सामूदायिक रेडियो हर्मीले आफ्नै प्रशारण केन्द्र हर्मीमा आयोजाना गरेको पहिलो चरणको एक महिने आधारभूत रेडियो पत्रकारिता तालिम सकिएको छ । साउन २९ गते प्रशारण केन्द्रमा आयोजित एक कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरि तालिमको समापन गरिएको हो ।
एक महिना सम्म चलेको तालिमामा हर्मी र आसपासका गाविसका साथै मनकामना ताक्लुङ गोनपा लगायतका ठाउँका महिला युवा र बुहारिहरु गरि लगभग ३ दर्जन प्रशिक्षार्थीको सहभागीता रहेको थियो । तालिम समापन कार्यक्रम रेडियो हर्मीका अध्यक्ष जनार्दन ढकाललको सभापतित्वमा सम्पन्न भएको थियो ।
समापन कार्यक्रममा रेडियो हर्मीका सचिब इश्वरी प्रसाद ढकाल आजिवन सदस्यहरु स्थानिय समाजसेविहरुले प्रशिक्षर्थिहरुलाई संचार यात्राको सफलताको लागी शुभकामना ब्यक्त गर्नु भएको थियो । प्रशिक्षक विकास ढकालले मन्तब्य राख्नु हुदै एक महिनाको तालिम निकै फलदायि भएको अनि ग्रामिण र विकास पत्रकारिताको बाटोमा यात्रा गर्न तालिमले प्रशिक्षर्थीहरुमा उत्पे्ररण जगाउन सफल रहेको कुरा बताउँनु भयो । तालिमको समापन गर्दै रेडियो हर्मीका अध्यक्ष जनार्दन ढकालले आफूहरु नेपालकै एक नमूना सामुदायिक रेडियो बन्न प्रयासरत रहेकाले तालिम लिएकाहरुलाई संचार मार्फत समाज रुपान्तरण गर्ने कार्यमा अग्रसर रहन आग्रह गर्नु भयो । कार्यक्रममा तालिममा सहभागी सबै प्रशिक्षर्थीले आफ्नो तालिम अनुभूति सुनाएका थिए । कार्यक्रम संचालन भने रेडियोका कोषाध्यक्ष राम प्रसाद अधिकारीले गर्नुभएको थियो ।
( तालिममा सहभागी एक जना बुहारि प्रशिक्षार्थी कल्पना ढकाल न्यौपानेको अनुभूति )
आफ्नै घर परिवार सँग राम्ररी बोल्न नसक्ने हामी हर्मीका छोरी बुहारिहरु आजकाल सबै सँग खुलेर बोल्न सक्ने भएका छौ । आफ्नै माटोमा खुलेको सामुदायिक रेडियो हर्मीले आयोजना गरेको १ महिने आधारभूत रेडियो पत्रकारिता तालिममा सहभागी भए पछि खुलेर बोल्ने बानिको विकास त भएको छनै साथै संचारको दुनियाँका धेरै कुरा पनि थाहा भएको छ । यस तालिम पछि घरको चुलो चौकोमा केन्द्रित हामी महिलाहरु ब्ाहिरि संसारलाई नियाल्न र बुझ्न सक्ने भएका छम् । यस अघि दुजा जनाको अगाडि अभिदा पनि खुट्टा कमाउने हामीमा माइकको आगाडि बसेर रेडियोमा बोल्ने आत्मविश्वास पलाएको छ । अब त म पनि बोल्न सक्छु र केहि गर्न सक्छु भन्ने लागेको छ । तालिमले त मेरो जीवन धार नै बदलिदियो ।
.
.
No comments:
Post a Comment