Tuesday, March 24, 2009

यसरी हुन्छ हर्मीमा उज्यालो


जनार्दन ढकाल
१। पृष्ठभूमि
संविधानसभाको निर्वाचनबाट चुनिएको संविधानसभाले २०६५ जेष्ठ १५ गते नेपाललाई गणतन्त्र घोषणा गरे पश्चात राजनीतिक तथा आर्थिक क्षेत्रहरुमा हिजोआज आर्थिक क्रान्तिको विषय जोडतोडले उठ्न थालेको छ । शताब्दिऔं देखि पछौटे उत्पादन सम्बन्ध र राज्यको असमान साधन स्रोत वितरणका कारण पछाडि परेका नेपालका हजारौं गाउँहरु मध्यको एक हर्मीले पनि आर्थिक क्रान्तिको सपना देख्न थालेको छ । हिजोको एकात्मक राज्य संरचना र सामन्ती उत्पादन सम्बन्धका कारण विकास निर्माण र आर्थिक गतिविधिमा पछाडि परेका हर्मीका गाउँ बस्तीहरु पनि आज खुला राजनीति र गणतन्त्र नेपालमा आइपुग्दा आ-आफ्ना असिमित माग र आवश्यकता पूर्तिका लागि सकृय बन्न थालेका छन् । यो विल्कुल नयाँ र परिवर्तित परिवेशमा हर्मीको विकास निर्माणलाई योजनाबद्ध रुपमा अगाडि बढाउनु पर्दछ । हर्मीका जनताहरुले परिवर्तन महसुस गर्ने खालका आर्थिक गतिविधिहरुलाई सुरुवात गर्नुपर्दछ र गणतन्त्र नेपाल घोषणाको राजनीतिक परिवर्तनलाई संस्थागत विकास गर्न आर्थिक क्रान्तिको जनमूखी कार्यक्रम तय गरिनुपर्दछ । यहि सेरोफेरोमा हर्मीमा शुरुवात गरिनुपर्ने भावी आर्थिक र सामाजिक कार्यक्रमहरुबारे यस लेखमा छोटो चर्चा गरिएको छ ।
२। हर्मीको विकास ः यथार्थता र परिभाषा
सामान्यतया कुनै पनि क्षेत्रको विद्यमान सामाजिक अवस्था र त्यस समाजको उत्पादनशील र प्रगतिशिल सम्भावनाहरुको पूर्ण प्राप्तीको अवस्थालाई विकास मान्नुपर्दछ । समाजको सामाजिक आर्थिक र सांस्कृतिक रुपान्तरणको उच्चतम रुप नै विकास हो । गाउँघरहरुमा सडक विजुली सरकारी सेवा सुरक्षित खानेपानी स्वास्थ्य सेवा त छ तर आर्थिक विकास छैन उन्नत र वैज्ञानिक उत्पादन प्रणाली छैन र रोजगारीको अवशर छैन भने त्यहाँ अनिकाल व्याप्त हुन्छ । त्यो भौतिक सम्पन्नता तर कहालिलाग्दो अवस्थालाई कसरी विकास भन्न सकिन्छ
र त्यसैले विकास भनेको भौतिक संरचना सामाजिक सुधार र सुरक्षा आर्थिक उन्नती र सांस्कृतिक तथा प्राकृतिकवातावरण संरक्षणको एकिकृत रुप हो । विकाससँगै मानिसको सोचाइ र जीवनशैलि परिस्कृत हुन पनि जरुरी छ । हर्मीको विशिष्ट परिवेशमा विकासको परिभाषा पनि विशिष्ट नै हुनु जरुरी छ । सुरक्षित खानेपानीको धाराबाट आउने पानी खाएर मात्र बाँच्न सिकंदैन भात बन्न पानी र चामल दुवै चाहिन्छ । आर्थिक विकासको लागि पर्याप्त भौतिक पूर्वाधार वैज्ञानिक उत्पादन प्रणाली उत्पादित वस्तुहरुको बजार साजाल र रोजगारका प्रशस्त अवसर र सामाजिक सुरक्षाको प्रत्याभूति जरुरी छ र हर्मीको लागि विकासको वैज्ञानिक परिभाषा पनि यहि हो ।
विकासको परिभाषा विभिन्न स्थान विशेष अनुसार फरक फरक हुन्छ । ग्रामिण क्षेत्रको एउटा नेपालीको विकास दुई छाक खाने र आङ ढाक्ने परिवेश हुन सक्छ भने शहरका नागरिकहरुको दृष्टिमा विकास भूमण्डलीयकरणका अवसरहरुको उपयोग विद्युत र साचारको साजाल ढल सरसफाई पर्याप्त पानी रोजगारी गुणस्तरीय र व्यवहारिक शिक्षा आदि हुन सक्छ । त्यसैले विकासको सर्वमान्य परिभाषा गर्नु असम्भव छ । हाम्रा गाउँघरका स्थानीय जनताहरुका विचारमा विकास भनेको खानेपानी धारा विजुली सडक पुल नहर विदेशी सामाग्रीले भरिएका बजार आदि संरचना हुन सक्दछन् । स्थानीय आवश्यकता भन्दा पनि सदरमुकाम वा केन्द्रबाट लादिएका अव्यवहारिक योजनाहरुलाई हामीले आजसम्म विकास मानिरहेका छौं । विकास हुने भन्दा पनि कसैले दिने बस्तु हो भन्ने भ्रम हामीमा रहेकोछ । त्यसैले आर्थिक वर्षको अन्त्यमा बजेट सक्न हतार हतार निर्माण गरी श्रावणको अन्त्य सम्ममा भत्की सक्ने खानेपानी योजना िसंचाइ नहर सडक र पुल हाम्रा लागि विकास बनेकाछन् । कमजोर बनावट र भ्रष्टाचारका कारण छिट्टै भत्कने विद्यालय स्वास्थ्य चौकी र गा।वि।स। भवनहरु तथा देवता विनाका मन्दिरहरु हाम्रा लागि विकासका नमूना बनेका छन् । प्राय गाउँमा विकास रकम खर्च गरी निर्माण गरिएका विकासे धाराहरुमा पानी आउँदैन धारा राख्ने ठाउँको विवादले गाउँघरमा झगडा हुने गर्छ । डोजर प्रयोग गरि बनाइएका सडकहरुमा मोटर गुड्दैनन् । लाखौं बजेट सक्ने काम हुन्छ । निर्माण गरिएकासार्वजनिक भवनहरु धेरै टिक्दैनन् तर ठेकेदार र हर्ता कर्ताहरु मालामाल हुन्छन् । जनताको लागि भनिएका यी विकासका संरचनाहरुले जनतालाई सेवा र सुविधा दिन सक्दैनन् । रोजगारी नपाएर युवाहरु अरव मलेशिया भारत र शहर तिर झर्ने हरेक गाउँको नियती बनेको छ । गाउँमा आर्थिक गतिविधि बढाउने विकासको अभाव छ रोजगार र स्वरोजगार बढाउने विकास जरुरी छ । हामी आजसम्म जे लाई विकास भनिरहेका छौं त्यो विकासले गाउँमा आर्थिक क्रान्ति ल्याउन सकेन । उत्पादन बढाएर बजार सम्म पुर् याउने साजाल निर्माण गर्न सकेन । त्यसैले विगतका तिता अनुभवहरुबाट पाठ सिक्दै हर्मीको योजनाबद्ध विकासको नयाँ खाका कोर्नु जरुरी छ । नयाँ खाकामा बेकम्वा सावित पुराना प्रयोगहरुलाई रोक लगाइ नयाँ वैज्ञानिक र जनमुखी योजना बनाउनु पर्दछ ।
३। हर्मी विकासको नयाँ योजना ः पृष्ठभूमि र उद्देश्य
विकासका पूर्वाधारमा न्यूनता उत्पादित कृषिजन्य सामाग्रीहरुको बजारको अभाव तथा सामाजिक सेवा र कृयाकलापका लागि साधन स्रोतको कमिका कारण हर्मीका जनताको जीवन स्तरमा सकारात्मक प्रभाव पार्ने आर्थिक गतिविधिहरु आजसम्म स्थापित छैनन् । परम्परागत कृषि पेशा पशुपालन र जीविकाका लागि गरिने अन्नबाली उत्पादनको स्थान नगदेबाली फलफूल र बिकि्रका लागि गरिने तरकारी खेतीले लिएको छैन । खेती योग्य खेतपाखा आदि आधुनिक प्रविधिबाट गरिने वैज्ञानिक खेती प्रणाली र पशुपालनको प्रतिक्षामा छन् । िसंचाइको प्रबन्ध हुन सकेको छैन । त्यसैले हर्मीको लागि विकासको नयाँ योजना आवश्यक देखिएको छ ।
ूनयाँ हर्मी - सुन्दर उद्यमशील र समृद्ध हर्मीू भन्ने मुल लक्ष्यका साथ हर्मी विकासको नयाँ योजना निर्माणको क्रममा रहेको छ । सम्पूर्ण हर्मी गा।वि।स।sा जनता र यहाँ कृयाशील नागरिक समाज र जनस्तरीय संघसंगठनहरुको सहभागिता सकृयता अग्रसरता र चासो भएमा हर्मीको योजना बन्न सक्दछ र गा।वि।स।ले कार्यान्वयनमा ल्याउन सक्दछ ।
साथै हर्मी गा।वि।स। तथा यस आसपासका किसानहरुको घरघरमा व्यवसायिक खेती र पशुपालनको वैज्ञानिक सीप साधन र उत्पादित वस्तुहरुको बजारको व्यवस्थापनमा सहयोग पुर् याउनु दैनिक हरेक परिवारले आम्दानी गर्ने वातावरण बनाउनु विकासका पूर्वाधार र सामाजिक सेवासुविधाको विस्तार र व्यवस्थापन गर्नु तथा हर्मीका वासिन्दाहरुको जीवनलाई व्यवस्थित बनाउने उद्देश्य त्यस नयाँ योजनाको हुनु पर्दछ ।
नयाँ योजना निर्माणका लागि स्थानीय जनताहरुलाई सहभागी र कि्रयाशिल गराउनु पर्दछ । जसका लागि योजना बनाउने हो त्यहाँ त्यस विषयमा व्यापक अन्तरकृया छलफल र चासो उत्पन्न हुनुपर्छ । स्थानीय जनताहरु र सरोकारवाला संघसंस्थाहरुको सहभागीतामा बनेको योजना मात्र प्रभावकारी बन्ने हुँदा हर्मीको योजना निर्माणमा पनि हर्मीबासीहरुका बीच छलफल र अन्तरकृया गर्नुपर्छ । धेरै भन्दा धेरै जनताहरु बीच चासो उत्पन्न गर्न सहभागीता बढाउने र अन्तरकृया गर्ने प्रयास हुनुपर्दछ । नयाँ योजना निर्माणको लागि हर्मी गा।वि।स। भित्रका विज्ञ प्राविधिक र बुद्धिजिवीहरुको ज्ञान सकृय सहभागिता र सीप प्रयोग गर्नुपर्दछ । प्राप्त सुचना र जानकारीको आधारमा विशेषज्ञ टोलीले व्यापक छलफल पश्चात नयाँ योजनाको आधार खाका तयार गर्नुपर्दछ । हर्मी गा।वि।स। र यस वरवरका गाउँहरुको यथार्थताका आधारमा जनताको जीवनस्तरलाई सुधार ल्याउने खालका विभिन्न विकास कृयाकलापहरु सो योजनामा समेट्नु पर्दछ ।
४। नयाँ योजनामा समेटिने क्षेत्र र कृयाकलापहरु
निम्न क्षेत्र र कि्रयाकलापहरु नयाँ योजनामा समेटिन सक्नेछन् ।
७३टज्ञटछटसभौतिक पूर्वाधार - सडक पुल विद्युतिकरण िसंचाइ खेलमैदान पोखरी निर्माण तटबन्ध निर्माण नस्ररी स्थापना पार्क निर्माण भू-क्षय नियन्त्रण खानेपानी व्यवस्थापन फोहरमैला व्यवस्थापन आदि ।
७३टज्ञटछटसकृषि र पशुपालन - फलफूल नगदेबाली पशुपालन तरकारी खेतीमा व्यवसायीकरण आदि ।
७३टज्ञटछटसशिक्षा र सार्वजनिक सेवा - विद्यालय प्राविधिक शिक्षालय बैंक कृषि÷पशु सेवा केन्द्र हुलाक सहकारी पसल सहकारी बैंकको व्यवस्था सुचना र संचारको व्यवस्था सार्वजनिक सूचना केन्द्र अस्पताल सामुदायिक रेडियो आदि ।
७३टज्ञटछटसउद्यम विकास र सहकारी - सहकारी अभियान स्वरोजगार उद्यम घरेलु उद्योग व्यवसायिक सहकारी दूध तरकारी फलफूल पशुपालन व्यवसायिक खेती सीप मुलक तालिम र उत्पादित सामाग्रीहरुको बजार व्यवस्थापन हाटबजारको प्रबन्ध आदि ।
७३टज्ञटछटसव्यापारिक र प्रशासनिक पूर्वाधार - बस्तीकेन्द्रिकरण नगर विकास बजार विस्तार प्रशासनिक कार्यालयहरु स्थापना ।
७३टज्ञटछटसजीवनस्तर सुधार र सभ्यता - सार्वजनिक र व्यक्तिगत सरसफाइ पर्यटन पूर्वाधार र पाहुनाहरुको व्यवस्थापन खानपान सुधार आदि ।
५। हर्मी उज्यालोका लागि केहि नमूना आयोजनाहरु
हर्मी उज्यालोका लागि सम्पन्न गर्नुपर्ने सयौं परियोजनाहरु छन् । ती परियोजनाहरु मध्ये केही नमूना योजनाहरु जानकारीका लागि निम्नानुसार छोटकरीमा उल्लेख गरिएको छ ।
५।१ टोल टोलमा हरित सडक साजाल निर्माण
हर्मी गा।वि।स। भित्रका करीव दुई दर्जन टोलहरु सबैलाई समेट्ने गरी हरित सडक साजाल निर्माण गर्नु जरुरी छ । सडक साजालले गाउँ टोलका उत्पादन शहर सम्म र शहरको प्रविधि र सामान गाउँसम्म पुर् याउन सक्दछ । गाउँका हरेक घरहरुलाई सडक साजालले जोड्ने दिर्घकालिन लक्ष्य राखीनुपर्ने र अब बन्ने नयाँ हरेक घरहरुसम्म हरित सडक साजाल पुर् याउने गरी गा।वि।स।ले नक्सा स्वीकृति दिने व्यवस्था मिलाउनु जरुरी छ । सडक साजाल स्वयं आर्थिक गतिविधि नभए पनि अन्य आर्थिक गतिविधिका लागि सडक प्रमुख माध्यम हो । सडक बनाउने नाममा पुराना परंपरागत बाटाघाटा र गोरेटा प्रणालीहरु विगार्ने तर सडक प्रभावकारी नबनाउने प्रवृतिलाई अन्त्य गरी हर्मीको दिर्घकालिन सडक व्यवस्थापन योजना बनाउनु पर्छ र सो योजना बमोजिमका कार्यक्रमहरु कार्यान्वयन गर्नु पर्दछ । हाल हर्मीका केही वडाहरु द्रव्यशाह सडक अँबुवा - आँपपिपल - भच्चेक सडक दुध पोखरी सडक र भुसुण्डे सडकसँग जोडिएका छन् । गा।वि।स।sा प्राय सबै वडालाई समेट्ने गा।वि।स। सडक समेत गरी हाल करिव १५ कि।मी। अस्थायी सडक हर्मीमा रहेकोछ । खनिएका सबै सडकहरुको संरक्षण गरी प्रभावकारी साचालन गर्ने र गा।वि।स।sा अन्य विभिन्न टोलमा पुग्ने तथा केन्द्रिय जिल्ला स्तरीय र गा।वि।स। सडकलाई जोड्ने विभिन्न वाइपास सडकहरुको योजना बनाउनु पर्दछ ।
५।२ विद्युतिकरण र जल विद्युतको विकास
हाल हर्मीको करिव ५० प्रतिशत घरहरुमा बिद्युत् पुगेको छ । निर्माणाधिन आयोजनाहरु वडा नं। १ २ ७ र वडा नं। ४ तथा ५ को सम्पन्न भएपछि करीव ९० प्रतिशत घरधुरीमा विधुत पुग्ने देखिएको छ । बाँकी १० प्रतिशतघरधुरी मध्ये केही भौगोलिक विकटता र केहिले आर्थिक कारणले विद्युत सेवा लिन नसक्ने देखिएको छ । त्यसका लागि बस्ती केन्द्रिकरण र आर्थिक राहतका कार्यक्रम चलाउनु पर्छ । यसैगरी हर्मीको महत्वपूर्ण व्यापारीक स्थलहरुसम्म तीन फेज लाइन पुर् याइ घरेलु उद्योग साना उद्योगहरु साचालन गराउनु पर्दछ । तीन फेज लाइन आहाले निभारे मल्लटार तेसे्र भाज्याङ्ग नवलपुर लगायतका क्षेत्रहरुमा पुर् याउनु पर्दछ । ती क्षेत्रहरु उद्यम र स्वरोजगार विकासका घरेलु उद्योग स्थापना स्थल हुनेछन् ।
जलस्रोतको विकासका लागि हर्मी गा।वि।स। भित्र चेपे नदीबाट १ ठाउँमा िसंचाइ र विद्युत आयोजना संचालन गर्न सकिन्छ । यसैगरी खार खोलाबाट थोरै क्षमताका भएपनि ३÷४ ठाउँमा विद्युत निकाल्न सकिने देखिएको छ । चेपे नदी र खारखोलामा विद्युत आयोजनाहरु साचालन भएमा राज्यलाई थप राजश्व र स्थानीय युवाहरुका लागि रोजगारीमा बृद्धि हुनेछ ।
५।३ सबैका लागि सुरक्षित र शुद्ध खानेपानी
हर्मीको प्रायः हरेक टोलमा खानेपानी आयोजनाहरु रहेका छन् तर व्यवस्थीत छैनन् । अधिकांश आयोजनाहरु कि विगि्रएका छन् कि त बोलबालाहरुको घर सम्ममात्र पानी आइपुग्ने बनाइएका छन् । कतिपय टोलहरुमा त एकै ठाउँमा दुई धारा समेत राखिएको छ । त्यसैले हर्मीका सबै खानेपानी आयोजनाहरुको अनुगमन गरी वर्तमान अवस्थाको एक प्रतिवेदन तयार गर्नुपर्छ । कुन आयोजना के कस्तो अवस्थामा छ पत्ता लगाइ त्यसको थप मर्मत संभार गराउनु जरुरी
सबैका लागि शुद्ध र सुरक्षित खानेपानी पुर् याउन हर्मीले नमूना बन्न सक्दछ । तत्काल करीव ५००० जनसंख्यालाई दैनिक आवश्यक १००००० लीटर खानेपानी हर्मी गा।वि।स।मा सजिलै उपलब्ध हुन सक्दछ भने हर्मीको खानेपानी स्रोतले थप ४०००० जनाको लागि दैनिक खानेपानी पुर् याउने योजना बनाउन सकिन्छ ।
५।४ सर्वसुलभ र व्यवहारिक शिक्षा
हाल हर्मीमा ७ विद्यालय र १ मदरसा रहेका छन् । विद्यालयहरु १ उच्च मा।वि। १ मा।वि। ५ प्राथमिक विद्यालय रहेका छन् । तर पनि स्थानीय जनताहरुको गुणात्मक र व्यवहारिक शिक्षाको माग पुरा भएको छैन । हर्मी गा।वि।स।मा अब १ प्राविधिक शिक्षालय र स्नातक तहको क्याम्पस स्थापनाको आवश्यकता देखिएको छ । केही टोलहरुमा पूर्व प्राथमिक कक्षाहरु स्थापना गर्ने रभइरहेका विद्यालयहरुलाई प्रभावकारी बनाउने योजना बनाउनु पर्दछ ।
५।५ स्वरोजगार अभियान
हाल ग्ाा।वि।स।मा रोजगारी र स्वरोजगारको अवस्था ज्यादै कमजोर रहेको छ । ग्ाा।वि।स।भित्र रोजगारी र स्वरोजगारी वृद्धि गरि धेरै अवसरहरुको व्यवस्था गरिनु पर्दछ । कृषि र पशुपालन फर्म कृषि उत्पादनको बजार व्यवस्था बचत र ऋण परिचालन सामुदायिक विकाश गतिविधि शिक्षा स्वास्थ्य घरेलु उद्योग साना उद्योग व्यापारिक क्षेत्र विकास आयोजना वातावरण संरक्षण आदि क्षेत्रमा रोजगारी र स्वरोजगारीका अवसर प्राप्त हुनेछन् । सिप र क्षमता भएका जनशक्तिहरुले रोजगारी प्राप्त गर्नेछन् भने उद्यमशील व्यक्तिहरु सहकारीका माध्यमबाट स्वरोजगार बन्नेछन् ।
५।६ एक घर एक उद्यम
ग्ाा।वि।स। भित्रका हरेक घरले एक एक स्वरोजगार व्यवसाय साचालन गरी आफ्नो आम्दानी वृद्धि गर्ने कार्यक्रम चलाउनु पर्दछ । यसबाट प्रत्यक्ष १००० व्यक्तिलाई रोजगारी उपलब्ध हुन सक्नेछ र हरेक घरले वार्षिक न्यूनतम ५००००।- कमाउने लक्ष्य निर्धारण गरिनुपर्दछ । यसका लागि हरेक श्रम गर्न सक्षम सदस्यले मासिक २५ दिन काम गर्नुपर्नेछ । रोगजारी दिने कृषिलाई व्यवसायमुखी बनाउने खेती गर्दा बजार पठाउने योजना सहित गर्ने जमिन खाली नराख्ने जमिन कम र उपयुक्त नहुनेहरुका लागि सामुदायिक वन र बाँझो जमिनको पनि उपभोग गर्ने व्यवस्था मिलाउनु पर्दछ ।
५।७ शहिद स्मृति पार्कको निर्माण
महान जनयुद्धको क्रममा शहादत प्राप्त गर्ने हर्मीका १२ जना महान शहीदहरु गोरखाका करिव २०० जना शहीदहरु देशकै करिव १३००० को हाराहारी तथा निरंकुशता विरोधी २००७ २०१७ २०२७ २०३६ २०४२ २०४६ २०६२÷०६३ सालका जनआन्दोलन तथा विभिन्न जनबिद्रोहका शहीदहरुको स्मृतिमा हर्मी गा।वि।स।वडा नं। ६ ९ तथा छोप्राक गा।वि।स। वडा नं। २ को बिचमा करिव २०० रोपनी क्षेत्रफलमा शहिद स्मृति पार्कको निर्माण गर्ने योजना बनाउनु पर्दछ । त्यसक्षेत्रलाई सम्मान र आस्थाको साथै पर्यटकीय क्षेत्रको रुपमा विकास गराउने गरी पूर्वाधार निर्माण गरिनु पर्दछ ।
५।८ खेलकुद मैदानको निर्माण
खेलकुदको पूर्वाधार हर्मीमा रहेको छैन । पूर्वाधारको अभावमा युवा विद्यार्थीहरुको खेलप्रतिको चाहना पुरा भएको छैन । त्यसैले हर्मीमा दुई खेलकुद मैदानको आवश्यकता छ । एउटा खेल मैदान गा।वि।स।sाे केन्द्र नजिक वडा नं। ३ र ८ को सिमाना थुम्कीको सरस्वती प्रा।वि। क्षेत्रमा र अर्को मल्लटार क्षेत्रमा स्थापना गरिनु पर्दछ । फुटबल र कि्रकेटका लागि खेल मैदान प्रयोग गरिनुपर्दछ । खेल मैदानका कारण हर्मी र यस क्षेत्रका हजारौं युवा र खेलप्रेमीले फाइदा पाउने छन् । खेलमैदान निर्माणका लागि निर्माण सहयोग समिति बनाइ गा।वि।स। जि।वि।स। नेपाल सरकार लगायत राष्ट्रिय अन्तरराष्ट्रिय दातृ निकाय समक्ष निवेदन पेश गर्नुपर्ने देखिएको छ ।
५।९ सभा हल र तालिम कक्षको व्यवस्था
हालसम्म हर्मीमा कुनै सभाहल र तालिम कक्ष छैन । जनताका धेरै कार्यक्रमहरु प्रभावित भईरहेका छन् । हर्मीको सबैलाई पायक पर्ने क्षेत्रमा करिव ५०० जना अटाउने एक सभाहल र ५०÷१०० जना हटाउने एक तालिम कक्षको निर्माण गर्नुपर्दछ । सभाहलमा व्यवस्थित रुपमा जनताका कार्यक्रमहरु गर्ने र तालिम कक्षमा विभिन्न स्वरोजगारमुलक तालिमहरु उपलब्ध गराउने गर्नुपर्दछ ।
५।१० सामुदायिक पुस्तकालय र स्रोतकेन्द्रको स्थापना
सूचना र साचारका लागि इन्टरनेट इमेलको सुविधा सहितको सूचना केन्द्रका साथै सामुदायिक पुस्तकालयको स्थापना गराउनुपर्दछ । उक्त केन्द्र मार्फत विशेषज्ञहरुसँग सिधा सम्पर्क गराइ कृषकका समस्या र नयाँ नौला कृषि प्रणालीको बारेमा ताजा जानकारी दिनु पर्छ । स्थापना गरिने सूचना केन्द्र मार्फत स्वास्थ विशेषज्ञ र विरामीलाई तत्काल सिधा सम्पर्कमा राखेर टेलि मेडिसिन सेन्टरको रुपमा समेत विकास गर्दै लान सकिन्छ । विभिन्न संघसंस्था र व्यक्तिहरुसँग सहकार्य गरि सामुदायिक पुस्तकालयमा छुट्टै बाल बच्चा अध्ययन कक्षस्थापना गरि बाल बालिकालाई सानै उमेर देखि सृजनात्मक काममा लाग्न प्रेरित गर्न सकिन्छ । यसका साथ साथै जनतालाई प्रविधि प्रयोगमा अभ्यस्त बनाउन विविध प्राविधिक तालिम र प्रशिक्षण कार्यक्रमहरु पनि संचालन गर्न सकिन्छ ।
५।११ सामुदायिक एफ।एम। साचालन
आजको युगमा आएर संचार मानव जीवनको अभिन्न अङ्ग बन्न पुगेको छ । गास बास र कपास पछिको मानिसको चौथो आवश्यकता भनेकै सूचना र संचार हो । संचारका अन्य माध्यम पत्रपत्रिका टेलिभिजन र अनलाइन भन्दा रेडियो निकै प्रभावकारी र सस्तो संचार माध्यम हो । हाम्रो जस्तो भौगोलिक अवस्थितिमा जसको मुख्य कारण पत्रपत्रिका र टेलिभिजनमा ग्रामिण जनताको पहुच नहुनु नै हो । नेपालमा प्रजातन्त्रको पुनस्थापना पछि सबै भन्दा विकास भएको क्षेत्र नै संचारको क्षेत्र हो त्यसमा पनि ग्रामिण बस्तीका आवाज बोल्ने रेडियोहरु देशभर लगभग २ सय ५० हाराहारीमा संचालनमा छन् । अनि सयौको संख्यामा संचालन तयारीमा जुटेका छन् । स्थानीय स्तरमा संचालित रेडियोहरुको ध्यान आज भोलि स्थानीयतामा भन्दा ज्यादा राष्ट्रियतामा जान थालेकाले स्थानीय सवाल र दमित आवाजहरु पछि परेको पर् यै छन् । त्यसैले ग्रामिण बस्तीहरुमा ग्रामीण संचार अभ्यास गर्ने संचार माध्यमको खाँचो रहि आएको छ । हर्मी र आसपासका ठाउँका जनताहरु पनि सूचना र मनोराजनका लागि अरु संचार क्षेत्रका संचार माध्यममा भर गर्नु परेको छ । यो परनिर्भरतालाई अन्त्य गर्न आफ्नै ठाउँमा एउटा ग्रामिण सामुदायिक रेडियोको स्थापना किन नगर्ने त भन्ने प्रश्नले हिजो आज धेरैको मनमा डेरा जमाएको छ र उक्त रेडियो मार्फत समाज रुपान्तरण र शक्तिकरणको आवाज बुलंद पार्ने योजना गर्नुपर्दछ ।
५।१२ स्वास्थ्य विमा कार्यक्रम
ग्रामिण क्षेत्रका जनताहरुको आयस्रोत कमजोर हुने भएकोले उनीहरु शहर बजारमा गइ महंगो अस्पतालहरुमा उपचार गराउन सक्ने क्षमतामा हुँदैनन् । त्यसैले उनीहरुको स्वास्थ्य उपचारको जिम्मा सरकारले लिनु पर्छ । सरकारले सम्पूर्ण जनताहरुको उपचारको लागि जनसहभागिका आधारमा स्वास्थ्य विमा कार्यक्रम लगाउनु पर्छ । स्वास्थ्य विमा कार्यक्रम अनुसार हरेक जनताहरुले वार्षिक रुपमा सरकारलाई निश्चित रकम बुझाउनु पर्छ र त्यसको प्रतिफल स्वास्थ्य विमा कार्यक्रममा सहभागी सम्पूर्ण जनताहरुको स्वास्थ्य उपचारको जिम्मा सरकाले लिनु पर्छ । यस कार्यक्रम मार्फत सम्पूर्ण जनताहरुले न्यूनतम विमा शुल्क बुझाए वापत सम्पूर्ण उपचार निशुल्क प्राप्त गर्नेछन् । यस कार्यक्रमले हाल सम्मको महंगो स्वास्थ्य उपचार सेवालाई जनमुखी र सहज बनाउनेछ ।
५।१३ सहकारी अभियान÷ कृषिमा व्यवसायिकरण
हर्मी जस्ता ग्रामीण इलाकाहरुमा अझै पनि सामन्ती उत्पादन सम्बन्ध कायम रहेको छ । किसानले जीविकाका लागि धान कोदो मकै तरकारी फलफूल कुखुरा गाइ भैंसी बाख्रा भेग माछापालन गर्ने तर व्यवसायिक उत्पादन नगर्ने आम प्रचलन छ । यसले गर्दा खाद्यान्न वालीको उत्पादन लागत बढ्न गई उत्पादकत्व घटिरहेको छ । एउटा परिवारले बाह्रै महिना काम गरेर पनि खेती र पशुपालनमा व्यवसायिकता नगर्दा बल्ल तल्ल खान पुर् याउने अवस्था छ । कृषि क्षेत्रबाट रोजगारी र आम्दानी बृद्धि भएको छैन । त्यसैले सहकारी अभियानलाई हर्मीमा व्यवस्थित गरि कृषि र पशुपालनमा व्यवसायिकरण गर्नु जरुरी छ । परम्परागत खेती र पशुपालनलाई व्यवस्थित गरि व्यवसायिक खेती प्रणालीको विकास गर्ने उत्पादन बृद्धिमा जोड दिने र कृषि तथा पशुपालनबाट वार्षिक करोडौ आम्दानी गर्ने योजना बनाउनु पर्दछ । व्यवसायिक रुपमा खेती गर्नका लागि सहकारी मार्फत किसानहरुलाई उत्प्रेरित गर्ने र सहकारी बैङ्गकिङ कार्यक्रम मार्फत आवश्यक ऋणको प्रबन्ध गराउने गर्नुपर्छ । यसरी कृषि र पशु पालनमा व्यवसायिकरण गरि न्यूनतम पनि हर्मीले वार्षिक निम्नानुसार करोडौं आम्दानी गर्न सक्दछ ।
क सुन्तला न्यूनतम १०००० बोट प्रति बोट न्यूनतम आम्दानी रु। १००० । १ करोड रुपैया
ख कफि न्यूनतम ५०००० बोट प्रति बोट न्यूनतम आम्दानी रु।२०० । १ करोड रुपैया
ग केरा न्यूनतम ५०००० बोट प्रति बोट न्यूनतम आम्दानी रु।१०० । ५० लाख रुपैया
घ दुध उत्पादन दैनिक १२५० लिटर प्रति लिटर रु। २२३६५ दिन । करिव १ करोड रुपैया
सहकारी मार्फत हर्मीले यस्तै खालको कृषिमा व्यवसायिकरण गर्ने योजना बनाउनु पर्छ र गाउँको उत्पादनबाट रोजगारी र आम्दानी बृद्धि गराउनुपर्छ ।
६। निश्कर्ष ः
हर्मी उज्यालोको लागि पूर्वाधारहरुको पहिचान र निर्माण सर्वप्रथम गरिनु पर्दछ । कृषि र पशुपालनलाई व्यवसायिकरण गरि आम्दानी बढाउने कार्यक्रम सहकारी मार्फत चलाउनु पर्दछ । उत्पादित वस्तुहरुको बजार संजाल र स्वरोजगारमुलक उद्यम विकासले गाउँमा रोजगारीका अवसरहरु खुल्ने छन् । शिक्षा स्वास्थ्य र संचारका क्षेत्रमा हुने विकासले जीवनस्तरमा सुधार आइ हर्मीलाई समृद्ध बनाउने छ । यसका लागि स्थानीय जनताहरुको सकृयता उद्यमशीलता र लगनशीलताको खाँचो रहेको छ ।

हर्मी -८

No comments:

Post a Comment