Thursday, August 19, 2010

स्वयम् सेवकहरुलाई विदाई गरियो

हर्मी ,साउन ३०
पिएडि नेपाल मार्फत विज्ञान प्रावि हर्मीमा फरक जीवन अनुभव संगाल्न आएका छ जना बेलायति स्वयम्सेवकहरुलाई विदाई गरिएको छ । विज्ञान प्रावि हर्मीमा ३५ दिन सम्म रहेर नयाँ विद्यालय भवन निमाण शिक्षण लगायतका काममा सकि्रय भएका स्वयम्सेवकहरुको विदाइका लागी गत साउन २५ गते विद्यालय परिसरमा एक विदाई कार्यक्रम आयोजना गरियो ।
कार्यक्रमको शुरुवातमा विद्यार्थिहरुले स्वागत गीत र नृत्य प्रस्तुत गरेका थिए । हर्मी भन्ज्याङ आसपासका चार महिला समूहले गीत र नाच देखाएर कार्यक्रमलाई थप मनोरन्जनात्मक बनाएका थिए । विदाइ कार्यक्रममा विद्यालय परिवारले स्वयम्सेवकहरुलाई बाँसको टोपि खुर्पि ठ्याक सिन्दुर पोते चुरा लगाइदिएको थियो ।
विदाई कार्यक्रममा विब्यसमितिका अध्यक्ष जीवन ज्योति ढकाल प्रअ राम प्र पराजुलि रेडियो हर्मीका विकास ढकाल स्थानिय समाज सेवि र अभिभावकहरुले मन्तब्य राख्नु हुदै यो सांस्कृतिक भाषिक र ज्ञान साटासाटका दृष्टिकोणले एकदमै राम्रो काम भएको र आउँदा दिनमा पनि उहाँहरुको सम्बन्ध हर्मी र यहाँका बासिन्दाहरु सँग कायम रहोस् भन्नु भएको थियो ।
३५ दिन सम्म हर्मीमा रहेर विविध काम गरेर रमाएका विदेशिहरु विदाइको पल निकै भावुक भएका थिए । बेलायत फर्कि सके पछि पनि आफूहरुले हर्मीलाई नभूल्ने बताउँदै उनीहरुले हर्मीका मानिसको ब्यवहार र आत्मियता निकै राम्रो रहेको अनि आफूहरुको हर्मी बसाई निकै अविस्मरणिय कुरा बताएँ । हर्मी आएर यहाँबाट धेरै कुरा सिकेको र विद्यार्थीहरुलाई सिकाउने अवसर पाएकोमा उनीहरु निकै खुसि देखिन्थे ।





विदाई कार्यक्रमका झलकहरु






ढुङगा काट्ने काममा सकि्रय स्वयम् सेवक




साना साना नानीहरुलाई पढाउने क्रममा स्वयम् सेवक

No comments:

Post a Comment