Sunday, March 29, 2009
जनसहभागिता नै उमाविको पूर्वाधार
हरि प्र खनाल
म।ली।मा।वि। एक यस्तो विद्यालय हो जो यसको सेरोफेरोका अन्य मा।वि। जस्तै मण्डली मा।वि। छोप्राक जनता मा।वि। आँपपिपल अमरज्योति जनता मा।वि। लुईटेल भवानी मा।वि। ठाँटीपोखरीका तुलनामा नयाँ वा सबै भन्दा पछि मात्र स्वीकृति प्राप्त मा।वि। हो । यो विद्यालय यी अन्य विद्यालयहरुको तुलनामा पछि स्वीकृत भए पनि यसको शैक्षिक अवस्था भने अन्यको भन्दा पछि छैन । यो विद्यालयको शैक्षिक अवस्था नि।मा।वि। छँदा देखिनै राम्रो नै देखिएको हो । यो विद्यालयबाट नि।मा।वि। तह पूरा गरी अरु विद्यालयमा जानुभएका विद्यार्थीहरुले गुणात्मक प्रतिफल देखाउन पछि पर्नु भएको थिएन । यसरी पहिलेदेखि हालसम्मको अवस्थालाई हेर्दा राम्रो अवस्थामा यो विद्यालयलाई पाउन सकेका छौं ।
यो विद्यालयले मा।वि। साचालन गर्ने अनुमति प्राप्त गरेदेखि नै यस विद्यालयको शैक्षिक स्तर जिल्ला स्तरमा पनि पछि परेको छैन । यसो हुनमा शिक्षक अभिभावक र विद्यार्थीहरुको अथक प्रयास हो भन्न सकिन्छ । यदि यी ३ पक्ष मध्य कुनै एक मात्र कमजोर भएको भए पनि शैक्षिक स्तर राम्रो देखिन सक्ने थिएन । त्यसैले शैक्षिक स्तर राम्रो देखिनुमा अभिभावक वर्गको पनि उत्तिनै दायित्व हुन्छ । विद्यालयको हित चिन्तक अभिभावक वर्ग भएमा कमजोर पक्षलाई पनि सबल बताउन र राम्रो देखाउन सकिन्छ ।
यहाँको भौगोलिक संरचनालाई फर्किएर हेर्दा पनि अभिभावक वर्गको ठूलो भूमिका यस विद्यालयमा रहेको भन्न सकिन्छ । पहिले र अहिलेको यहाँको भौगोलिक अवस्था वा यस ठाउँको संरचनामा ठूलो अन्तर पाउन सकिन्छ । पहिले बडो मुस्किलले ६७ कोठे भवन बनाउनको लागि भिर काल्लालाई खोपी ठूलो जनश्रम लगाउनु पर् यो त्यो प्रकि्रया यो ठाउँमा अहिलेसम्म मुक्त हुन सकेको छैन । यो अथक प्रयासबाट हालसम्म १८ कोठाका ५ वटा भवन ३४ वटा शौचालय बन्न सक्नुमा यहाँका सचेत अभिभावकहरुको देन हो भन्न सकिन्छ । यो ठाउँलाई नै राम्रो बनाउने हाम्रो बाध्यता हो । हामीले अरु विद्यालयहरु अवस्थित जग्गालाई हेरेर भएन । तराईको त के कुरा गरौं । पहाडकै अन्य विद्यालयहरु रहेकेा क्षेत्र र भौगोलिक बनावटलाई हेर्दा हामीले पनि यस्तो ठाउँमा सानो श्रम र लगानी लगाएका होइनौं त्यसैले हामीलाई यसैमा गर्व छ ।
यसरी अभिभावक ज्यूहरुको अथक प्रयासबाट यहाँको भौगोलिक र भौतिक संरचनामा परिवर्तन गर्दै यहाँको शैक्षिक स्तरलाई माथि उठाउन प्रयत्नरत रहनुभएको छ । यही अथक प्रयत्नको कारणबाट नै हाल आएर यो मा।वि। एक उच्च मा।वि।मा परिणत हुन पुगेको हो ।
हर्मीको एक यस्तो ऐतिहासिक परम्परा रहिआएको छ । जुन दसैं तिहारको अवसर पारेर यहाँका बुद्धिजीवि शिक्षक कर्मचारी स्थानीय अभिभावक ज्यूहरुले आफ्नो गाउँ र समाजको उन्नतिको लागि जमघट वा भेला हुने गर्ने प्रचलन रहेको छ । यसरी प्रत्येक वर्ष कुनै न कुनै विषयलाई लिएर त्यस विषयमा अन्तरकि्रया गरी त्यस विषयको निचोडमा पुगिन्थ्यो । यसै क्रममा २०६३ साल आश्विन महिनामा हर्मीको म।लि।मा।वि।मा एक जमघट वा भेला भई विद्यालयको शैक्षिक र भौतिक सुधारको वारेमा सबैको ध्यानाकर्षण गरायो र अन्तमा यस विद्यालयमा एक कार्यदल निर्माण गर्ने आवश्यकता महशुस गरी उक्त कार्य दलले विद्यालयका यी दुवै कुरालाई ध्यान पुर् याउनु पर्दछ भन्ने टुङ्गोमा पुग्यो । तत् पश्चात विभिन्न गाउँबाट शिक्षक वुद्धिजीवि र भु।पू। विद्यार्थीहरुलाई प्रतिनिधि मूलक हिसावले अर्को पटक भेला बोलाई कार्यदल गठन गर्ने निर्णय गर् यो । त्यसरी गठीत कार्यदलको संयोजकमा यसै विद्यालयका पूर्व विद्यार्थी पूर्व शिक्षक र स्थानीय बुद्धिजीवि अभिभावकको नाताले श्री जनार्दन ढकाललाई चयन गर् यो । उहाँकै प्रस्ताव अनुसार यस विद्यालयलाई उ।मा।वि।मा पुर् याउनका लागि त्यहाँ उपस्थित सबैमा एक अन्तरकि्रया लिइयो । यसैको निचोडबाट उ।मा।वि। सोही वर्षबाट संचालन गर्ने गरी विभिन्न प्रयत्नतिर लाग्ने टुंगोमा पुगियो । म त्यस बेला विद्यालय व्यवस्थापन समितिको अध्यक्ष थिएँ र मैले त्यस समारोहमा उच्च मा।वि। स्थापनाको सक्दो नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरेको थिएँ ।
यही निर्णयलाई आत्मसाथ गरी विद्यालय व्यवस्थापन समितिले उच्च माध्यमिक शिक्षा परिषद्मा आवेदन दिने काम गर्नुको साथ साथै अन्य पूर्वाधारका कामहरुलाई पनि अगाडि वढाउँदै गयो । यसै क्रममा एक दुई महिनापछि उच्च माध्यमिक शिक्षा परिषदबाट अनुगमनकर्ता आए । यहाँ आउने अनुगमनकर्ता एकराज शर्मा पोखरेल थिए । उनीले यस विद्यालयमा उ।मा।वि। संचालन गर्नका लागि पाएको महत्वपूर्ण पक्ष भनेको यहाँको भौतिक पूर्वाधार भन्दापनि जनसहभागिताबाट उ।मा।वि। संचालन गर्ने तिव्र चाहना थियो । यो चाहना मात्र नभएर आवश्यकता थियो । किन कि गाउँका विपन्न वर्ग दलित जनजाति महिला आदिको शैक्षिक अवस्था माथि उठाउनका लागि यो कार्य संचालन गर्नु आवश्यक पनि थियो । यही कुरालाई उनले उच्च मुल्याङ्कन गरी राम्रो रिपोर्ट पुर् याए । त्यसैको परिणाम स्वरुप २०६४ साल जेठ अन्ततिर नै उ।मा।वि। संचालन गर्ने स्वीकृति पत्र प्राप्त हुन गयो ।
यसरी उ।मा।वि। संचालनको लागि भनेर भौतिक शैक्षिक र आर्थिक तवरले पूर्ण तयारी नभई सके पनि मानसिक तवरले भने हामी तयारी हुँदै आएका थियौँ । त्यसैले सर्वप्रथम उ।मा।वि। संचालनका लागि पूरा गर्नु पर्ने विभिन्न पक्ष मध्य एक प्रमुख आर्थिक पक्ष थियो । अर्को दोस्रो पक्ष शिक्षकहरुको व्यवस्था मिलाउनु । त्यस पछिका अन्य महत्वपूर्ण पक्षहरु भनेका भवन फर्निचर पुस्तकालय आदि पर्दछन् । यी सबै विषय पूरा गर्नका लागि विद्यालय व्यवस्थापन समिति लगायत सम्पूर्ण शिक्षक कर्मचारी अभिभावक वर्ग विद्यार्थीहरु पनि लागि पर्नु भयो । यसैले गर्दा नै उ।मा।वि। संचालनका लागि सम्बन्धन प्राप्त गर्ने बाटो खुलेको हो । यहाँ यो सम्बन्धन प्राप्त गर्नको लागि भनेर विद्यालय व्यवस्थापन समितिका साथीहरुमा वावुराम सापकोटा भोजराज पोखरेल डिल्लिराम घिमिरे जस्ता साथीहरु अहोरात्र नखट्नु भएको भए प्रधानाध्यापक साथै शैक्षिक तथा भौतिक सुधारका संयोजकबाट विभिन्न प्रकारका योजनाहरु र कार्यान्वयन तर्फ जान नसकेको भए यस कार्यमा सफलता मिल्ने थिएन ।
हामी समितिका साथीहरुले र प्र।अ।बाट आर्थिक संकलनका लागि विभिन्न योजनाहरुको साथमा अगाडि बढ्यौँ । यसरी योजना अनुरुप विभिन्न ठाउँमा पुगी त्यहाँ रहनुभएका सहयोग दाताहरु सामु हाम्रो लक्ष्य र आवश्यकताहरुको पहिचान गराई ऐच्छिक सहयोगको प्रतिवद्धता प्राप्त गर् यौँ । तत्पश्चात धरौटिका लागि भनेर काठमाडौंमा रहनुहुने दाताहरुबाट रु ४ लाख जम्मा भयो । उक्त रकम बैंकमा जम्मा गर् यौं । यसरी एकातिर काम भयो भने अर्कोतर्फ शिक्षक खर्च र भौतिक सुधार खर्चको व्यवस्थापनको लागि काठमाडौं लगायत चितवन पोखरा गोरखा बजार र गाउँघरमा वेग्ला वेग्लै आर्थिक संकलन समिति मार्फत आर्थिक संकलन गर्ने कार्य पनि अगाडि वढ्यो । यो आर्थिक संकलन समिति मध्य चितवनको समितिले योजनावद्ध ढंगले यस उ।मा।वि।लाई दीर्घकालिन स्रोतको जुटाउने लक्ष्य लिएको छ । यसरी नै अन्य ठाउँका समितिमार्फत आर्थिक संकलन कार्य अगाडि बढेको छ । यहाँको समिति बाहेक विदेशमा रहनुहुने अभिभावक ज्यूहरुबाट पनि सहयोग मिलेको छ । यस्तो सहयोग कार्यले विद्यालयको प्रगतिको लागि निरन्तरता पाउला भन्ने आशा लिएका छौं ।
अर्को तिर शिक्षकहरु व्यवस्था मिलाउने पक्षमा पनि त्यत्तिनै कसरत गर्नुपर्ने थियो । यो कार्य पनि सहज र सरल थिएन किन कि यहाँ भएका ४ मा।वि। दरवन्दीमा एक गणित दरवन्दीका शिक्षक श्रोत व्यक्तिमा गएका र विज्ञानदरवन्दीका शिक्षक काजमा गएका कारणले दुवै दरवन्दीलाई स्थाइ रुपले रिक्त गराई ती ठाउँमा विषय मिल्दा शिक्षकको व्यवस्था मिलाउनु पर्ने थियो । यो कार्य शिक्षा कार्यालयका शिक्षा अधिकारीको हो तर उहाँले हाम्रो भनाइलाई गम्भिरतापूर्वक लिइदिनु भएन । जति सहज ढंगले यस विद्यालयका शिक्षकलाई चलाउन सक्नु भयो त्यहि ढंगले मिलाउनु पनि पर्ने उहाँको कर्तव्य जस्तो लाग्दछ तर त्यसो भएन । धेरै पटक प्र।अ। म आफै र सिङ्गो समिति लगायत अभिभावकहरुनै अनुनय विनय गर्नका लागि धाइरहनु पर् यो । अन्तमा धेरै पटकको अनुनय विनय पश्चात यस विद्यालयको समस्यालाई आंशिक रुपमा समस्याको समाधान तिर ध्यानाकर्षण भयो र निकाशको बाटो खुल्यो यसरी विद्यालयको दरवन्दीमा रहनुभएको चार जना र निजी श्रोतका दुई जना शिक्षक गरी जम्मा ६ जना शिक्षक शिक्षिका ज्यूहरुबाट दुईवटा शिक्षा र व्यवस्थापन संकाय संचालन गर्ने टुंगोमा पुगेका हँैं । यसमा पनि व्यवस्थापन संकाय संचालनको लागि एक शिक्षकको व्यवस्था मिलाउने क्रममा एक स्थानीय शिक्षिका यहाँ सहयोग पुर् याउन आउन सफल हुनुभयो । यस कार्यको लागि प्रयत्नहरु जनार्दन ढकालबाट धेरै पटक भएका हुन् । यसरी यो उ।मा।वि। संचालनका लागि शिक्षक र शिक्षिका ज्यूहरुको व्यवस्था मिलाइएको छ । यो कार्य दोस्रो अतिनै महत्वपूर्ण पक्ष हो । यदि यहाँको समस्या यसरी हल नगरेको भए पूरै आर्थिक व्ययभार व्यहोर्नु पर्दथ्यो । यो विपन्न समुदायको लागि पूरै आर्थिक व्ययभार व्यहोर्न सहज र सरल थिएन । तसर्थ यो पक्षलाई यसरी मिलाउनु नै महत्वपूर्ण मानिएको हो ।
अर्को महत्वपूर्ण अति आवश्यक पक्ष हो भौतिक पक्ष । यसमा कक्षाकोठा पुस्तकालय वाचनालय शौचालय खेल मैदान पिउने पानी फर्निचर आदिको व्यवस्थाका साथ साथै मिलाउँदै जानु थियो । यी सबै कुराहरुमा प्र।अ। र िसंगो समिति अति चनाखोका साथ लागि नपरेको भए उ।मा।वि। संचालनका लागि कठिन पर्ने थियो । यहाँ छोटो समयमा वि।व्य।स।ले गरेका उल्लेखनीय कार्यहरु यहाँ उल्लेख नगरीरहन सकिँदैन ।
यहाँ भवन निर्माणको सिलसिलामा सर्वप्रथम यो समितिले विभिन्न दातृनिकायहरुमा सम्पर्क राखी विभिन्न प्रकारको सहयोग प्राप्त भएको थियो । जस्तै ४ कोठे भवनको छाना हुरी हावाको कारणले जीर्ण अवस्थामा पुगेको थियो र यो समस्या देखाई हिमालयन क्षेत्र संरक्षण विकास समितिको सहयोगमा रु। १६१००० एक लाख एकसठ्ठी हजार को लागतमा सो भवनको एक पाखे कमजोर छानालाई दुइ पाखे अग्लो र मजवुत बनाइएको हो ।
अर्को जाइकाबाट दुई कोठे भवनको लागि एक लाख दश हजार नगद र अन्य भौतिक सामग्रीको लागि सम्झौता गरी भवन निर्माण गरीएको थियो । यस भवन निर्माणकालागि विद्यालयसम्म भौतिक सामग्री उतार्ने र भवन निर्माण गर्ने ठाउँ तयार गर्न विद्यालय सेरोफेरोका सम्पूर्ण अभिभावक वर्ग र स्वयं शिक्षक विद्यार्थीहरु लागि परेर काम गर्नु भएको थियो । जसले गर्दा तोकिएको समय र उसको स्टमेट वा ढाँचा अनुसार नै निर्माण कार्य त भयो तर उसले उपलब्ध गराएको रकमले मात्र सम्पन्न हुन सकेन र गा।वि।स।बाट पनि सहयोग लिनु पर् यो ।
फेरि अर्को तेस्रो सम्झौता दुई कोठे भवनको लागि गरीएको थियो । यो सम्झौता एस।इ।एस।पी। बाट तिन लाख बीस हजार रुपैयाँ उपलब्ध गरी दुई २ कोठे भवन बनाउन गरीएको थियो । यस रकमबाट उक्त दुई कोठे भवन शौचालय तयार गर्ने कार्य पूरा गरिएको हो । यसको साथ साथै आन्तरिक खर्चबाट उ।मा।वि।sाे अफिस कोठा निर्माण थप फर्निचरको व्यवस्था कर्मचारीको व्यवस्था पुस्तकालय र वाचनालयको व्यवस्था र पिउने पानीको व्यवस्था आदि कार्य यो समितिले ३४ वर्षको अन्तरालमा गरेका कार्यहरु हुन् ।
अर्को तर्फ उ।मा।वि। संचालनको लागि अति महत्वपूर्ण पक्ष भनेको विद्यार्थीहरुको उपस्थिति राम्रो वा अधिक देखिनु हो र यसको लागि हामीले आफ्नो प्रचारात्मक अभियानलाई पनि त्यत्तिकै तीव्र बनाएर लगेका थियौं । यहाँ हाम्रो प्रतिवद्धता जाहेर गर्दै हाम्रा छरछिमेकका विद्यालयहरु र आआफ्ना घरधन्दामा अल्झिएर उच्च माध्यमिक शिक्षा लिनबाट विाचत छोरी वुहारीहरुलाई पनि एक अवसर प्रदान गर्ने उद्देश्यले उहाँहरुलाई पनि एक वर्षका लागि पूर्ण निशुल्कको प्रतिवद्धता यो समितिले व्यक्त गरेको थियो । फलस्वरुप विद्यार्थी संख्या पनि राम्रो नै रहन गएको छ ।
यो म।ली।उ।मा।वि। को पूर्व शैक्षिक इतिहासलाई हेर्दा कठिन परिस्थिति लगायत सहज परिस्थितिमा पनि यस विद्यालयको शैक्षिक अवस्थामा ठूलो अन्तर वा उतार चढाव भएको छैन । जस्तै शिक्षक विद्यार्थी र व्यवस्थापन समितिका पदाधिकारीले समेत संकटकालको यातना भोग्दा भोग्दै पनि विद्यालयको नतिजा राम्रो नै रहिरहन सफल भएको छ । यसको श्रेय यहाँका सम्पूर्ण शिक्षक विद्यार्थी र शिक्षा प्रति अति चासो राख्ने सचेत अभिभावक वर्गलाई नदिइ रहन सकिन्न ।
यो म।लि।उ।मा।वि।sाे उज्ज्वल भविष्यको लागि यसै विद्यालयको आसपासमा एक वैकल्पिक जग्गा उपलब्ध गराउनु पर्दछ भन्ने धारणा र उक्त धारणालाई साकार तुल्याउने कार्यको थालनी समेत भएको छ । यो कार्य अति नै सह्रानीय कार्य हो । यस विद्यालयको हाताभित्र थप भवन वनाउन खर्चिलो कठिन र वनिसकेका भवनहरुका अवस्थालाई हेर्दा पनि वैकल्पिक जग्गा हेर्नै पर्ने थियो । यो कार्यको शुरुवातको लागि वि।व्य।स।ले एक धार्मिक कार्यक्रमविद्यालयमा राखी उक्त अवसरमा दाताहरुबाट वैकल्पिक जग्गा उपलब्ध हुने गरी एकाह पुराण लगाएको थियो र विद्यालयको लागि जग्गा उपलब्ध हुने कार्यको पनि सुरुवात सहयोग दाताहरुबाट भईसकेको छ । यसरी जग्गा विद्यालयको लागि उपलब्ध गराउनुहुने श्रद्धेय दाताहरुलाई धन्यवाद नदिइरहन सकिन्न र उहाँहरुको कदर विद्यालयले सदाको लागि गर्ने छ ।
यसरी चौतर्फी जनसहभागिताबाट यस म।ली।उ।मा।वि।sाे उन्नतिको लागि सहयोगमा जुट्नुहुने सम्पूर्ण शिक्षक कर्मचारी बुद्धिजीवि अभिभावक ज्यूहरु पूर्व र वर्तमान विद्यार्थीवर्गमा उहाँहरुको आ-आफ्नै स्थानबाट विद्यालयमा पुर् याउनु भएको नैतिक भौतिक र आर्थिक सहयोगको सदा तत्कालीन् समितिले उच्च कदर गर्दै पछिका दिनहरुमा पनि यस्तै अपेक्षा लिइरहन्छ । साथ-साथै यस उ।मा।वि।sाे सदा उन्नति र प्रगति चाहन्छ ।
पूर्व अध्यक्ष
विद्यालय व्यवस्थापन समिित
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment