Monday, September 14, 2009
विकासपथमा सामूहिक लगानी गरौं
कमल दानकुटी हर्मी ९ गोर्खा
वेरोजगारी समस्या राष्ट्रले थेग्न नसकेपछि वैदेशिक रोजगार अहिले आम नेपालीहरुलाई बाध्यात्मक विकल्प बनेको छ । तर स्वदेशमै वैज्ञानिक र प्राविधिक शिक्षाको सर्वसुलभता नभएकाले उच्च शिक्षा हासिल गरेको भनिएपनि विदेशी श्रम वजारमा भने नेपालीहरु अदक्ष देखिने तथा निम्न स्तरका र वढि श्रम गर्नुपर्ने काममा जोतिनु पर्ने यथार्थता किहं कतै छिपेको छैन ।
घरको चुहिएको छानो टाल्न ऋणमा जान लागेको थोरै भएपनि पुर्खाको जायजेथा थाम्न परिवारको गांस बास र कपासको सुनिश्चितता मिलाउन तथा आफ्नो भविष्यलागी केहि जोहो गर्ने सोच राखि विदेशिएका लाखौं नेपाली श्रमिकहरुको खांचो अहिले देशलाई नै छ । रोजगारिको अवसर श्रृजना गराउन सके विदेशी भुमीमा सस्तोमै श्रम वेच्नुभन्दा नेपाली युवाहरु राष्ट्रिय समृद्धिका लागी मुलुकमै प्रशष्त श्रम गर्न तयार छन् । तर सरकारले रोजगारीका विकल्पहरु तथा रोजगारमुखी योजनाहरु प्रस्तुत गर्न नसक्दा राष्ट्र र जनताको यो अवस्था आएको हो ।
अढाइसय बर्ष पुरानो सामन्ती केन्द्रीकृत एकात्मक राज्यव्यवस्थाले निरन्तर शोषण र दमनको अग्रेठमा पिल्स्याएर नेपाली जनतालाई गुमराहमा राख्ने काम गरेको यथार्थ कसैले नकार्न सक्दैन । राष्ट्रको इतिहासमा पटक-पटकका ऐतिहासिक आन्दोलनले सफलता पाएपनि श्रमजीवी नेपाली जनताले त्यसको परिणाम उपभोग गर्न पाएनन् । हरेक आन्दोलनवाट प्राप्त अधिकार उपलब्धीलाई घुमाई फिराई गर्दै आफ्नै राजनैतिक अकर्मण्यताको कमजोरीका कारण दलहरुले पुनः सामन्ती राजाकोमा वुझाउने गरेको हाम्रो विगतको तितो वास्तविकता हो ।
त्यसैले अव इतिहासबाट सिक्ने र फेरी त्यो गल्ती नदोहोर् याउने जिम्मा हामी युवावर्ग तथा आम नेपाली श्रमिकहरुले नै लिनु परेको छ । इतिहासका घटनाक्रम हेर्ने हो भने अझैपनि यि राजनैतिक दल र मुलतः तिनका नेतृत्व तहमा रहेका नेताहरुमा विश्वास गर्न सकिने यथेष्ट आधार र प्रमाणहरु छैनन् । यथास्थितिवादी चिन्तन बोकेका यि नेता तथा तिनका लठैतहरुले तमाम मुक्तिकामी नेपाली श्रमजीवी जनताको एक दशक लामो जनयुद्ध र १९ दिनको धर्ती हल्लाउने जनआन्दोलनले प्राप्त गरेको लोकतँन्त्रिक गणतन्त्रको भ्रुणलाई ुसेरेमोनियल किङु या ूवेवी किङूको नाममा फेरि पुरानै सामन्तवादको जिम्मा लगाउने षडयन्त्र पनि गरिरहॆकै छन् । त्यसैले हामीले नै यिनिहरुलाई खबरदार गर्नुपरेको छ ।
यहां कुरो राजनीतिको मात्र नभई समग्रमा व्यवहारिक आर्थिक तथा समाजिक पनि छ । संविधानसभालॆ संविधान वनाउनुपर्ने संवेदनशील अवस्थामा विदेशी दलालहरुको कृपा पाएर गठन भएको अहिलेको कठपुतली सरकार संविधानको रटानमात्र दिएर मुलुकको महत्वपुर्ण समय बर्बाद गर्दै देशवासीलाई अन्धकारपुर्ण भविश्यतर्फ धकेल्ने कुचेष्टा गरिहेको छ । सरकारसंग अहिले जनताको जीवनस्तरमा परिवर्तन ल्याउने कुनै मार्गचित्र तथा खाका र कार्यदिशा छैन । खोक्रा राजनैतिक भाषणले मात्र आफ्ना आधारभुत आवश्यकताहरु पुरा हुंदैनन् भन्ने कुरा अव आम जनताले बिुझसकेका छन् । त्यसैले अव अधिकारप्राप्तिको अन्तिम लडाईका लागी आम जनता एकजुट हुनैपर्दछ । हाम्रो राजनैतिक नेतृत्व भोकोलाई रोटो र नाङ्गोलाई भोटोको व्यवहारिकतामा अझै पुग्न सकेका छैनन् । त्यसैले यस महान् अभियानमा संपुर्ण प्रवासी नेपाली श्रमीक वर्गहरु समेत एकजुट भई प्रवासदेखि नै वर्गीय युद्धको विगुल फुक्ने वेला आईसकेको छ । आफ्नो घरको छानो मात्रै नभएर िसंगो राष्ट्रकै छानो टाल्ने जिम्मा हामी श्रमिक वर्गकै कांधमाथी छ तर यसो भन्दा लडाई परम्परागत नभई वैज्ञानिक ढांचामा तय गरिनुपर्ने आजको प्रमुख आवश्यकतालाई भने हामीले भुल्नु हुंदैन ।
ुएक थुकी सुकी सय थुकी नदीकोु अवधारणा अनुसार स्वरोजगारको अवसर निर्माणको अभियानमा अल्छी तथा फटाहाहरुलाई कारवाही र बहिष्कार गर्दै विदेशमा हामीले सिकेको सीप प्रविधि क्षमता र अनुभवको अधिकतम संरक्षण र उपयोग गर्दै त्यसलाई व्यवहारमा ल्याउने वातावरणको सिर्जना गर्न सकेमा हामी स्वतः अगाडि वढ्दै जानेछौं र अन्तमा जित हाम्रै हातमा हुनेछ । त्यसैले यसको लागी प्रवासबाटै सामुहीक सोच र एजेण्डा बनाई लगानी तथा विकासमा एकजुट हुनु अत्यन्त जरुरी छ । वेरोजगारी समस्यालाई न्युनिकरण गर्दै नियन्त्रण गर्ने बाटाहरु तय गर्न तथा आत्मनिर्भर भई बांच्ने आधार निर्माण गर्न हामी आफैंले ष्पष्ट मार्गचित्र वनाई अघि वढेमा हामीलाई कसैको खांचो पर्दैन खांचो छ त केवल सामुहीक भावना र आपसी विश्वासको ।
अहिलेसम्म हामीलाई प्रयोग गरेर रस चुस्ने र छोक्रा फाल्ने पद्धतीलाई राम्रोसंग पहिचान गरेर त्यस्ता तत्वहरुको निर्मुलीकरण गर्न तथा हामी आफुसंग भएको क्षमताको सहि सदुपयोग गर्दै परम्परागत कृषि प्रणालीलाई आधुनिकतामा ढाल्न सकेमा मात्र मुलुकलाई औद्योगीकरणतर्फ लम्काउन सकिन्छ भन्ने तथ्यलाई गम्भिरतापुर्वक मनन गर्दै जलविद्युत उत्पादनमा सामूहिक लगानी गरेमा गाउंपाखा देखी चेतना र विकासको संचार गराउंदै िसंगो राष्ट्रलाई उज्यालो ज्योति प्रदान गर्ने जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्न सकिनेमा कुनै दुईमत छैन । त्यस्तै राष्ट्रिय समृद्धिको अर्को माध्यम भनेको पर्यटनको क्षेत्रमा लगानी गरी आन्तरिक तथा वाह्य पर्यटनलाई प्रवद्र्धन गर्नु हो । यिनै महत्वपुर्ण पक्षलाई मनन गर्दै वास्तविक श्रमिकवर्गकै पहल र अग्रसरतामा सैद्धान्तिक वैचारिक आर्थिक सामाजिक तथा वैज्ञानिक परिवर्तनहरु गर्नुु अवको हाम्रो प्रमुख दायित्व रहेको छ ।
वैदेशिक रोजगारीका क्रममा पं्रवासमा पुगेका हामी झण्डै आधा करोडको संख्यामा रहेका नेपालीहरु आपसी िखंचातानी स्वार्थ र व्यक्तिगत अहम्लाई त्यागेर एकसाथ देश तथा समाज विकासको अभियानमा लाग्यौं भने हाम्रो अघि असंभव भन्ने केहि हुंदैन । तसर्थ श्रमिक वर्गहरु अब फुटेर र कसैको लहलहैमा लागेर हैन सही कुराको ठहर स्वयंले नै गरी वन्धुत्वको भावनामा जुटेर सामाजिक कार्यमा लागौं सबैले बराबर अधिकार र कर्तव्यबोधको वातावरण भएको समाजको निर्माण गरौं । एक्काईसौं शताब्दीमा हामी नेपाली श्रमिहरुबाट परिवर्तनको आधार क्षेत्र निर्माण गरी दिऊं संसारिक दासतावाट मानिसलाई मुक्ति दिलाउने बाटोको निर्माण गरिदिउं यसो गर्न सकेमा यो अभियान केवल नेपालीमात्रको नभई सींगो मानव जातिकै लागी समेत अविष्मरणीय महानता हुनेछ ।
gorkhalikamal@yahoo.com
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment