Sunday, March 29, 2009

सकारात्मक सोचका साथ अघि बढौं


विष्णु ढकाल
मैले बाल्यकालतिर सुनेको प्रसंग हो यो । जुन कुरा त्यतिबेला मेरो गाउँ वरिपरिका धेरै मानिसहरुका लागि एउटा राम्रो गफ गर्ने मसला बन्ने गर्दथ्यो । यद्यपी त्यसघटनाको बारेमा अहिले सम्म पनि मलाई केहि थाहा छैन । तै पनि आज त्यहि घटनाको प्रसंगलाई जोड्दै केही लेख्ने जमर्कोमा जुट्दै छु । म यति बेला । सुन्दा कथा जस्तो लाग्ने घटना आफैमा गफको मसला भएपनि त्यसले बोकेको तथ्य महत्वपूर्ण र संवेदनशील छ भन्ने मेरो ठम्याईलाई आज एउटा लेख तयार गर्ने मसला बनाइरहँदा म यतिबेला त्यस घटनाको संवेदनशिल पक्षलाई यहाँ केही हदसम्म चर्चा गर्ने प्रयासमा छु ।
गाउँबाट एकजना बाबु छोरा भेट्न राजधानी गए । राजधानीमा छोराको हैसियत सायद राम्रै थियो होला । छोराको कोठामा छोरासँगै आएको एकजना अर्को मानिसलाई बाबु चिनाउँदा छोराले एउटा अंगे्रजी शब्द प्रयोग गर् यो । अंग्रेजीमा अनविज्ञ बाबुले शब्द चािहं ठम्याइराखे । त्यो शब्द प्रतिको आफ्नो कौतुहलता जब पछि कुनै मानिससँग सोधेर मेटे तब बाबुछोराको सम्बन्ध विगि्रयो । बास्तवमा त्यो अंगे्रजी शब्दको असामान्य अर्थ लाग्दथ्यो जुन एउटा छोराले बाबुलाई प्रयोग गर्नै मिल्दैनथ्यो । बाबुले आफ्नो आपमान सम्झिए । र बाबु छोराको सम्बन्धमा धेरै समय सम्म चिसोपन आइरह्यो । प्रसंग यति नै हो । घटना आफैमा सत्य भएपनि नभएपनि त्यति बेला त्यस घटनाले पाएको महत्व चािहं आफैमा संवेदनशील थियो ।
हो हामी मध्ये धेरै जो हिजो गाउँबाट आएर यतिबेला शहरमा एउटा ओत लाग्ने संरचना बनाएर बसेका छौं हामीहरु आफूलाई अब गाउँको नामसँग जोड्न असहज ठान्न थालेका छौं । एउटा व्यक्तिको लागि त्यो क्षणिक आत्म सम्मान र आत्मसन्तोषको विषय बन्ला तर त्यसको दीर्घकालीन असरहरु समाजमा नकारात्मक रुपले पर्न जानेछ भन्नेमा हामी कमैमात्र सचेत छौं । गाउँबाट शहर छिर्नेवित्तिकै मान्छेमा गाउँ प्रति हेर्ने दृष्टिकोणमा आउने फरकले निश्चित रुपमा गाउँ र शहरको दुरी अझ फराकिलो बन्दै जानेछ जसले दीर्घकालिन रुपमा समाजमा रहेको असमानताको दुरीलाई अझै बढाएर लैजाने छ । यसरी राजधानी लगायतका देशका सिमित शहरहरुमा बढ्दै गएको तिब्र शहरीकरण र त्यसमा समायोजन हुने नाउँमा हामीमा पलाएको उग्र शहर केन्द्रित मनोबृत्ति नै यतिबेला गाउँ र शहर बीचको दुरुी बढाउने कारक तत्व बन्न गएको छ ।
जुनमाटोमा हिजो हामीले आफ्नो जिन्दगीका शुरुवातका दिनहरु वितायौं जुन धरातलले हिजो हामीलाई कलमहरु समात्न सिकायो र जुन समाजले हिजो हामीलाई जिन्दगीको यथार्थ पाठहरु सिकायो आज हामी ती वास्तविकताहरु प्रति अनुत्तरदायी बन्ने हो भने र त्यो भूगोल प्रति हामी जवाफदेही नहुने हो भने निश्चित रुपमा हामी हाम्रो कर्तव्यबाट च्यूत बनेको ठहरिने छौं ।
हो यतिबेला शहरकेन्द्रित मानिसहरु जसको हिजोको पृष्ठभूमि त्यहि गाउँ त्यी माटो र त्यहि पखेरो हो उनीहरुको सोचाइमा परिवर्तन ल्याउनुपर्ने प्रमुख चुनौति हाम्रो सामु देखिएको छ ।
उनीहरुले हाँसील गरेको सिप र ज्ञानलाई थोरै मात्रामा भएपनि गाउँको हितमा लगाउन सकियो भने निश्चित रुपमा गाउँको लागि त्यो उत्साह र प्रेरणाको स्रोत बन्न जानेछ । गाउँमा बस्ने मानिसहरुमा पलाउँदै गएको निराशाभावलाई त्यहि माध्यमबाट केही हदसम्म चिर्न सकियो भने पनि समाजमा त्यसले एउटा सकारात्मक छाप छोड्न सक्नेछ । हो यति बेला हर्मी र यस सँग जोडिएका विविध प्रसंगहरु राजधानीमै पनि चर्चा र छलफलमा त्याउने कोशिश हुन थालेका छन् । र जसमा महत्वपूर्ण भूमिका केहि जोशिला युवाहरुले गरिरहेका छन् । विसौं वर्षदेखि शहरकेन्द्रित भएर आफ्नो हौसियत उकासेका हर्मीका दाजुभाइहरुमा यसले एक किसिमको सकारात्मक खैलाबेला उत्पन्न गराउन सफल भएको छ । हिजो हामीले केही पनि सोच्न सकिएन गाउँको बारेमा भन्ने आत्मग्लानी र अब भोलिका दिनमा आफ्नो भूमिका महत्वपूर्ण हुन सक्छकी भन्ने कर्तव्यबोध ती हर्मी वासी दाजुभाइहरुमा पलाउन थालेको हो कि भन्ने भान पछिल्ला हर्मीवासीका जमघटले दसा्रएको अनुभव हुन थालेको छ । हरेक ठूलाकामहरुको सुरुवात सानै भएपनि महत्वपूर्ण हुने गर्दछन् । त्यसैले पछिल्ला यी जमघटहरु र यस्ता जमघटहरुमा हुने छलफलहरु निश्चय नै उत्साहप्रद छन् खबरदारीपूर्ण छन् र हरेक मानिसहरुमा आफ्नो कर्तव्यकोबोधको आभास दिलाउन प्रयासरत छन् भन्ने कुरा सजिलै अनुमान लगाउन सकिन्छ । यद्धपी यस्ता छलफल र वहसका दायरा अझै फराकिलो अझै सशक्त अनि प्रभावकारी बनाउनुपर्ने चुनौतिहरु पनि छँदैछन् ।
ढिलै भएपनि यी प्रयासहरु सकारात्मक र सन्देशमुलक छन् । यसरी गाउँ छोडेर शहर केन्द्रित भएका दाजुभाइहरुलाई विउँझाउन सकियो भने र हाम्रा विचारहरुलाई प्रभावकारी ढंगमा कार्यन्वयन गर्न सकियो भने हामी समाजमा रहेका अविश्वास र संकिर्णताको घेरालाई चिर्न सफल हुनेछौं । जुन कुरा एउटा सुन्दर गाउँ र समाज निर्माण प्रकृयाको जग बन्नेछ ।
यसरी माथि प्रसंगमा आएको बाबुछोराको घटना आफैमा सत्य भएपनि नभएपनि हिजो सम्मको मान्छेमा रहेको मनोवृत्ति र गाउँ र शहर बीचको फराकिलो दुरीलाई मध्यनजर गर्दा निश्चित रुपमा त्यसघटनाको यथार्थतालाई नकार्न गाह्रो पर्दछ । त्यसैले त्यस्ता घटनाहरु अब दोहरिन नदिनको लागि अब हामीहरु जुर्मुराउन सक्नु पर्दछ । हाम्रो वास्तविकतालाई हामीले भूल्दै जाने हो र हाम्रो भूगोललाई हामीले विस्रदैं जाने हो भने त्यो गाउँ र त्यो भूभागले हामीलाई लगाएको गुनको अवमूल्यन र अपमान हुन जानेछ र भावि पुस्ताले हामीलाई धिक्कार्नेछ । त्यसैले अब हामीले आफूलाई परिवर्तन गर्नै पर्ने समय आइसकेको छ । कति सम्भव हुन्छ त्यो हदसम्म आफ्ना ज्ञान सिप र पुजीलाई आफूलाई हुर्काएको त्यो भूगोलको नाममा समर्पण गर्ने साहस बोकेर अबका दिनहरुमा हामी हिड्नुपर्दछ । प्रयासहरु जसले गरेपनि त्यसमा हातेमालो गरेर अगाडि बढ्न सक्नुपर्छ । गाउँ र शहर बीचमा रहेको चिसो पनलाई यिनै सकारात्मक कदमहरुबाट मात्रै न्यानो बनाउन सकिन्छ । कर्तव्यबोध को भाव बोकेर सबैजना व्यूँझन कोशिस गरौं । संर्किणता र अविश्वास त्याग्न सकियो भने मात्र अगाडिका बाटाहरु प्रष्ट र उद्देश्यमूलक बन्नेछन् ।

No comments:

Post a Comment