नवलपुर स्कुलमा पढाउने शिक्षकहरुलाई जान्छ । यस स्कुलमा धेरै वर्ष संचालक समितिका अध्यक्ष रहेका मेरा वुवा हेमराज ढकालबाट मैले सवभन्दा वढी प्रेरणा पाएको हुँ र म ऐले जहाँ जे जस्तो अवस्थामा छु मलाई त्यहाँ पुर् याउन उहाँ र मेरा त्यस स्कुलमा पढाउने शिक्षकहरुलाई नै बढी श्रेय जान्छ ।
दयनीय आर्थिक र शैक्षिक अवस्थाबाट शुरु भएको नवलपुर स्थित महेन्द्रलीला नि।मा।वि। निरन्तर प्रगति गर्दै आज उ।मा।वि। सम्म पुगेको छ र आफ्नो छविलाई उच्च राख्न सफल भएको छ । यसलाई यो ठाउँसम्म पुर् याउन स्थानीय अभिभावकहरु शिक्षकहरु बुद्धिजीविहरु त्यहाँबाट अन्यत्र गइ अध्ययन नोकरी अन्य पेशा व्यवसाय संचालनमा संलग्न सम्पूर्ण महानुभावहरुको योगदान रहेको मैले महशुस गरेको छु ।
पूर्व विद्यार्थी हाल कार्यकारी निर्देशक
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड
No comments:
Post a Comment