Friday, May 14, 2010

असिना पानीले हर्मीमा बाली नाली नष्ट :लाखौको क्षति : सुन्तला कृषकलाई पुन ठग्यो प्रकृतिले

हर्मी , बैशाख ३०
बैशाख २८ गते मगलबार साँझमा परेको असिना पानीले हर्मी र आसपास आँपपिपल छोप्राक थालाजुङ गलायतका ठाउँमा लगाइएका बाली नाली नष्ट पारेको छ । तर क्षतिको पूर्ण आकलन भने अझै गर्न सकिएको छैन ।
एक घण्टा लगातार परेको पानी र असिनाले मकै चैते धान र हर्मीमा ब्यवसायिक रुपमा गरिदै आएको केरा र सुन्ताल खेतिमा ब्यापक क्षति पुगेको छ । बर्ष भरि मेहनत गरेको खेति नष्ट हुदा कृषकहरुमा निरासा छाएको छ । यस अघि गत बैशाख पहिलो साता पनि असिना पानीको यस्तै क्षति गर्दा मर्कामा परेका किसानहरु एकै महिनामा पुन अर्को पटक प्रकृतिको धक्का सहन बाध्य भएका छन् ।
असिनाले दोहोरो गोडेर जुङा चमारा छोड्न लागेको मकै , सुन्तलाको फूल र फल र केराको घरि र पालहरुमा पूर्णरुपमा क्षति पुर्याएको छ । हर्मीको बयापानी ,मकुन्डाडा र पात्लेपानीमा सयौ रोपनी जग्गामा गरिएको ब्यवसायिक सुन्तला खेति नष्ट हुदा लाखौको क्षति हुन पुगेको छ । यता हर्मीको वडा न ८, ९, ३ र ६ गरिको केरा खेतिमा पनि ब्यापक क्षति हुदा किसाहरु मर्कामा परेको हर्मीबाट आवर हर्मी प्रतिनिधिले जनाएका छन् । यद्यति क्षतिको पूर्ण विवरण भने हाउन सकेको छैन । जिल्ला कृषि कार्यालयले क्षतिको प्रारम्भिक आकलन मात्र गरेको र अनुसन्धान भैरहेको जनाएको छ ।

No comments:

Post a Comment