विकास ढकाल
यसपालि िहंड्दा हिड्दै गाउँका दुई चारवटा सामाजिक जमघटहरुमा सामेल हुने मौका मिल्यो । ती जमघटहरुमा सबै गाउँलेहरुका समस्या विचार र विविध गन्थन मन्थनहरु जान्ने बुझ्ने अवसर पाएँ । गाउँका आवाजहरु सुन्दै र बुझ्दै हिड्दा फरक फरक मान्छेका एकै किसिमका आवाजहरु मेरो कानमा टोकिन पुगेका थिए । यसै क्रममा मेरो दिमागमा गाउँका एकजना बुद्ध बुवाको आवाज टोकिन पुगेको थियो र त्यो समस्त गाउँहरुको प्रतिनिधि आवाज मैले यहाँ उद्धित गरेको छु । उहाँ भन्दै हुनुहुन्थ्यो ुबाबु हाम्रो गाम ठाम मात विकास कहिल्यै आएन हामी कहाँ पनि विकास आउँछ अरे भन्ने हल्ला धरै पल्ट सुनेम् खै कता हरायो विकास कैले आउला बाबु त्यो हाम्रो गाम ठाममा ।ु मैले यो आवाजलाई यस अर्थमा प्रतिनिधि आवाज ठानेकी सबै गाउँलेहरुको आवाजमा विकासको प्रतिक्षा मुखरित भएको पाएँ ।
हो हाम्रा गाउँ र गाउँलेहरु विकासको प्रतिक्षामा छन् र विकास बाहिरबाट आउने वस्तु हो भन्ठान्छन् । अनि यो विदेशमा काठमाडौंमा यात सदरमुकाममा छ र त्यहाँबाट आयात गर्ने चिज हो भन्ने हाम्रो सोचाइ छ । यस्तै पुरातन सोच र मानसिकताका कारण हामी गाउँ विकासको मामलामा क्रमशः पछाडि धकेलिदै गइरहेका छौ। । तर अब यस्ता झिना मसिना कुराहरुमा नअल्झिकन आफ्नो गाउँ र ठाउँलाई नमुना बनाउन हामीहरु आफै कम्मर कसेर लाग्नु पर्ने बेला भैसकेको छ ।
विकास सर्वप्रथम जनताको चेतनामा आउँछ । त्यो चेतना भनेको विकासको सम्बाहक हो चेतना स्तरमा बृद्धि भएपछि मात्र विकासको मुल फुट्न सुरु हुन्छ । विकास परदेशीले अरबबाट रङ्गिन टिभि ल्याएझै आउने चिच होइन भनेर हामी सबैले बुझ्नु पर्छ । सुरुमा त परम्परागत बानी बेहोरा चलचलन विकृतिहरु हटाउनु आयमुलक लगानीहरु गर्नु आयवचत गर्नु र सामजिक काममा ऐक्यबद्ध हुनु र आफ्ना सिमित साधन स्रोत क्षमता र सीपको उचित उपभोग गरि प्रगतिको बाटोमा अघि बढ्नु नै नमुना गाउँ विकासका प्राथमिक आधारहरु हुन् ।
आफ्नो गाउँ ठाउँको विकासका लागि अरुको मुख ताक्ने परनिर्भता बाँनिले हामीलाई नै हानि पुर् याएको छ । स्थानीय स्रोत साधन प्रविधि र पुजींको कमी रहँदा रहँदै पनि हामीहरु संगठित रुपमा योजना व्यवस्थापन र कार्यान्वयन पक्षमा मजबुत भएमा जस्तो सुकै ठाउँ आवस्था र स्थितिमा विकास निमार्ण अघि बढ्छ भन्ने कुरामा कसैको पनि दुईमत हुदैन । मूल कुरा त विकासलाई पर्खेर बस्ने अनि हामी कहाँ वा आफूसँगै के छ र भनेर परिश्रमी हात पाखुरा बाधेर बस्ने बानि हामी कहाँ हावि छ । आफ्नो ठाउँको विकासको लागि आफूसँग के-के क्षमता छ कुन कुन चिज उपलब्ध छन् कस्तो योजनाका साथ अघि बढ्ने भन्ने कुराको छलफल हरेक समुदायमा हुनु जरुरी छ ।
संगठित मानवीय शक्ति नै विकासको मूल आधार हो । वास्तवमा संगठित हुनु भनेकै सबै तह र तप्काका व्यक्तिहरुसँग भएका खुवि र क्षमताहरुलाई एकै धारमा मिसाएर जस्तो सुकै समस्याहरुसँग पनि जुध्न सक्ने नयाँ शक्तिको निर्माण गरि विकासको मार्गमा अगाडि बढ्नु हो । जब समाज स्वतः स्फूर्त रुपमा संगठित हुन्छ त्यस संगठित समुदायको सहि मार्ग चित्र कोरेर अगाडि बढाउने नेतृत्व चाहिन्छ । सामुदायिक नेतृत्व एक दुई जना व्यक्तिमा सिमित हुनु ठिक हुँदैन । र एकै व्यक्तिले सँधै समुदायको उचित र सहि नेतृत्व गर्छ भन्नेमा पनि कुनै निश्चितता हुँदैन । त्यसैले नेतृत्व समय समयमा परिवर्तन गरेमा नयाँ नयाँ सोच र कार्य दिशामा अगाडि बढ्न सकिन्छ । नेतृत्व गर्ने गुण र खुवि समुदायका सबै सदस्यहरुमा हुनु पर्छ । नभए नेतृत्व क्षमता विकास गर्न तिर लाग्नु फाइदाजनक हुन्छ । जब समुदाय सधै एउटा दुइवटा अगुवाको मात्र भर पर्दछ त्यस्तो अवस्थामा अगुवाहरुले आफ्नो स्वार्थ पुर्तिका लागि मात्र काम गर्न सक्ने सम्भावना रहन्छ । त्यसैले नेतृत्व पंक्तिमा रहेका अगुवाहरुको हरेक कदम र आचरणको अवलोकन र खवरदारी आवश्यक पर्छ । मुखले एक कुरा गर्ने तर व्यवहारमा त्यसको ठिक उल्टो गर्ने चरित्र अत्यन्तै नराम्रो हो । यसरी असल अगुवा र सबैको सकृय सहभागीले निरन्तरता पाइराखेमा समाजले छिटो छिटो प्रगति गर्न सक्छ ।
विकास प्रकि्रयालाई अगाडि बढाउने काम हाम्रो जिम्मामा छ । गाउँलाई नमूना बनाउने आधार वास्तवमा सामुदायिक तथा आर्थिक विकास कार्यक्रमहरु नै हुन् । समुदायका सदस्यकै पूर्ण सहभागीतामा यी कार्यक्रमहरुलाई सन्तुलित रुपमा अगाडि बढाउन सकेमा आशा गरे अनुसार आफ्नो गाउँ ठाउँलाई नमुना बनाउन सकिन्छ ।
हरेक नयाँ कुराले शुरुमा कल्पनामा आकार लिन्छ । कल्पनामा जन्मिएका आकार सुरुमा कल्पना गर्ने मानिस बाहेक अरुले देख्न सक्दैनन् । अरुले देख्ने बनाउन पहिले योजनाको नक्शा वा खाका तयार पार्नु पर्छ र पछि त्यसलाई समग्ररुपमा कार्यान्वयन गर्नुपर्छ ।
सबै भन्दा पहिले समुदायका अगुवा प्रतिनिधिहरु र स्थानीय नागरिक समाजको सहकार्यबाट आफ्नो गाउँलाई कस्तो बनाउने नमूना गाउँको नक्शा बनाउने काम गर्नु पर्छ । गाउँको अहिलेको वास्ततिक अवस्था कस्तो छ श्रोत र सम्भावनाहरु के के छन् ती स्रोत स्थानीय र सम्भावनाहरुलाई कसरी समुदायका सदस्यहरुको हितमा ल्याउन सकिन्छ क-कसको कुन कुन पक्षमा सहभागिता गर्नु पर्दछ भन्ने जस्ता कुराहरुको स्पष्ट लेखा जोखा गर्नु र समुदायको आम भेलामा प्रताव गरि सबैको राय र सुझाव अनुसार पारित गरि कार्यान्वयनको प्रकि्रयामा अघि बढ्नु पर्छ । यो नै नमूना गाउँ निर्माणको जग हो ।
यस्ता योजना र यसको पूर्ण कार्यान्वयनले समुदायका सदस्यहरुको आर्थिक र सामाजिक जीवन स्तरमा अकल्पनिय परिवर्तन आउँछ । अनि यो परिवर्तन दिगो र स्थायी हुन्छ । र नमूना गाउँले संस्थागत रुप लिन थाल्छ । अनि यस्तै नमुना गाउँहरुबाट नमूना गा।वि।स। नमँना जिल्ला हुँदै नमूना राष्ट्र बन्न सक्दछ ।
त्यसैले आफ्नो गाउँ ठाउँको विकासका निम्ति अरुको मुख ताक्ने प्रवृत्तिलाई निरुत्शाहित गर्दै स्थानिय मानवीय तथा प्राकृतिक स्रोत र साधनहरुको पूर्ण पहिचान गरि आर्थिक एवं सामाजिक विकासमा अगाडि बढ्नु पर्छ ।
यसका लागि समुदायका व्यक्तिहरुको सकि्रय सहभागिता टड्कारो आवश्यकता पर्दछ । हामीसँग विकासका लागि काममा आउने धेरै भौतिक र मानवीय स्रोतहरु अहिले निष्कृय रहेका छन् । यही स्थानीय मानवीय र प्राकृतिक स्रोतको पूर्ण परिचालन दुरदर्शिता मिहेनत गर्ने बानी आत्मा अनुशासन र योजनाबद्ध कि्रयाकलापमा बृद्धि भई दृढ संकल्प तथा अटोठका साथ गाउँ विकासमा जुटेमा गाउँले छिट्टै मुहार फेर्नेछ अनि बल्ल सबैको विकास प्रतिको धारणामा परिवर्तन आउँछ । अनि बल्ल हाम्रा सामाजिक सपनाहरु विपनामा बदलिन्छन् । त्यसैले हामीहरु पनि एक आपसमा रहेका मन मुटाव स्वार्थि मानसिकता र गुट र फुटको आफ्नो असामाजिक मानसिकताबाट एक खुड्किलो माथि चढी एउटै साझा उद्देश्यका साथ आफ्नो गाउँ विकास गर्न हातेमालो गरि किन अगाडि नबढ्ने त
No comments:
Post a Comment