१पृष्ठभूमी र वर्तमान अवस्था
हालको अस्थाई भवन २०४६ सालको अन्त तिर जिल्ला शिक्षा कार्यलय गोरखाबाट स्वीकृति प्राप्त गरि २०४७ साल बैशाखबाट कक्षा शुरु भएको विज्ञान प्रावि स्थापनाको बिस वर्ष सम्म गुमनाम भएर रह्रयो । हर्मी गाविस वडा न ८ हर्मी भाज्याङमा गाविस भवन अगाडीको खाली रहेको जमिनमा विज्ञान प्राविले आफ्ना बिस बर्ष दुई कोठा र सानॊ खेल मैदानमा वितायो ।
विद्यालय रहेको स्थान धेरै साँधुरो चिसो र थप कक्षा कोठा निमार्ण गर्न स्थान अभाबका कारण २०६५ साल मार्ग महिना देखि विद्यालयलाई विभिन्न दाताहरु सगँ जग्गा माग गरि उपयुक्त स्थानमा सार्ने प्रयत्नहरु शुरु भयो । फल स्वरुप विद्यालय साविकको स्थान भन्दा २०० मिटर उत्तर तर्फ सार्ने निर्णयमा विद्यालय ब्यवस्थापन समिति पुग्यो । विद्यालय सार्ने स्थानमा २०६५ पौष महिनामा स्थानिय समाजसेवि माधव प्रसाद ढकालले आफनो स्वामित्वमा रहेको करिब १ रोपनी जग्गा हस्तान्तरण गर्नु भयो । त्यसै गरि सोहि स्थानमा डा कृष्ण प्रसाद ढकालले १ रोपनि स्वर्गिय हेमराज ढकालका परिवारले १ रोपनी र पुष्पनिधि ढकालले करिब आधा रोपनि जग्गा दिने प्रतिबद्धता प्राप्त भैसके पछि यसैको आधारमा रुम्टि भर्लाबोटमा विद्यालय स्थान्तरण गर्ने काम भयो । यद्यपि पछिल्ला तीन दाताले दिएको जग्गा भने विद्यालयको नाममा नाम सारि गर्न बाँकि नै छ । यसरी विद्यालयलाई नयाँ ठाउँमा विभिन्न दाताहरुबाट करिब पाचँ रोपनी र स्थानिय समूदायले विद्यालयलाई उपयोग गर्न दिएको करिब १० रोपनी सार्बजनिक जग्गा गरि लगभग १५ रोपनी जग्गा प्राप्त भैसकेको छ ।
यसरी २०६६ बैसाखबाट विद्यालय नयाँ स्थानमा संचालन भैरहेको छ । यसै शैक्षिक शत्रबाट विद्यालयको सम्पूर्ण पठन पाठन अङगे्रजी माध्यममा शुरु गरिएको र विर्ष बर्ष सम्म कक्षा ३ सम्म मात्र संचालन भएकोमा यस बर्षबाट कक्षा थपको स्वीकृति लिइ कक्षा चार पनि संचालन गरिएको र क्रमश अङगे्रजी माध्ययममा कक्षा आठ सम्म संचालन गर्ने योजना रहेको छ ।
विद्यायलय ब्यवस्थापन समितिलाई अस्थाई विद्यालय भवन खेल मैदान निमार्ण गर्न र अङग्रेजी माध्यममा पठन पाठन संचालन गर्न गाविसबाट रु १ लाख र माओवादि सभासद् ज्ञानेन्द्र कुमालबाट रु १ लाख गरि जम्मा दुईलाख रुपैया प्राप्त भएकोमा डोजर लगाई खेल मैदान बनाउर्ने भवन बनाउने ठाउँ खार्ने फर्निचर निमार्ण गर्ने र अस्थायी टहरा निमार्णको लागी जस्ता पाता किन्ने जस्ता कार्यहरु सम्पन्न भएका छन् । हाल विज्ञान प्राविमा सरकारी दरबन्दिमा दुई शिक्षक राम प्रसाद पराजुली र रुद्र ढकाल त्यसै गरि स्थानिय समुदायले निजि स्रोतमा राखेका ३ शिक्षका पार्बति ढकाल रिता ढकाल र नारायणि ढकाल कार्यरत छन् । भने विद्यालयमा करिब सय जनाको हारारारिमा विद्यार्थीहरु छन् । हाल विद्यायलयको ब्यवस्थापन र संचालनको लागी जीवन ज्योति ढकालको अध्क्षतामा माधव प्रसाद ढकाल ईन्द्र बहादुर ढकाल स्वर ब भण्डारी सन्त गुरुङ बागेश्वरी ढकाल रुद्र नाथ ढकाल सदस्य र राम प्रसाद पराजुलि सदस्य सचिब रहेको विद्यायलय ब्यवस्थापन समिति कि्रयाशिल छ ।
२ तत्कालिन आवश्यकताशरु
नयाँ स्थानमा विद्यालय सरेकाले हाल संचालन भैरहेका पाँच कक्षा कोठा र एक अफिस गरि ६ कोठा साथै आगामि बर्ष देखि हेरेक बर्ष १ कक्षा थप हुदै जाँदा कक्षा आठ सम्मका लागी जम्मा १२ कोठा भवनको आवश्यकता देखिएको छ । खेल मैदान खानेपानी शौचालय लगायत कम्प्यूटर ल्याब पुस्तकालयका साथै अन्य शैक्षिक सामाग्रीहरुको पनि आबश्यकता छ । यसै गरि अङगेजी माध्यममा पढाई शुरु गरिएकाले दक्ष अनुभवि थप शिक्षक शिक्षिकाको दरबन्दि जरुरत छ । त्यसै गरि विद्यालय क्षेत्रको गुरुयोजना निमार्ण ल्याण्ड स्केपिङ कम्पाउन्ड वालको निमार्ण जस्ता कुराहरु विद्यालयका तत्कालिन आवश्यकताहरु हुन् ।
३ भवन निमार्ण परियोजना
स्थानिय समुदायको चौतर्फि दबाब पछि यस वर्ष जिल्ला शिक्षा कार्यालय गोरखाले विज्ञान प्राविलाई चारकोठे विद्यालय भवन निमार्ण गर्नका लागी आठ लाख पच्चिस हजार उपलब्ध गराउने भएको छ । तर चार कोठा भवन निमार्ण गर्न सो रकम अपुग देखिन्छ । तर विद्यालयको तात्कालिक मुख्य आवश्यकता भवन नै भएका कारण स्थानिय समुदाय चार कोठे भवन निमार्णको तयारीमा लागिपरेको छ । जिल्ला शिक्षा कार्यालयले दिएको रकममा करिब चार लाख रुपैयाँ थप खर्च गरेपछि मात्र चार कोठा तयार हुन सक्ने प्राविधिकहरुको भनाई छ ।
यसै शिलशिलामा गत २०६६ पौष २० गते विद्यालय ब्यवस्थापन समिति अभिभावक र स्थानिय समुदायको एक भेलाले भवन निमार्ण गर्न विभिन्न समितिहरु पनि गठन गरेको छ । जस अनुसार भुवनेश्वर भटको संयोजकत्वमा भवन निकार्ण समिति गठन गरिएको छ । सिमतिका अन्य सदस्यहरुमा घननाथ ढकाल माधब प्रसाद ढकाल ईन्द्र बहादुर ढकाल मेघनाथ ढकाल निर्मला ढकाल दुर्गा ढकाल पुष्प रेग्मी र राम प्रसाद पराजुली रहेका छन् । त्यसै गरि सल्लाहकार समिति पनि त्यसै भेलाले चयन गरेको छ । सल्लाहकार समितिका सदस्यहरु खेम राज अधिकारी जनार्दन ढकाल इश्वरी प्र ढकाल राम प्रसाद अधिकारी तीर्थ ढकाल मिना ढकाल विश्व नाथ ढकाल रहेका छन् ।
भवन निमार्ण कार्यलाई गति दिन सॆाहि भेलाले गाउँ बाहिर रहेका र गाउँमै रहेका विभिन्न बुद्धिजिबिहरु समाबेश गरि एक अर्थ संकलन सहयोग समिति पनि गठन गर्ने निणर्य गरेको छ । समितिका सदस्यहरुमा जीवन ज्योति ढकाल खेम राज अधिकारी जर्नादन ढकाल दामोदर अधिकारी हरि प्रसाद ढकाल डा कृष्ण प्रसाद ढकाल इश्वरी प्रसाद भट डा खड्क बस्नेत रामजी ढकाल माधब ढकाल डा आई पि ढकाल कृष्ण राज ढकाल मोहन राज ढकाल डा जीबनाथ ढकाल माधब भट कमल ढकाल दिपक न्यौपाने र विकास ढकाल रहेका छन् ।
आर्थिक संकलन समितिको नामावलि आवर हर्मी मार्फत जानकारी जगराउन विद्यालयले पत्राचार गरेकाले यसैलाई आधिकारीक जानकारी मानिदिनु हुन अनुरोध छ ।
४ विज्ञान प्राविका लागी भएका सहयोग प्रतिबद्धताहरु
४।१ हाल निमार्ण हुन लागेको भवनको शिलन्यास गर्दै गोरखा क्षेत्र न दुईका सभासद् डा बावुराम भटराईले भवन निकार्ण कार्यमा सहयोग पुर्याउने र अन्यत्र पहल समेत गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । साथै उहाँले सो कुरा मडण्ली उमावि छोप्राकको बार्षिक उत्सबमा समेत दोहोर्याउनु भएको थियो ।
४।२ गोरखा फउन्डेसनका तर्फबाट अध्यक्ष विजय देबकोटाले गत बर्ष आफै विद्यालयमा उपस्थित भई पुस्तक र अन्य शैक्षिक सामाग्रीहरु बितरण गर्नु भएको र आगामी दिनमा विभिन्न भौतिक संरचना निमार्ण गर्न सहयोग गर्ने र फाउन्डेसनको तर्फबाट कम्प्युटर लगातका सामाग्री दिने प्रतिबद्धता ब्यक्त गर्नु भएको ।
४।३ आवर हर्मीको इमेल नेटवर्क मार्फत छिमेकि गाविस आँपपिपल घर भई हाल अमेरिकामा बस्दै आउनु भएका डा बालकृष्ण मरहठाले उहाँ संलग्न भएको संस्था इम्पावर नेपाल मार्फत सहयोगको पहल गर्ने बचन दिनु भएको र तत्कालका लागी रु १५००० प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको ।
४।४ पि एस् डि नेपालका विष्णु भट र दुर्गा भटले पनि दुई कोठा भवन निकार्ण कार्यको पहल गर्ने बचन दिनु भएको छ ।
४।५ आवर हर्मीको ईमेल नेटवर्क मार्फत विभिन्न स्थानमा रहनु भएका हर्मीबासी बुद्धिजिवि एबम् समाजसेविहरु बाट विभिन्न मितिमा नगद भौतिक नैतिक सहयोग गर्ने प्रतिबद्धता जाहेर भएको
आवर हर्मीको इमेल नेटवर्क मार्फत नगद सहयोगको प्रतिबद्धता गरिएका दाताहरु
क। इश्वरी भट रु १००००
ख। दामोदर अधिकारी १००००
ग। हरि प्रसाद ढकाल १००००
घ डा कृष्ण प्रसाद ढकाल आवश्यता हेरेर
५ । विज्ञान प्राविका भावि लक्ष्यहरु
निशुल्क रुपमा अङगे्रजी माध्यममा कक्षा आठ सम्म पठन पाठन संचालन गर्ने
भौतिक संरचनाको गर्जो टरे पछि कम्प्युटर शिक्षा प्रदान गर्ने
हर्मी र आसपासका क्षेत्रकै नमुना शैक्षिक केन्द्र बन्ने
सामुदायिक विद्यालयमा पनि निजि विद्यालयमा झै अङगे्रजी माध्यममा सर्बसुलभ रुपमा गुणस्तरीय र बैज्ञानिक शिक्षा प्रदान गर्ने
६। विज्ञान प्राविलाई सहयोग गर्ने बैङक खाता
यस विद्यायलको बैङक खाता राष्ट्रिय बाणिज्य बैङक गोरखा शाखामा निम्न अनुसार रहेको छ ।
खातावलाको नाम विज्ञान प्राथमिक विद्यालय
खाता नं चल्ति हिसाब न १२५४
सहयोग गर्न इच्छुक महानुभाबले सिदै यस खातामा रकम जम्मा गर्न सक्नु हुने छ ।
७ । थप जानकारीका लागी सम्पर्क ब्यक्तिहरु
हर्मीमा
जीवन ज्योति ढकाल अध्यक्ष विद्यालय ब्यवस्थापन समिति ९८४१७७८६२७
राम प्रसाद पराजुलि प्र अ विज्ञान प्रावि
माधव प्रसाद ढकाल सदस्य विद्यालय ब्यवस्थापन समिति ९८४१४८०७१४
काठमाडौमा
जनार्दन ढकाल ९७४१०४९१२१ इश्वरी भट , 9751000553 दामोदर हधिकारी ९८५११००१९२ ,
डा कृष्ण प्रसाद ढकाल ९८४१४९२५६४ , हरि प्रसाद ढकाल ९८५१०७७७०९
bigyanps@hotmail.com
No comments:
Post a Comment