हर्मी , साउन ३०
साउन २० गतेबाट महेन्द्र लीला उच्च माविमा कक्षा ११को पढाइ शुरु भएको छ । यस वर्ष कक्षा ११मा हाल सम्म तीन दर्जन विद्यार्थी भर्ना भएको प्राचार्य कृष्ण न्यौपानेले जानकारी दिनुभयो ।
विद्यार्थीहरुको मागलाई मध्यनजर गर्दै यस शैक्षिक सत्रबाट मलीउच्च माविमा शिक्षा शास्त्र संकायमा विज्ञान प्रयोगशालाको निमार्ण गरि विज्ञान विषय पनि थप गरिएको छ । यस अघि शिक्षा शास्त्रका अन्य विषय र बाणिज्य शास्त्रमा पढाइ शुने गरेको थियो । हाल सम्म बाणिज्य शास्त्रमा १० शिक्षाको विज्ञानमा १० र अन्यमा १६ विद्यार्थी भर्ना भएको विद्यालय स्रोतले जनाएको छ ।
महेन्द्र लीला उच्च माध्यामिक विद्यालयमा कक्षा ११मा तीन दर्जन विद्यार्थी भर्ना भए पनि हर्मी आसपासका अन्य उच्च माविहरुलाई भने एक दर्जन विद्यार्थी जुटाउन पनि हम्मे हम्मे परेको छ । छोप्राकको मण्डली उच्च मावि र आँपपिपलको जनता उच्च माविमा हाल सम्म जम्म १ जर्दनको हाराहारीमा मात्र विद्यार्थी भर्ना भएका छन् ।
छात्राबासमा पनि विद्यार्थी बस्न थाले
महेन्द्र लीला उच्च माविले विद्यार्थीको सुविधालाई ध्यानमा राखि गत वर्षबाटै छात्राबासको ब्यवस्था गरेको थियो । तर गत वर्ष कोहि पनि विद्यार्थी छात्राबासमा बसेका थिएनन् । यस वर्ष भने लगभग ११ कक्षाका ६ जना विद्यार्थी छात्राबासमा बस्न थालेका छन् । स्थानिय समाजसेवि अर्जुन भण्डारीले छात्रासासको लागी आफ्रनो पुरै घर दिनुभएको विद्यालय स्रोतले जनाएको छ । छात्राबास रहेको घर विद्यालय भन्दा केहि मिटर माथि छ ।
No comments:
Post a Comment